SKIP TO MAIN CONTENT

नाइट शिफ्ट गर्दा गर्भपतनको खतरा बढी

गर्भिणी महिलाहरूले “नाइट शिफ्ट”मा काम गर्दा गर्भपात हुने खतरा ३२ प्रतिशतले वृद्धि हुने एक भर्खरै जारी अध्यनले जनाएको छ।

AAP
Source: AAP

1 min read

Published

Updated



Skip to article content

अकुपेशनल एन्ड एन्भाइरोमेण्टल मेडिसिन नामक जर्नलमा मङ्गलवार प्रकाशित एक रिपोर्टका अनुसार, गर्भधारण भएको आठ हप्ता पछिदेखि महिलाहरूले प्रति हप्ता दुई वा सो भन्दा बढी नाइट शिफ्ट गर्दा गर्भपात हुने खतरा बढ्दछ।

यसका साथै, लगातार शिफ्टहरुमा काम गर्दा पनि गर्भपात हुने खतरा हुने कुरा उक्त रिपोर्टले जनाएको छ।

राती काम गर्दा अरू मानिसहरूलाई जस्तै गर्भिणी महिलाहरूलाई पनि राति बल्ने बत्तीहरूको अप्राकृतिक प्रकाश तथा किरणले असर पुर्‍याउँछ। यसले उनीहरूको मुटु धड्किने गतिलाई गडबड तुल्याइदिने र मेलाटोनिन नामक एक हर्मोनको उत्पादन घटाइदिन्छ।

मेलाटोनिनले सुत्ने तथा उठ्ने चक्रीय प्रणालीलाई नियमित गर्ने काम गर्छ।

उक्त रिपोर्टका अनुसार गर्भ नालको कामलाई दुरुस्त राख्न पनि मेलाटोनिनले महत्त्वपूर्ण भूमिका खेल्छ।

तर, अध्यनकर्ताहरुका अनुसार उक्त खोज अवलोकनिक अध्ययन मात्र भएको र गर्भपात हुने कारण ठोकुवा गरेर अहिले नै भन्न नमिल्ने बताउँछन्।

रिपोर्टमा उल्लेख भएको निष्कर्षहरू सही भए यसले राति काम गर्ने गर्भिणीमहिला कर्मचारीहरूका साथ-साथै उनीहरूको रोजगारदाताहरु, डाक्टरहरू तथा सुडेनीहरु समेतलाई प्रभावित गर्नेछ।

उक्त अध्यन ड्यानिस सरकारी अस्पतालमा कार्यरत करिब २०,००० महिला कर्मचारीहरू र उनीहरूको पे रोल डाटालाई डेनमार्कको राष्ट्रिय चिकित्सकीय तथ्याङ्कमा दर्ता भएको जन्म तथा गर्भपातसँग जोडेर गरिएरको थियो।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now