SKIP TO MAIN CONTENT

एनआरनएनको सिड्नी उद्यमी सम्मेलन: के थियो भेलाको औचित्य?

गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाले राष्ट्रिय स्तरको उद्यमी सम्मेलनको आयोजना गरेको छ। २०१७ देखि सुरु गरिएको यो सम्मेलनको दोस्रो संस्करण शनिवार सिड्नीमा भएको हो।

NRNA enterpreneur conference 2019
Source: sbs nepali

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

अस्ट्रेलिया तथा नेपालमा रहेका उद्यमीहरूको उपस्थिति रहेको सम्मेलनमा अस्ट्रेलियाका विभिन्न क्षेत्रमा के कस्ता उद्योग र व्यवसाय व्यवहारिक मान्न सकिन्छ भन्ने बारेमा जानकारी दिइएको थियो।

शनिवार बिहान १० बजे देखि साँझ पाँच बजेसम्म आयोजित सम्मेलनमा अस्ट्रेलिया, नेपाल र अन्तर्राष्ट्रिय उद्यमीहरूको उपस्थिति रहेको थियो।

उक्त सम्मेलन मार्फत नेपाली समुदायका सदस्यहरूलाई व्यवसाय तर्फ आकर्षित गर्ने मुख्य उद्देश्य राखिएको गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाले जनाएको छ।

अस्ट्रेलियामा रहेर कस्तो व्यवसाय गर्दा के कस्ता चुनौतीहरूको सामना गर्नुपर्नेछ साथै कुन क्षेत्रमा कस्तो अवसरहरू रहेका छन् भन्ने बारे भेलामा उपस्थित आ-आफ्ना क्षेत्रका अनुभवी उद्यमी व्यवसायीहरूले आफ्ना अनुभव आदान प्रदान गरेका थिए।

NRNA enterpreneur conference 2019
NRNA enterpreneur conference 2019 Source: sbs nepali

यसैक्रममा गैर आवासीय नेपाली सङ्घका अध्यक्ष तोनु घोथाने ले सम्मेलनले गर्दा व्यवसायीहरूलाई एक अर्काको सफलताको कथा सुन्ने र सुनाउने र सञ्जाल विस्तार गर्न मदत पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

त्यस्तै भनाइ एनआरएन अस्ट्रेलियाका प्रवक्ता डिला खरेलको पनि रहेको थियो।

सङ्घका उपाध्यक्ष नन्द गुरुङले व्यवसायी भेलाले नेपाली पृष्ठभूमिका सबैले नेपालका लागी आफ्नो दायित्व पुरा गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै कार्यक्रमबारे प्रकाश पारे।

नेपाली पृष्ठभूमिका अस्ट्रेलियाली महिलाहरू कत्तिको सशक्त छन् वा उनीहरूको उपस्थिति व्यवसायमा कस्तो छ भन्ने विषयमा बारेमा भेलालाई सम्बोधन गर्दै रन्जु वाग्ले थापाले आफ्नो विचार व्यक्त गरेकी थिइन।

कार्यक्रमका बारेमा गरिएको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।

सिड्नी सिटी कलेज अफ म्यानेजमेन्टकी प्रमुख कार्यकारी अधिकृत थापाले उक्त भेलाको औचित्यका बारेमा अन्य उपस्थित व्यवसायीहरू भन्दा केही फरक धारणा व्यक्त गरिन।

कार्यक्रममा उपस्थिति जनाएका अधिकांश विशुद्ध नाफा मूलक व्यवसाय र सामाजिक उत्तरदायित्व बोक्ने व्यवसाय बारे स्पष्ट हुन नसकेको उनको भनाइ थियो ।

व्यवसायमा युवा तथा महिलाहरूको उपस्थिति बारे चर्चा हुँदै गर्दा लगानी गर्दा ध्यान पुर्‍याउनु पर्ने विषयमा पनि कार्यपत्रहरू प्रस्तुत भएका थिए।

तर सम्पूर्ण व्यवसाय गर्दा बिर्सन नहुने विषय भन्दै व्यवसाय सँगै जोडिने नैतिकता र सामाजिक उत्तरदायित्वबारे सम्मेलनमा उपस्थित वक्ताहरूले प्रष्ट्याए।

सम्मेलनमा सहभागी हुन नेपालबाट आएका दिबेश गिरीले सामाजिक रूपमा सकारात्मक प्रभाव पार्ने किसिमको व्यवसायका बारेमा आफ्नो प्रस्तुति दिएका थिए।

उनले सामान्य व्यवसायी भन्दा सामाजिक उद्यमी कसरी फरक हुन्छन् भन्ने बारेमा एसबीएस नेपालीसँग कुरा गरेका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now