SKIP TO MAIN CONTENT

नेपालका सभामुख कृष्ण बहादुर महरा द्वारा राजिनामा, बलात्कारको आरोपको खण्डन

सङ्घीय प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराले आफ्नो पद बाट राजिनामा दिएका छन्।

Krishna Bahadur Mahara was elected speaker of Nepal's lower house.
Krishna Bahadur Mahara was elected speaker of Nepal's lower house. Source: RSS

1 min read

Published

By SBS Nepali

Source: SBS



Skip to article content

संसद सचिवालय कि एक महिला माथि यौन दुर्व्यवहार गरेको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराले आफ्नो पद बाट राजनीमा दिएका छन्।

हिजो एक स्थानीय पत्रिका द्वारा एक महिलालाई उदृत गर्दै महराले उनि माथि बलात्कार गर्ने प्रयास गरेको आरोप सहितको समाचार प्रकासित गरिएको थियो। घटनाको समयमा नेपाल कम्युनिस्ट पार्टीका सांसद पनि रहेका महराले उक्त महिला माथि हात हालेको पनि उक्त समाचारमा आरोप रहेको छ।

६० वर्षीय महराले आफु विरुद्धको उक्त आरोप गलत भएको भन्दै "नैतिकताका आधारमा" सभामुखको पद बाट राजिनामा दिएको भनि उपसभामुखलाई पत्र पठाएका छन्।

आफ्नो चरित्र माथि गम्भीर प्रश्न उठाइएको उक्त आरोप बारे निष्पक्ष र स्वतन्त्र रूपमा छानबीन गर्न सजिलो बनाउन आफुले राजिनामा दिएको उनले पत्रमा लेखेका छन्।

साथै उक्त आरोपबारे "सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबीन" प्रक्रिया नसकिए सम्म आफ्नो राजिनामा कायम रहने उनले बताए।

कृष्ण बहादुर महरा र उक्त महिला बीच पहिला देखिने चिनजान रहेको पनि समाचारहरुमा बताइएको छ।

आरोपहरु सार्वजनिक भए पछि उनका प्रेस सल्लाहकारले ती आरोपहरु "निराधार र कपोकल्पित" रहेको बताउँदै उनलाई "सामाजिक रूपमा बद्नाम गर्ने दुष्प्रयास" भएको आरोप लगाए।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now