नेपाल प्रहरीका अनुसार ताप्लेजुङ जिल्लाको तारेढुंगा भिरमा एयर डाइनेस्टी दुर्घटनाग्रस्त भएको हो।
एउटा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न मन्त्री अधिकारी लगायत प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ र यति एयरलाइन्सका अध्यक्ष आङ्छिरिङ शेर्पालाई लिएर उक्त हेलिकप्टर काठमाण्डूबाट ताप्लेजुङ गएको थियो।
त्यहाँबाट हेलिकप्टर हिन्दु तिर्थस्थल पाथीभरा मन्दिरतिर जाने क्रममा दुर्घटनाग्रस्त भएको बीबीसीले बताएको छ।
घटनास्थलमा सबै यात्रु र चालकको पनि शव प्राप्त भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयद्वारा बताइएको छ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले हेलिकप्टर दुर्घटना बारे दुख व्यक्त गर्दै मन्त्री अधिकारी सहित मृत्यु भएका चालक र अन्य यात्रुका परिवारहरू प्रति समवेदना व्यक्त गरेका छन्।
Foreign Minister Hon. Pradeep K. Gyawali is deeply aggrieved by the news of helicopter crash involving Minister for Culture, Tourism & Civil Aviation Hon. Rabindra Adhikari and other passengers onboard and has expressed deep condolences to the bereaved families of the deceased.
विपक्षी नेपाली काँग्रेसका सांसद गगन थापाले सामाजिक सञ्जाल मार्फत मन्त्री अधिकारीको मृत्यु पछि आफूले एक असल साथी गुमाएको बताएका छन्।
रविन्द्र दाईको दुर्घटनाको खबरले स्तब्ध भए,मनमा झिनो आशा थियो तर त्यो आशा धेरै समय टिक्न सकेन। मैले आज एक असल साथी गुमाएको छु,देशले एक आशातीत नेता! रविन्द्र दाइ लगायत सवैमा हार्दिक श्रध्दाञ्जली!! pic.twitter.com/lUafmpEc3v
हेलिकप्टर दुर्घटनाको समाचार आए पछि अस्ट्रेलियाली नेपाली समुदायका सदस्यहरूद्वारा पनि दुख व्यक्त गरिँदै छ।
