भिक्टोरियामा आँधीको पानी बग्न बनाइएको ढलबाट एक १० वर्षे बालकको उद्धार

यो अस्ट्रेलियाको बाढी सम्बन्धी पछिल्लो अपडेट हो।

28 oct floods .jpg

A10-year-old Melbourne child had been playing in swirling floodwater when he was suddenly sucked underwater. (Source: VICSES Facebook) Source: Supplied / VICSES Facebook

मेलबर्नको अल्टोनामा एक दस वर्षे बालकलाई बाढीको पानी जाने ढलबाट उद्धार गरे पछि अधिकारीहरूले बच्चाहरूलाई बाढीमा खेल्न नदिन आग्रह गरेका छन्।

"उक्त बालक बाढीको पानीमा खेलिरहेका थिए, र पानीको दबाबले उनलाई ढल भित्र तान्यो। उनी पाइप भित्रबाट ढलको अर्को मुखमा आइपुगेर, भित्र अड्केका थिए," भिक्टोरियाली आपतकालीन सेवाले बतायो।

"भाग्यवश, आकस्मिक सेवाहरू नजिकै थिए र उनीहरूले ढल खोलेर बालकको समयमै उद्धार गरे।"

उनको अस्पतालमा उपचार भइरहेको छ।

शुक्रबार प्रधानमन्त्री एन्थोनी एल्बनिजी र न्यु साउथ वेल्सका प्रिमियर डोमिनिक पेरोटेले न्यु साउथ वेल्सका नर्दन बढीहरूबाट बाढी प्रभावित घरधनीहरूका लागि ८० करोड डलर बराबरको योजनाको घोषणा गरेका छन्।

सङ्घीय तथा न्यु साउथ वेल्स राज्य सरकारको संयुक्त योजनाले यस वर्षको फेब्रुअरीदेखि मार्च महिनामा प्रभावित भएका घरधनीहरूको सहयोग गर्ने छ।

यस योजनाले यी क्षत्रहरूमा करिब २,००० जनालाई मद्दत गर्ने अपेक्षा छ - बालीना, बाइरन, क्लारेन्स भ्याली, क्योगल, लिज्मोर, रिच्मन्ड भ्याली र ट्वीड।

नर्दन रिभर्सका बाढीबाट सबैभन्दा बढी प्रभावित हुने क्षेत्रहरूका बासिन्दाहरूसमक्ष स्वैच्छिक रूपमा आफ्नो घर सरकारलाई बेच्न विकल्प दिइने छ।

अन्य बासिन्दाहरूले भने आफ्नो घरहरू थप बाढी प्रतिरोधी बनाउन, मर्मत गर्न वा रेट्रोफिट गर्न आर्थिक सहयोग लिन सक्छन्।

भिक्टोरियाली राज्य आपत्कालीन सेवाले बार्माह र लोअर मोइरा समुदायका मानिसहरूले अब आफू बसेको ठाउँ छोड्न धेरै ढिलो भएको बताएको छ।

केरङ फर्कन पनि अझै असुरक्षित रहेको अधिकारीहरूको भनाई छ।

“खतरनाक बाढीको पानीले केरङ र आसपासका क्षेत्रमा अझै प्रभाव पारिरहेको छ; बाढी प्रभावित क्षेत्रहरूबाट टाढै रहनुहोस्।”

इचुकाको क्याम्पास्पे नदी शुक्रवार र शनिवार मध्यम बाढीको स्तर (९४.४० मिटर एएचडी) माथि रहने अपेक्षा गरिएको छ।

भिक्टोरियाली राज्यको आपत्कालिन सेवाले बनबर्था, कारिम्बा र मन्डूनाका लागि मध्यम स्तरको बाढी आउन सक्ने अपेक्षा सहितको चेतावनी जारी गरेको छ।

मौसम विज्ञान ब्युरोले भिक्टोरियामा सोमबार दिउँसोदेखि व्यापक रूपमा नदीहरूको जल स्तरमा बढ्ने र सानोतिनो बाढी आउने अपेक्षा गरेको छ।

नोभेम्बरदेखि जनवरीसम्म पूर्वी अस्ट्रेलियामा औसतभन्दा माथिको वर्षा हुने अपेक्षा पनि मौसम विभागको छ।

पछिल्लो मौसमी पूर्वानुमान तथा जानकारीका लागि मौसम विभागको वेबसाइट हेर्नुहोस्।

आपतकालिन अवस्थाबारे आधिकारिक रूपमा अद्यावधिक रहन न्यु साउथ वेल्स एवं भिक्टोरियाली एसईएसको वेबसाइटहरू हेर्नुहोस्।

ज्यानै जाने खतरापूर्ण अवस्थामा हुनुहुन्छ भने ट्रिपल जिरोलाई ००० मा फोन गर्नुहोस्। आँधी, हुरी बतास, असिना वा ढलेको रूखबाट प्रभावित हुनुभएको छ भने न्यु साउथ वेल्स वा भिक्टोरियाली एसईएसलाई क्रमशः १३२ ५०० वा १८०० २२६ २२६ मा फोन गर्नुहोस्।

दोभासेको आवश्यकता पर्छ भने ट्रान्सलेटिङ एन्ड इन्टरप्रेटिङ सर्भिसलाई १३१ ४५० मा बिना कुनै शुल्क फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।

कान सुन्न गाह्रो छ वा सुन्ने शक्ति अति नै कम भएको छ अथवा बोलाई अस्पष्ट छ भने नेश्नल रिले सर्भिसलाई १८०० ५५५ ६७७ मा फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।


3 min read

Published

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now