SKIP TO MAIN CONTENT

अस्ट्रेलियाका लागी नेपाली राजदूत शेर्पाद्वारा नैतिकताका आधारमा भन्दै राजीनामा

अस्ट्रेलियाका लागी नेपाली राजदूत लक्की शेर्पाका गाडी चालकले शेर्पामाथि 'मानव तस्करी' को आरोप लगाए पछि उनले शुक्रवार दिउँसो परराष्ट्र मन्त्रालयमा आफ्नो राजीनामा बुझाएकी हुन्।

Lucky Sherpa, Nepal's Ambassador to Australia, presenting her credential to the Australian governor general.
Lucky Sherpa, Nepal's Ambassador to Australia, presenting her credential to the Australian governor general. Source: Lucky Sherpa

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

शेर्पाले आफू माथि लागेका आरोपहरू पूर्णतया झुटो भएको भन्दै  नैतिकताको आधारमा राजीनामा दिएको बताएकी छन्। 

साथै उनले आफूलाई राजीनामाका लागी कुनै पक्षबाट पनि दबाब नआएकोमा जोड दिएकी छन्।

आरोपहरूका विषयमा स्पष्टीकरण दिन नेपाल सरकारले शेर्पालाई गत डिसेम्बरमा नेपाल बोलाएको थियो।

सरकारद्वारा आरोपहरूका सम्बन्धमा छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाइसकेपछि शेर्पा केही समय अस्ट्रेलियामा आएकी थिइन।

गत बुधवार नेपाल फर्किएकी लक्की शेर्पाले शुक्रवार दिउँसो नै राजीनामा दिएकी हुन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now