SKIP TO MAIN CONTENT

नेपाल उप निर्वाचनः कांग्रेस उत्साही, नेकपा सचेत

कांग्रेसले वामपन्थीको बर्चस्व रहेको र महत्वपुर्ण क्षेत्रमा जितेको भन्दै सभापति शेर वहादुर देउवाले यो कांग्रेसलाई खोज्नुपर्छ भन्नेहरुका लागि जवाफ भएको जोड दिएका छन्।

Nepali Congress leader Sher Bahadur Deuba during an election campaign event
Nepali Congress leader Sher Bahadur Deuba during an election campaign event. Source: Facebook

3 min read

Published

Updated

By Gokarna Awasthi


Skip to article content

गत शनिवार नेपालका विभिन्न स्थानमा भएका उप निर्वाचनको परिणामपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रस उत्साहि देखिएको छ भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टिका नेताहरुले भने सचेत हुनुपर्ने प्रतिक्रिया दिएका छन ।

भक्तपुरको प्रदेश सभा, धरान उपमहानगर पालिकाको मेयर र चितवनका महत्वपुर्ण वडामा कांग्रेस बिजयी भएपछि उत्साही देखिएको हो ।

यी क्षेत्रमा यसअघि नेकपाले जितेको थियो । धरानलाई बामपन्थीको गढ नै मानिन्छ भने भक्तपुर प्रधानमन्त्री केप ीओलीको वासस्थान भएको जिल्ला हो । चितवन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र हो ।

यस जीतलाई नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाले निक्कै महत्व दिएका छन । कांग्रेसले वामपन्थीको बर्चस्व रहेको र महत्वपुर्ण क्षेत्रमा जितेको छ, उनले भने, यो कांग्रेसलाई खोज्नुपर्छ भन्नेहरुका लागि जवाफ हो ।

पहिले भन्दा एक सिट कम आएपनि शहरी र रणनीतिक महत्वका ठाउमा चुनाव जितेकाले कांग्रेस उत्साहि भएको प्रवक्ता विश्वप्रकाश शर्माले वताए।

Nepal Election Commission Media center
Nepal Election Commission Media center Source: NEC Facebook

कम्युनिस्ट पार्टी प्रतिको खस्कदो समर्थन?

यता नेकपाका नेता भीम रावलले भने यो निर्वाचनबाट दल र सरकारलाई सेचत बनाएको प्रतिक्रिया दिएका छन । यसले हामी सचेत हुनुपर्ने देखाएको छ, उनले भने ।

उपनिर्वाचनबाट रिक्त रहेका चार सांसद र ४८ स्थानीय तहका प्रमुख पदमा शनिवार निर्वा्चित भएका छन् ।

उपनिर्वाचनबाट निर्वा्चित जनप्रतिनिधिको कार्यकाल अब बाँकी रहेको करिब साढे दुइ बर्ष मात्र हुनेछ । शनिबार भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य एक, प्रदेश सभा सदस्य तीन, उपमहानगर प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र ४३ वडाध्यक्ष निर्वा्चित भएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उपनिर्वाचनबाट पाँच राजनीतिक दलका ६ महिलासहित ५२ जनप्रतिनिधि निर्वा्चित भएको जानकारी दिए ।

निर्वा्चित ५२ मध्ये सत्तारुढ नेकपाका ३० जना छन् । कांग्रेसका १३, समाजवादीका ४, राजपाका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र उम्मेदवार एकजना निर्वा्चित भएको आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य एक, प्रदेश सभा सदस्य एक, गाउँपालिका प्रमुख तीन, गाउँपालिका उपाध्यक्ष एक र २४ वडाध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसले प्रदेश सभा सदस्य एक, उपमहानगर प्रमुख एक र ११ वडाध्यक्ष जितेको छ । राष्ट्रिय जनमोर्चाले प्रदेश सभा सदस्य एक, समाजवादीले चार र राजपाले तीन वडाध्यक्ष जितेका हुन् ।

Nepal Communist Party President KP Sharma Oli (right) and Pushpa Kamal Dahal (left) after the announcement of their party unity in May 2018.
Nepal Communist Party President KP Sharma Oli (right) and Pushpa Kamal Dahal (left) after the announcement of their party unity in May 2018. Source: Facebook

निर्वाचित महिला सङ्ख्या

उपनिर्वाचनमा ६ जना महिला निर्वा्चित भएका छन् ।

त्यसमध्ये एक प्रतिनिधिसभा सदस्य, एक प्रदेश सभा सदस्य, एक गाउँपालिका उपाध्यक्ष र तीन वडाध्यक्ष छन् । कास्की–२ बाट नेकपाकी विद्या भट्टराई प्रतिनिधिसभा सदस्य र दाङ–३ (ख) बाट नेकपाकै विमलाकुमारी खत्री प्रदेश सभा सदस्यमा निर्वा्चित भएका छन् ।

पोखरामा तत्कालीन पर्यटनमन्त्री एवं एमाले नेता रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि पुन निर्वाचन भएको थियो । अधिकारीको ठाउमा उनकी पत्नी भटराई निर्वाचन जितेकी हुन ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now