समुन्द्रमा डुबेर हुने मानिसहरूको मृत्युबारे सर्वेक्षणमा सहभागी हुन नेपालीहरूलाई आव्हान

अस्ट्रेलिया भर पानीमा डुबेर ज्यान गुमाउनेहरू मध्ये एक तिहाइ सङ्ख्या विदेशमा जन्मिएका मानिसहरूको रहेको र प्रायः मृत्युहरू देशका बीचहरुमा हुने गरेको बताइन्छ।

Beachgoers cool down in the water

Source: AAP

अस्ट्रेलियाली बीचहरुमा मानिसहरूको मृत्यु वा घाइते हुने घटनालाई कम गर्न के कस्ता कदम चाल्न सकिनेबारे बुझ्न भन्दै सिड्नी स्थित युनिभर्सिटी अफ न्यु साउथ वेल्सद्वारा एक सर्वेक्षण सुरु गरिएको छ।

गत ज्यानुवरी महिनामा सिड्नीको दक्षिणी क्षेत्रमा रहेको रोयल नेशनल पार्कमा पौडी खेल्ने क्रममा एक २३ बर्सिय नेपाली युवाको डुबेर मृत्यु भएको थियो।

साथै, गत वर्ष पनि देशका समुन्द्र र नदीनालाहरूमा ५ जना नेपालीहरूले ज्यान गुमाएका थिए।

यस क्रममा आप्रवासी समुदायका मानिसहरूले बिचमा गर्ने व्यवहार, उनीहरूको पौडी खेल्ने क्षमता र उनीहरूमा देशका बीचहरुमा रहेका खतरा लगायतका सुरक्षा जानकारीबारे रहेका ज्ञानबारे उपयुक्त जानकारी हाल नरहेको भन्दै उक्त सर्वेक्षण सुरु गरिएको न्यु साउथ वेल्स विश्वविद्यालयका अनुसन्धानकर्मी मार्क वुड्स बताउँछन्।

अस्ट्रेलियामा सन् २०१९/२० मा दुई सय ४८ जना मानिसहरूले पानीमा डुबेर ज्यान गुमाएको रोयल लाइफ सेभिङसको तथ्याङ्कले देखाएको छ ।

रोयल लाइफ सेभिङसको सो रिर्पोटमा सन् १९/२० मा पानीमा पौडी खेल्ने क्रममा मारिएका घटनामा २७ व्यक्तिहरूले मदिरा सेवन गरी पौडी खेलेको पाइएको थियो भने यसरी ज्यान गुमाउने मध्ये  ४६ प्रतिशत आप्रवासी पृष्ठभूमिका मानिसहरू रहेका छन् ।

Drowning deaths in Australia
Flowers and tributes lay on Tathra Wharf where Shane O'Neill and his sons, Riley(4), and Travis(1), after they fell into the water in Tathra, Nov. 25, 2008 Source: AAP

युएनएसडब्ल्युको बीच सुरक्षा अनुसन्धान समूहका सदस्य रहेका वुड्सका अनुसार, बहुसांस्कृतिक समुदायमा बीच सुरक्षाबारे रहेका जानकारीबारे बुझ्न सुरु गरिएको उक्त सर्वेक्षण ले पहिलो चरणमा नेपाली लगायत दक्षिण एसियाली पृष्ठभूमिका समुदायलाई लक्षित गरेको छ।

"आफूलाई नेपाली, भारतीय, बङ्गलादेशी, श्रीलंकाली, पाकिस्तानी, अफ्घानी, भुटानी वा माल्दिभेली पृष्ठभूमि भएको बताउने १८ वर्ष भन्दा माथिका उमेरका सबैलाई उक्त सर्वेक्षण उपलब्ध रहेको छ", वुड्स भन्छन्।

अनलाइन मार्फत गरिने उक्त सर्वेक्षण बहुसांस्कृतिक समुदायका नेताहरूका साथै इलावाराको बहुसांस्कृतिक सामुदायिक परिषद्, स्विम सिस्टर्स, एडभान्स डाइभर्सिटी सर्भिसेस र गाइमिया कम्युनिटी एड नामक समूहहरूसँगको साझेदारी र अन्तर्क्रियाका साथ तयार गरिएको बताइएको छ।

सर्वेक्षणमा सहभागी हुनेहरूको परिचय गोप्य राखिने र कुनै पनि समयमा सहभागीहरूले उक्त अध्ययन बाट आफूलाई हटाउन सक्ने पनि अनुसन्धान टोलीको भनाइ छ।

सर्वेक्षणमा सहभागी हुन निम्न वेबसाइट हेर्न सक्नुहुन्छ:  https://unsw.au1.qualtrics.com/jfe/form/SV_cHhcCLcwGarhA8u


2 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now