निर्मला हत्याकाण्ड: वर्ष दिन पुग्यो तर हत्याराको पत्तो छैन

निर्मला पन्तको बलात्कारपछि हत्या भएको वर्ष दिन पुगेको छ तर यो अवधिमा उनको हत्यारा पत्ता लाग्ने छाँट अझै देखिएको छैन।

Where is Justice Poster for Nirmala Panta in Nepal

Source: Facebook

गृहकार्य गर्न साथीको घर गएकी १३ वर्षीया छोरी जिउँदो नफर्केपछि उनको हत्यारा पत्ता लगाउन माग गर्दै कञ्चनपुरदेखि काठमाण्डू समेत आएका निर्मलाका अभिभावक वर्ष दिनको सङ्घर्ष पछि थाकेका सुनिन्छन्।

"छोरीको लागि न्याय मागेकी हुँ। तर खै केही भए जस्तो लाग्दै। छोरी गुमाएको पीडा त छँदै छ उसलाई त्यस्तो गर्ने व्यक्ति खुलेआम हिँडी रहेको छ भन्ने कुराले हाम्रो पीडा अझ थपेको छ," निर्मलाकी आमा दुर्गादेवी पन्त भन्छिन्।

"सबैले अनुसन्धान भइरहेको छ दोषी पत्ता लाग्छ भन्नु हुन्छ तर खौ यतीका समय बितिसक्दा पनि कसले, किन र कसरी मेरी छोरीको हत्या गर्‍यो भन्ने थाहा हुन सकेको छैन। आफ्नो पीडा आफैँ सँग छ खै कसलाई के भनौँ।"

दुर्गादेवीको स्वरमा निराशा सुनिन्छ।

हुन पनि छोरी घर नफर्किएको भन्दै प्रहरीमा उजुरी दिन गएको बेला देखि उनले निकै सङ्घर्ष गर्नु परेको छ।

Nirmala Panta's parents in Kathmandu.
Nirmala Panta's parents in Kathmandu. Source: Supplied

सायद अनुसन्धानको सुरुमै लापरबाही भएका कारण गृह मन्त्रालय देखि प्रहरीकै विभिन्न टोलीले छुट्टा छुट्टै अनुसन्धान गर्दा पनि दोषी अझै पत्ता लगाउन गाह्रो कठिन भएको छ।

त्यसैले निर्मला पन्तको हत्याराको विषय सरकारलाई लागि ठाउको दुखाइ भएको छ।

सायद यही कारण हुनुपर्छ गृहमन्त्री रामबहादुर थापाले मङ्गलवार उनको मन्त्रालयले गरेका प्रगति विवरण सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीहरूले पन्तको हत्याकाण्डको अनुसन्धानमा भएको प्रगतिबारे गरिएको प्रश्नको जवाफ उनले निकै हल्का रूपमा दिएका थिए।

पन्तको बलात्कारपछि हत्या भएको विषयलाई राजनीतिकरण गरिएको र यो नयाँ र पहिलो घटना नभएको भन्दै उनी पन्छन खोजे जस्तो देखिएको धेरैको ठम्याई रहेको छ।

"निर्मला घटनाका प्रकरण यसभन्दा अगाडी पनि थिए, आज पनि छन् र भोलि पनि केही समयसम्म रहन्छन्।"

यस किसिमका अपराधलाई हामीले पूर्णतः निषेध गर्न सक्दैनौँ," गृह मन्त्रीले जवाफ दिँदै भनेका थिए।

"यो घटनालाई राजनीतिकरण गरियो र यो अत्यन्तै दुखद हो।"

प्रहरीको अनुसन्धान डिएनए परीक्षणमा गएर रोकिएको छ।

शङ्कास्पद विभिन्न व्यक्तिहरूको डिएनए सङ्कलन गरेर गरिएको परीक्षण नमिलेका कारण दोषी पत्ता लगाउन गाह्रो भएको प्रहरीको भनाइ रहेको छ।

त्यस कारण घटनालाई विभिन्न कोणबाट प्रहरी सङ्गठनमा रहेका अनुसन्धान विज्ञहरूबाट सूक्ष्म ढङ्गले हेरी रहेको बताइन्छ।

तर अनुसन्धानको प्रगति भने खासै हुन नसकेको प्रहरी श्रोतको भनाइ छ।

सायद यही कारण होला संसद्मा निर्मलाको दोषी पत्ता लगाउने विषय के भयो भनी उठ्ने गरेका प्रश्नको जवाफ दिँदा दिँदा थालेका गृहमन्त्रीबाट यस्तो जवाफ आएको।

Home minister Ram Bahadur Thapa answering question from Nepali Congress MP in Parliament.
Home Minister Ram Bahadur Thapa answering question in the parliament. Source: RSS

वर्ष दिन पुग्दा पनि निर्मलाको हत्यारा पत्ता नलागेको भन्दै सामाजिक सञ्जालमा पनि यही विषय चर्चामा रहेको छ।

तर महिला अधिकारकर्मीहरूले गृहमन्त्रीको यस्तो अभिव्यक्तिलाई गैर जिम्मेवारी पूर्ण बताएका छन्।

"अनुसन्धान प्रभावकारी बनाऊ तर्फ पहल गर्नुको साटो निराशा छाउने खालको गैर जिम्मेवारी अभिव्यक्ति आयो यो।

देशको गृहमन्त्रीले नै यस्तो जवाफ दिँदा पीडित परिवारले कस्तो महसुस गर्छ भन्ने कम्तीमा एक पटक सोच्नु पर्ने हो," अधिवक्ता मिरा ढुङ्गानाले बताइन्।

पुरै देशले चासो दिएको र देशका प्रधानमन्त्रीले समेत पीडित परिवारलाई भेटी निर्मला मेरी पनि छोरी हुन् भन्दै दोषी उम्कन नदिने आश्वासन दिएको घटनामा पनि प्रहरीले दोषी पत्ता लगाउन नसक्नु र गृहमन्त्रीले यस्तो गैर जिम्मेवार पूर्ण ढङ्गले बोल्दा यसले बलात्कार जस्तो जघन्य अपराधका पीडितलाई खुलेर आउन अझ कठिन हुने महिला अधिकारकर्मी बबिता बस्नेत बताउँछिन्।

"सामाजिक लाञ्छनाको डर देखि लिएर लामो सरकार प्रक्रिया पुरा गर्न पर्ने डरले धेरैले आफू माथि भएको यस्तो अपराध बाहिर ल्याउनै चाहँदैनन्।

पन्त परिवारले निकै साहस गरेर न्यायको माग गरिर रहँदा त यस्तो हालत छ भने गृहमन्त्रीको यस्तो अभिव्यक्ति पछि अब अन्य सामान्य व्यक्तिले यसबारे बोल्न अब कम्तीमा दुई पटक सोच्न बाध्य हुनेछ," बस्नेत भन्छिन्।

 


3 min read

Published

Updated

By Pratichya Dulal



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now