SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्स: थप आर्थिक सहायता उपलब्ध, बाढी सम्बन्धी केही चेतावनी यथावतै

आज, १४ मार्च २०२२ को न्यु साउथ वेल्स बाढी सम्बन्धि अपडेट।

Scenes in Lismore, NSW, after the devastating floods during the weekend.
Scenes in Lismore, NSW, after the devastating floods during the weekend. Source: AAP Image/Jason O'Brien

2 min read

Published

Updated



Skip to article content

पछिल्लो २४ घण्टामा मौसम विज्ञान विभागले लोअर हन्टर, हक्सबरी, लक्लन, लोअर वेयर, लोअर म्याकिन्टायर र स्नोई नदीहरूका लागि अन्तिम बाढीको चेतावनी जारी गरेको छ।

पानीको सतह घट्दै गएकाले ती क्षेत्रमा बाढीका लागि थप चेतावनी भने जारी नहुने बताइएको छ।

कुलगोवा, बिरी, बोखरा र नारान नदीहरूको लागि सानोदेखि मध्यम बाढी आउन सक्ने चेतावनी अझै पनि यथावतै छ भने पारु नदी को लागी सानो स्तरको बाढी सम्बन्धी चेतावनी र बार्वोन नदीको लागी बाढी सूचना जारी गरिएको छ।

सिड्नीका थुप्रै रेल लाइनहरूमा रेलको सट्टा बसहरूद्वारा सेवा प्रदान गरिँदै छ।

सिड्नी ट्रेनका प्रमुख कार्यकारी म्याट लङल्याण्डले रेडियो स्टेसन २ जीबीलाई भने कि धेरै मार्गका रेल लिकहरू अझै पनि बाढीले डुबेका छन्।


 

सङ्घीय सरकारले  क्वीन्सल्यान्ड र न्यु साउथ वेल्सका बाढीबाट प्रभावित मानिसहरूलाई आर्थिक सहयोग उपलब्ध गराउँदै छ।

यसरी उपलब्ध साहयतामा १,००० डलरको रिकभरी पेमेन्ट भनिने राहत भुक्तानी, १३ हप्तासम्मका लागि डिजास्टर अलावन्स भनिने प्रकोप भत्ता र ९०० डलरसम्मको पर्सनल हार्डशिप सपोर्ट भनिने व्यक्तिगत कठिनाइ सहायता छन्। साना व्यापारी तथा कृषकहरूको लागि थप अनुदान पनि उपलब्ध रहेको छ।

तपाईँको क्षेत्रमा कुन सहायता उपलब्ध छ भनी थाहा पाउन त्यसका लागि आवेदन कसरी दिने भन्ने बारे निर्देशनहरू प्राप्त गर्न नेश्नल रिकभरी एण्ड रिजिलियन्स एजेन्सीको वेबसाइट जान सक्नुहुन्छ।


 

गएका दुई हप्ता यता स्टेट इमर्जेन्सी सर्भिस (एसइएस)ले मानिसहरूलाई केही स्थानहरू खाली गर्न निर्देशन दिएको छ।

यी मध्ये कतिपय आदेशहरू यथावतै छन्। घर छाडेर सुरक्षित स्थान जान जारी ती आदेशहरूबाट प्रभावित सिड्नीका सबर्बहरू उल्लेखित नक्सा हेर्नुहोस्:


यदि तपाईँले आफ्नो घर छोड्नु पर्ने अवस्था छ भने, राज्य आपत्कालीन सेवाद्वारा प्रदान गरिएको निम्न सल्लाहहरू प्रति ध्यान दिनुहोस्:

  • घरपालुवा जनावर, अत्यावश्यक वस्तुहरू, न्यानो लुगा, औषधि, बीमा कागजात र बहुमूल्य वस्तुहरू साथमा लैजानुहोस्।
  • अन्य व्यक्तिगत सम्पत्तिहरूलाई सुरक्षित/उच्च स्थानमा स्थानान्तरण गर्नुहोस्।
  • भिडभाड भएका सडकहरूबाट बच्न सकेसम्म चाँडो बाहिर निस्कनुहोस्।
  • लामो यात्राको समयको कारणले पिउने पानी र खाना लिनुहोस्।
  • यो जानकारी परिवार, साथीहरू र छिमेकीहरूसँग बाँड्नुहोस् र सम्भव भएसम्म अरूलाई मद्दत गर्नुहोस्।
Floodwaters instructions in English
Source: NSW Multicultural Health Communication Service
  • राज्य आपत्कालीन सेवाको वेबसाइट जानुहोस् NSW SES
यदि तपाईँ ज्यानै जाने जोखिमपूर्ण अवस्थामा हुनुहुन्छ भने तत्काल ००० (Triple Zero, 000) मा फोन गर्नुहोस्। यदि आँधी, हावा, असिना वा रूख ढलेर तपाईँको सम्पत्ति वा सुरक्षा खतरामा पारेको छ भने, न्यु साउथ वेल्स राज्य आपतकालिन सेवा (NSW SES) लाई १३२ ५०० (132 500) मा फोन गर्नुहोस्।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now