नेपाली क्रिकेट टोली तथा खेलाडीको बरियतामा उल्लेखनीय सुधार

पहिलो एकदिवसीय र टि-२० श्रृङ्खला जितेर स्वदेश फर्किएको एकसाता भित्रै नेपाली क्रिकेट टोली र केही नेपाली खेलाडीको अन्तराष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी)द्वारा जारी पछिल्लो टि-२० वरियता क्रममा सुधार देखिएको छ। हालैमात्र नेपालले यूएईसंग एकदिवसीय र टि-२० श्रृङ्खला खेलेको थियो र दुवैमा उसले २-१ को जित हात पारेको थियो।

Nepali Cricket Fans are happy all over the world

Seb Daly / ICC / SPORTSFILE; Via Getty Images Source: Seb Daly / ICC / SPORTSFILE; Via Getty Images

यही साता जारी भएको वरियतामा नेपाल ४३ अङ्क सहित १४औं स्थानमा उक्लेको छ। बराबर अङ्क भएता पनि यूएई थोरैको फरकले नेपाल भन्दा तल रहेको आईसीसीले आफ्नो वेवसाइटमा उल्लेख गरेको छ।

आईसीसीको यस वरियता क्रममा १८ देश मध्ये यूएई, हङकङ, ओमान र आयरल्याण्ड नेपाल भन्दा तल रहेका छन्।

क्रिकेटका जानकारहरु भन्छन् यूएईसंगको श्रृङ्खलामा नेपालले गरेको प्रदर्शनको नतिजा हो यो।

“अन्तराष्ट्रिय मान्यता पाएपनि नेपालले उसले चाहे जती खेलहरु खेल्न पाइरहेको थिएन। यसपाली मौका पाउँदा भने उसले त्यसको राम्रो सदुपयोग गर्यो,” राष्ट्रिय टोलीका पूर्व कप्तान पवन अग्रवालले भने।

Nepali National Cricket Team is in jubilant mood
Photo: Twitter/Raman Shiwakoti Source: Twitter/Raman Shiwakoti

यस्तै नेपाली क्रिकेटरहरुको पनि वरियतामा सुधार आएको छ। जसमा कप्तान पारस खड्का, सोमपाल कामी, सन्दीप लामिछाने र वसन्त रेग्मी हुन्।

कप्तान खड्का टि-२० अन्तराष्ट्रिय क्रिकेट खेल्ने अलराउण्डरहरुको वरियतामा शीर्षस्थ ४० भित्र परेका छन् जुन, नेपाली क्रिकेट खेलाडीका लागि पहिलो अवसर हो।

यस्तै बलरहरुको वरियतामा कामी र रेग्मी संयुक्त ७०औं स्थानमा छन्। उनीहरु दुवैको ४०९ अङ्क छ।

यी तीन खेलाडी मध्ये सोमपालले सबैभन्दा ठूलो छलाङ मारेका हुन्। सोमपाल एकैपटक २२ स्थान माथि उक्लिएका हुन्।

यस्तै खड्काको ७६ अङ्क छ; यो उनले प्राप्त गरेको हालसम्मकै सबैभन्दा धेरै हो। जसकारण ब्याट्सम्यानहरुको वरीयतामा उनी पाँच स्थान माथि उक्लिँदै ९० ‍औं स्थानमा पुगेका छन्।

कुनै पनि नेपाली खेलाडी शिर्षस्थ १०० भित्र परेको यो पहिलो अवसर हो।

उनले हालसम्म १५ वटा टि-२० खेलेका छन् जसमा उनले एक अर्धशतक पनि हानेका छन् र ती खेलहरुमा उनले कूल २९० रन बनाएका छन्। पछिल्लो टि-२० श्रृङ्खलामा उनले ४५ रन बनाएका थिए।

सोमपाल अलराउण्डरहरुको सूचीमा ५१औं स्थापमा उक्लेका छन्।

पछिल्लो समयमा अन्तराष्ट्रिय जगतमा ख्याती कमाएका नेपालका अर्का युवा खेलाडी सन्दीप लामिछानेले पनि उनो वरियतामा सुधार ल्याएका छन्।

Sandeep Lamichhane with Nepali cricket fans at the Melbourne Cricket Ground
Sandeep Lamichhane with Nepali cricket fans during the Big Bash League match between the Melbourne Stars and the Melbourne Renegades. GETTY/Scott Barbour - CA Source: GETTY/Scott Barbour - CA

यूएईसीसगको श्रृङ्खला लगत्तै अस्ट्रेलियामा जारी बिग ब्यास लिग खेल्न पुगेका लामिछानेले आफ्नो वरियतामा २६ स्थान सुधार गर्दै १५९औं स्थान पुग्न सफल भएका छन्। आईसीसीका अनुसार, यो उनको खेलजीवनको हालसम्मकै सबैभन्दा उत्कृष्ट फड्को हो।

कामी र लामिछाने जस्ता युवा खेलाडीले आईसीसीको वरियतामा सुधार गर्नुलाई धेरैले नेपाली क्रिकेटका लागि सुखद समाचारका रुपमा लिएका छन्।

घरेलु क्रिकेट एकदमै कम भएको र लामो समयदेखि क्रिकेट संघ पनि विगठन भएको अवस्थामा पनि नेपाली खेलाडीले आईसीसीको वरियतामा सुधार ल्याउन अझ महत्वपूर्ण रहेको सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरुमा व्यक्त भएका छन्।


Share

2 min read

Published

Updated

By Pratichya Dulal




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now