SKIP TO MAIN CONTENT

'प्रवेशका लागि आवश्यक योग्यता पुरा नभएको' भन्दै नोभाक जोकोभिचको अस्ट्रेलियाली भिसा रद्द

अस्ट्रेलियन ओपनको खेलमा सहभागिता जनाउन मेडिकल छुट पाएको विषय विवादमा परेपछि बिश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचको अस्ट्रेलियन भिसा रद्द भएको छ।

Serbian tennis star Novak Djokovic
Serbian tennis star Novak Djokovic Source: AP

2 min read

Published

Updated



Skip to article content

मेडिकल छुट पाएर अस्ट्रेलियन ओपनमा सहभागीताका जनाउने क्रममा रहेका जोकोभिचको मेडिकल छुटको विषय सार्वजनिक बहस बनेको थियो।

नौ पटकका अस्ट्रेलियन ओपन विजेता बुधवार राति मेलबर्न आइपुगेका थिए।

उनी मेलर्वन पुगे सँगै भिसा रद्द भएपछि उनलाई डिपोट गर्ने तैयारी भएको बताइएको छ।

बुधवार प्रधानमन्त्री स्कट मोरीसनले सर्बियाली खेलाडीले सङ्घीय सरकारलाई भिसाका मामलामा सन्तुष्ट पानुै पर्ने बताएका थिए।

बुधवार मेलर्वन एयरर्पोटमा पुगे सँगै भिसा त्रुटिका कारण उनी रोकिन पुगेका हुन् ।

बिहीबार अस्ट्रेलियाली सीमा बलले जोकोभिचले अस्ट्रेलियामा 'प्रवेशका लागि आवश्यक योग्यता पुरा नभएको' भन्दै भिसा रद्द गरेको पुष्टि गरेको छ।

“गैर नागरिक जसको वैद्य भिसा छैन वा भिसा रद्द भएको छ, उनीहरूलाई हिरासतमा लिइने र फिर्ता पठाइनेछ,” एक विज्ञप्ति मार्फत एबिएफले भनेको छ।

यता नोभाक जोकोभिचले भने डिपोट हुनबाट रोकिन कानुनी प्रक्रियामा जान लागेको बताइएको छ।

"नियम भनेको नियम नै हो, जब यो हाम्रो सिमानाका कुरामा आउँछ,” समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री स्कट मोरिसनले ट्वीट मार्फत भने।

"नियमहरू भन्दा माथि कोही पनि छैन, हाम्रो कढा सीमा नीति कोभिड-१९ बाट विश्वमै कम मृत्युदर राख्नलाई महत्वपूर्ण छ, हामी सतर्क रहन जारी राख्छौ।” उनले भने।

डिसेम्बर १५ बाट पूर्ण रूपमा खोप लगाएका योग्य भिसाधारीहरू यात्रा छुटको आवेदन नगरी अस्ट्रेलिया आउन सक्छन् र बिना क्वारेनटिन राज्य एवम् प्रदेशहरूमा भ्रमण गर्न सक्दछन्।

यदि कुनै व्यक्तिले खोप लगाएको छैन भने चाहिँ खोप लगाउन छुट पाएको चिकित्सकीय प्रमाणपत्र आवश्यक रहन्छ।

कुनै समय खोपका विरुद्धमा बोलेका जोकोभिचले कोभिड-१९ खोप लगाएको/नलगाएको बारेमा आधिकारिक जानकारी भने रहेको छैन।

भिसा रद्द हुनु केही समय अघि जोकोभिचका पिता सर्जनले सर्बियन बि ९२ इन्टरनेट पोर्टल सँग बोल्दै 'आफ्नो छोरालाई एक्लै कोठामा राखिएको र बाहिर दुई प्रहरी तैनाथ गरिएको' बताएका थिए।

सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकले एक विज्ञप्ति जारी गदै टेनिस च्याम्पियनलाई सहयोगको प्रस्ताव गरेका छन्।

“मैले हाम्रो नाभोकलाई भने की सम्पूर्ण बर्सिया उसको साथमा छ, हाम्रो निकायले विश्वको सर्वश्रेष्ठ टेनिस खेलाडीको उत्पीडन तुरुन्त अन्त्यका लागि काम गरिरहेको छ,” उनले भने।

मेडिकल छुट मिलेपछि, उनले पाएको छुटको आधारबारेमा जानकारी गराउनका लागि विभिन्न क्षेत्रबाट माग आएका थिए।

कोभिड-१९ तथा अस्ट्रेलिया प्रवेस बारे आधिकारिक जानकारीका लागि https://covid19.homeaffairs.gov.au/ जानुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now