नियन्त्रण गर्न नसकिएको डढेलोका कारण न्यु साउथ वेल्स राज्यमा दर्जनौँ घरहरू ध्वस्त

उत्तरी न्यु साउथ वेल्स राज्यमा अधिकारीहरूलाई नियन्त्रण गर्न गाह्रो परिरहेको डढेलोमा परेर करिब ३० घरहरू नष्ट भएको बताइएको छ।

The fire in Casino.

The fire in Casino. Source: Facebook/Fire and Rescue NSW

न्यु साउथ वेल्स राज्यको उत्तरी भूभागमा दन्किरहेको डढेलोबाट प्रभावित मानिसहरू आफ्नो नष्ट भएको धनजनबारे लेखाजोखा गर्न थालेका छन्।

क्यासिनो नामक स्थानको दक्षिणमा पर्ने बस्बीज फ्ल्याटमा लागेको आगोलाई मङ्गलवार रातीसम्म पनि आपतकालिन चेतावनीकै दर्जामा राखिएको थियो।

Video captured by the NSW Rural Fire Service shows the spread of flames in the vicinity of Seery Rd & Phillip Swamp Rd in the Mount Belmore SF.
Video captured by the NSW Rural Fire Service shows the spread of flames in the vicinity of Seery Rd & Phillip Swamp Rd in the Mount Belmore SF. Source: Twitter/NSWRFS

न्यु साउथ वेल्स राज्यको ग्रामीण अग्नि सेवाका अनुसार, करिब २५० जना जति बसोबास गर्ने रापभिल नाम गरेको एक गाउँ पूर्णतया ध्वस्त भएको छ।

“मैले छाप्रो, घर, सर्वस्व गुमाएँ,” रापभिलका ड्यानी स्मिथले आफ्नो घर भएको ठाउँमा पत्रकारहरूलाई भने।

“अर्को एउटा ठाउँ बचाउन सकियो कि, तर अरू सबै थोक सिद्धिइसक्यो।”

रापभिलका ८३ वर्षीय एक अर्का बासिन्दा जन डन्कन्ले पनि आफ्नो घर गुमाएका छन्। उनकी छोरी क्यारल डन्कन्का अनुसार जनद्वारा लगाई रहेको लुगा बाहेक केही पनि जोगाउन सकेनन्।

बस्बीज फ्ल्याटको डढेलोबाट प्रभावित मानिसहरूको सहयोगार्थ क्यासिनोमा अवस्थित सेन्ट मेरिज क्याथोलिक कलेजमा एक उद्धार केन्द्र स्थापना गरिएको छ।

ग्रामीण अग्नि सेवाका प्रवक्ता ग्रेग अलानले एएपीसँग कुरा गर्दै बुधवार चिसो हावाको बहाव नहुन्जेल मानिसहरूले कडा गर्मीबाट राहत महसुस गर्न कठिन छ।

त्यसै गरी ड्रेकको लङ्ग गली सडक वरिपरि लागेको आगोले ७२,००० भन्दा बढी रुखहरू सखाप पारेको पनि जनाइएको छ।

बुधवारदेखि चिसो बढ्दै जाने पूर्वानुमान भए पनि डढेलो नियन्त्रणमा लागि परेका अधिकारीहरूका अनुसार आगोबाट हुने खतरा तत्काल अन्त्य भने हुने छैन।

यसबारे पछिल्लो जानकारी पाउन र अद्यावधिक रहन न्यु साउथ वेल्स ग्रामीण अग्नि सेवाको वेबसाइट जानुहोस्।

 


2 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now