SKIP TO MAIN CONTENT

भिक्टोरिया: अन्य राज्य तथा विदेशबाट बसाइँ सर्नेलाई स्थानीय लाइसेन्स लिनै पर्ने नियम

अक्टोबर महिनाको अन्तिम मङ्गलवारदेखि भिक्टोरियामा सवारी चालक प्रमाणपत्र सम्बन्धी नियमहरू परिवर्तन भएका छन्।

Melbourne CBD
Melbourne CBD roads Source: Pixabay

2 min read

Published

Updated



Skip to article content

भिक्टोरियामा अक्टोबर महिनाको अन्तिम मङ्गलवारदेखि लागू भएका सवारी चालक इजाजत पत्र सम्बन्धी नियमहरूका अनुसार, अन्तर्राष्ट्रिय विद्यार्थी सहित अन्य अस्थायी आगन्तुकहरुले यहाँ आएको पहिलो ६ महिनाको अवधिसम्ममा मात्र आफूसँग भएको अन्य स्थानका लाइसेन्स देखाएर सवारीसाधन चलाउन पाउने भएका हुन्।

अस्थायी भिसामा विदेशबाट वा अस्ट्रेलियाका अन्य राज्यहरूबाट भिक्टोरियामा ६ महिना भन्दा बढी समय बिताउने हेतुले उक्त राज्य सरेकाहरूले समेत अब भिक्टोरियाली लाइसेन्स बिना सवारीसाधन चलाउन पाउने छैनन्।

उक्त नियम लागू हुनु पूर्व नै भिक्टोरियामा बसोबास सुरु गरिसकेका मानिसहरूको हकमा भने, भिक्टोरियाली सवारीसाधन चालक इजाजत पत्र लिन २९ अक्टोबर देखि ६ महिना म्याद दिइएको छ।

Full License free of charge
भिक्टोरियाली सवारी चालक इजाजत पत्रको नमूना Source: Vic Roads

राज्यको यातायात विभागले भने आफ्नो निर्णय जटिल प्रक्रियालाई सहज र त्यसमा एकरूपता ल्याउन गरिएको बताएको छ।

उसका अनुसार पुरानो नियमले राज्यमा बाहिरबाट आउने मानिस अस्ट्रेलियाका कुनै राज्यका हुन् भने एक थरी नियम, विदेशबाट हुन् भने अर्को थरी अनि त्यसमा पनि बसाइँ सरेर आएका व्यक्तिहरू अस्थायी वा स्थायी भए विभिन्न नियम लाग्ने गरेको थियो।

भिडियो: भिक्टोरियामा ट्रामलाई कसरी ओभरटेक गर्ने?

अस्ट्रेलिया बाहिरबाट आउने अधिकांश सवारी चालकहरूलाई यस परिवर्तनले केही हदसम्म अफ्ठेरो पार्ने बताइएको छ।

यातायात विभागले जारी गरेको एक विज्ञप्तिका अनुसार भिक्टोरियाली लाइसेन्स बिना सवारी चलाएको पाइएमा हदैसम्मको कारबाही हुनेछ।

“रोजगारदाताले आफ्ना कामदार भिक्टोरिया बाहिरबाट आएर सवारी साधन चलाउने गरेको भए भने उनीहरू यहाँ सरेको ६ महिना भन्दा बढी अवधि भइसकेको छ कि छैन निर्क्योल गर्नुपर्छ।”

यदि रोजगारदाताले उक्त कुराको हेक्का नपुर्‍याए, सवारीसाधन चलाउन अनुमति नभएका मानिसलाई मोटर गाडी चलाउन दिँदा गम्भीर अपराध गरेको ठहर हुने पनि बताइएको छ।

 

थप जानकारी:


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now