चीनको अगाडी “हात फैलाउन आवश्यक छैन”: पूर्व परराष्ट्र मन्त्री डाउनर

पूर्व परराष्ट्र मन्त्री एलेक्स्ज्यान्डर डाउनरले चीनसँग अस्ट्रेलिया अझ बढी आत्मविश्वासका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन्।

Alexander Downer says Australia needs to be more self-confident when it comes to our dealing with China.

Alexander Downer says Australia needs to be more self-confident when it comes to our dealing with China. Source: AAP

डाउनरका अनुसार चीनले अस्ट्रेलियाको अवस्था बुझेर आपसी सहानुभूतिको अभ्यास गर्न जरुरी छ, न कि केवल आफ्नो खुट्टा ढोगाउन खोज्नु।

केही समय अगाडी, चिनियाँ राजदूतले अस्ट्रेलिया एसियाको बृहत् अर्थतन्त्र माथि आश्रित रहेको भन्ने अभिव्यक्ति दिएका थिए। त्यस माथि टिप्पणी गर्ने क्रममा अस्ट्रेलियाको इतिहासमा सबैभन्दा लामो समयसम्म परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेका डाउनरले चीनलाई पनि अस्ट्रेलियाको उत्तिकै आवश्यकता रहेको बताएका हुन्।

“कच्चा पदार्थ तथा खाद्यान्नको आपूर्ति सुरक्षित नगरी चीनले यसै आफ्नो अर्थतन्त्र चलाउन सक्दैन र उसको विकासमा अस्ट्रेलियाले खेलेको भूमिकाको निकै नै महत्त्व छ,” क्यानबेरामा पत्रकारहरू माझ डाउनरले भने।

“यो एक आपसी लाभको सम्बन्ध हो भन्ने कुरा चीनले स्मरण गर्नु जरुरी छ र हामी उसका अगाडी म्याल्कम टर्नबुलले चुनावताका केही भने भन्दैमा वा अरू केही कारणका लागि माफी माग्दै बस्न जरुरी छैन।”

Australia's Prime Minister Scott Morrison and Premier of the State Council of the People's Republic of China Li Keqiang
Australia's Prime Minister Scott Morrison and Premier of the State Council of the People's Republic of China Li Keqiang Source: AAP

अस्ट्रेलिया र चीनको सम्बन्धमा क्रमिक रूपमा तनाव बढ्दै जाँदा प्रधानमन्त्री स्कट मरिसनलाई बेजिङ्गले खासै वास्ता गरेको छैन।

उनी आधुनिक युगका यस्ता अस्ट्रेलियाली प्रधानमन्त्री बन्न पुगेका छन् जसले आफ्नो कार्यभार ग्रहण गरेको पहिलो वर्षमा चीनको आतिथ्य थाप्न कुनै निम्तो नै पाएनन्।

तर डाउनर यो कुरालाई त्यत्तिकै छोड्नुपर्ने बताउँछन्।

“यदि उनीहरूलाई हाम्रो प्रधानमन्त्री बोलाउनु छ भने ठिकै छ, मेरो विचारमा निम्तो पाए उनी खुसी भएर जान्छन् होला। तर, यदि निम्तो पठाएनन् भने पनि ठिकै छ, जिन्दगी चलिरहन्छ।”

उनले अस्ट्रेलिया चीन सामु अझ दह्रो र स्पष्टताका साथ प्रस्तुत हुनुपर्ने तर यो दुवैतर्फका लागि उत्ति नै लागू हुनेमा पनि जोड दिए।

Siblings
In Confucian philosophy, filial piety is the virtue and duty of respect, obedience and care for one’s parents. Source: Getty Images

“हामी तपाईँहरूको कन्फ्यूशियन संस्कृति बुझ्छौँ, हामीले तपाईँहरूको गृह युद्धको इतिहास जानेका छौँ, आक्रमण, कब्जा, अपमान सबै … तर तपाईँहरूले पनि हामीलाई बुझ्नु पर्छ,” उनले भने।

“यो सहानुभूतिको मात्र कुरा होइन, यो त आपसी सहानुभूतिको बारेमा हो।”

“यदि उनीहरूको कुनै कदम हामी गहन रूपमा अस्वीकार गर्छौँ भने, हामीले त्यसो किन गर्‍यौँ भनेर उनीहरूले बुझ्न जरुरी छ, हामीलाई हेप्न थाल्ने होइन।”

audio-x-generic.png

2 min read

Published

Updated

Presented by आभास पराजुली




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now