SKIP TO MAIN CONTENT

सर्वश्रेष्ठ अस्ट्रेलियाली छनौट गर्ने समूहमा एक नेपालीको नियुक्ति

चलचित्र निर्माता-निर्देशक नितेशराज पन्त सर्वश्रेष्ठ अस्ट्रेलियाली छनौट गर्ने जिम्मा पाएको अस्ट्रेलिया दिवस परिषद्को कार्यसमितिमा नियुक्त भएका छन्।

Nitesh Raj Pant from Darwin, NT
Nitesh Raj Pant from Darwin, NT Source: Supplied

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

अस्ट्रेलिया दिवस परिषद्ले “अस्ट्रेलियन अफ द यियर” वा वर्षको सर्वश्रेष्ठ अस्ट्रेलियाली उपाधि प्रदान गर्दछ।

मध्य र उत्तरी अस्ट्रेलिया समेट्ने सङ्घीय प्रदेश नर्दर्न टेरीटोरीमा उत्कृष्ट काम गरेकाहरूलाई सम्मानित गर्ने जिम्मा पाएको परिषद्को २०१८/२०१९ को समूहमा पन्तको नियुक्ति भएको हो।

नेपालमा हिजो आजका कुरा नामक हास्य टेली सिरियल देखि चलचित्रहरूमा पनि काम गरिसकेका उनी सन् २००६ मा अस्ट्रेलिया आएका थिए र तीन वर्षको सिड्नी बसाई पछि डार्विन सरेका थिए।

"आफूलाई सीप र अनुभव प्रदान गर्ने अस्ट्रेलियाली समुदायको लागि केही गर्ने अब समय भएको छ"

नर्दर्न टेरिटरी स्थित बहुसांस्कृतिक निकायहरूमा कार्यरत रहनुका साथै पन्तले हाल नेपाली भाषामा रेडियो कार्यक्रमको सञ्चालन र टिभी कार्यक्रम पनि निर्माता गर्दछन्।

सन् २०१६ मा पन्त आफै पनि उक्त प्रदेशको सर्वश्रेष्ठ नागरिकको लागि मनोनीत भएका थिए भने गए अक्टोबर महिनामा उनलाई एक बहुसांस्कृतिक पुरस्कार द्वारा पनि सम्मानित गरिएको थियो।

Nitesh Raj Pant (center) after receiving the Yogan Sathianathan Multicultural Award 2018 at NT's Parliament House.
Nitesh Raj Pant (center) after receiving the Yogan Sathianathan Multicultural Award 2018 at NT's Parliament House. Source: Supplied

अस्ट्रेलिया दिवस परिषद्को कार्यसमितिमा पन्तले मानार्थ र स्वयंसेवकको रूपमा आफ्नो भूमिका निभाउने छन्।

आफ्नो नियुक्ति बारे एसबीएस नेपालीलाई पन्तले भने, “अस्ट्रेलियाको सांस्कृतिक विविधतामा थप योगदान पुराउन मैले पाएको यो मौका प्रति म धेरै गर्भामवित छु।"

साथै आफूलाई सीप र अनुभव प्रदान गर्ने अस्ट्रेलियाली समुदायको लागि केही गर्ने अब समय भएको पनि उनले बताए।

सन् २०१९ को सर्वश्रेष्ठ अस्ट्रेलियालीको लागि नाम मनोनीत गर्ने म्याद सकिसकेता पनि २०२० को लागि भने मनोनयन खुला रहेको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now