"दक्षिण पश्चिमी सिड्नीको आर्थिक विकासमा नेपाली भूमिका धेरै महत्वपूर्ण": सहायक अर्थमन्त्री डेभिड कोल्म्यान

सहायक अर्थमन्त्री डेभिड कोल्म्यानले दक्षिण पश्चिमी सिड्नीको आर्थिक विकासमा स्थानीय नेपाली समुदायका सदस्यहरुको भूमिका प्रशंसनीय रहेको बताएका छन्।

यो कुराकानी, अष्ट्रेलियामा नेपाली पृष्ठभूमिका मानिसहरुको धेरै उपस्थिति रहेको निर्वाचन क्षेत्रहरुबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसंग गरिएको साक्षात्कार शृंखलाको एक भाग हो।

 

डेभिड कोल्म्यानसँग गरिएको कुराकानीका केही झलक:

• मानिसहरु आफ्ना परिवारजनको प्रवेशाज्ञा सम्बन्धी समस्या समाधान गर्न मकहाँ आउँछन्।

• ब्यांक्स क्षेत्रको बेरोजगारीको दर केवल ३.७ प्रतिशत मात्र छ।

• यो मुख्य रुपमा आपूर्ति र मागमा केन्द्रित छ। 

• हामी नयाँ तथा परिष्कृत ढंगले मानसिक स्वास्थ्यका समस्याहरुलाई समाधान गर्न अभिप्रेरित छौं।

• मन नपरेको कुरामा आफ्नो आवाज उठाउन स्वतन्त्र हुनुहुन्छ। 

 

संघिय सहायक अर्थमन्त्री डेभिड कोल्म्यानले दक्षिण पश्चिमी सिड्नीको आर्थिक विकासमा स्थानीय नेपाली समुदायका सदस्यहरुको भूमिका प्रशंसनीय रहेको बताएका छन्।

नेपाली समुदायसँगको आफ्नो सम्बन्ध बारे एसबीएस नेपालीसँग कुरा गर्दै मन्त्री कोल्म्यानले उक्त जानकारी गराएका हुन्।

सन् २०१६ को राष्ट्रिय जनगणना अनुसार, अस्ट्रेलियामै द्रोस्रो धेरै संख्यामा नेपालीहरुको बसोबास भएको स्थान हर्स्ट्भिल हो जहाँ नेपाली भाषीहरुको कुल जनसंख्याको ३.५ प्रतिशत अर्थात २,१३६ जनाको बसोबास रहेको छ।

डेभिड कोल्म्यानले हर्स्ट्भिलसंगै नेपालीहरुको बाक्लै उपस्थिति रहेको पेन्हर्स्ट, पिकहर्स्ट, मोर्ट्डेल , बेभर्लि हिल्स लगाएतका स्थानलाई समेट्ने ब्यांक्स नामक निर्वाचन क्षेत्रको संघिय संसदमा प्रतिनिधित्व गर्दछन्। 

नेपाली समुदायद्वारा आफु समक्ष भिसा प्रक्रिया सजिलो बनाउन लगायतका विषय बारे पहल गरेको पनि बताए। साथै, उनले पेन्हर्स्ट पब्लिक स्कुल अन्तर्गत रहेको नेपाली सामुदायिक बिद्यालयलाई आवश्यक परेको श्रब्य-दृश्य सामाग्रीका निम्ति आफ्नो कार्यालयले गरेको सहायताको पनि चर्चा गरे।

David Coleman,  Member for Banks, New South Wales.
Source: Facebook (@davidcoleman4banks).

हर्स्ट्भिल तथा त्यस वरपरका क्षेत्रमा बसोबास एवं व्यवसाय गर्दै आएका जो कोहिले सरकार संग सम्बन्धित हरेक साना ठुलो विषयमा आफुसंग कुरा गर्न सक्ने बताउछन मन्त्रि कोल्म्यान।  कुनै पनि बिषयका समस्याहरु हल गर्न आफु तत्पर रहेको उनले बताए।

"नेपाली सामुदायका मानिसहरुले आप्रवास, रोजगारी एवं मानसिक स्वास्थ्य लगायतका समस्याहरु भए सहयोगका निम्ति मेरो कार्यालमा सम्पर्क गर्न सक्नुहुनेछ।"

अस्ट्रेलिया आइपुगेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि अब नेपाल तेस्रो सबैभन्दा ठूलो स्रोत देश भएको छ। हालै प्रकाशित सरकारी प्रतिवेदन अनुसार २५,००० भन्दा बढी नेपाली विद्यार्थीहरू सन् २०१८ को पहिलो तीन महिनामा अष्ट्रेलिया आइपुगेकाछन्। जसमध्ये न्यु साउथ वेल्स र भिक्टोरिया राज्यमा उनीहरुको रुचि देखिएको छ।

नेपाली पृष्ठभूमिका मानिसहरुको जनसंख्या बढ्दै गर्दा उनीहरुले भोग्ने समस्याहरुको संख्यामा पनि बढोत्तरी भैरहेको छ। तर, धेरैले आफ्नो क्षेत्रका निर्वाचित संघिय सांसदहरुले आवास, अध्यागमन, स्वास्थ्य र रोजगारी जस्ता बिषयहरुमा आफुलाई मद्दत गर्नसक्नुहुन्छ भन्ने बारेमा सचेत नभएको पाईएको छ।

सहायक अर्थ मन्त्री डेभिड कोल्म्यानलाई सम्पर्क गर्नुपरेमा:

https://www.aph.gov.au/Senators_and_Members/Parliamentarian?MPID=241067

 


 

यस शृंखलाका अरु कुराकानी:

Share

2 min read

Published

Updated

By Rajish Aryal, Abhas Parajuli, Sunita Pokharel




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now