SKIP TO MAIN CONTENT

पारस खड्का सहित ३ नेपाली क्रिकेट खेलाडी मेलबर्नमा

एक शैक्षिक तथा अध्यागमन सम्बन्धी परामर्श सेवा प्रदान गर्ने संस्थाको निमन्त्रणामा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का अहिले अस्ट्रेलिया भ्रमणमा छन्।

Nepali Cricket Team Captain Paras Khadka in Australia
Source: Facebook/Saroj Sharma

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

उनको साथ नेपाली क्रिकेट टोलीका दीपेन्द्र सिंह ऐरी तथा पूर्व यु-१९ नेपाली खेलाडी सुभाष प्रधान पनि आएका छन्।

अस्ट्रेलियामा रहँदा खड्का, ऐरी तथा प्रधान मेलबर्न लगायत सिड्नी, ब्रिसबेन तथा एडिलेडमा क्रिकेट क्लिनिकमा भाग लिनुका साथै एउटा मैत्रीपूर्ण खेलमा पनि भाग लिनेछन्।

अस्ट्रेलिया हिँड्नु अघि नेपालमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा खड्काले आफ्नो भ्रमणले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन थप सहयोग हुने बताएको त्यहाँबाट प्रकाशित हुने अङ्ग्रेजी दैनिक दी हिमालयन टाईम्सले लेखेको छ।

यसबारे थप जानकारीको लागि हामीले आयोजकसँग सम्पर्क गरेका छौँ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now