स्थानीय सङ्क्रमणका ९७ नयाँ केस, सिड्नीको लकडाउन कम्तीमा पनि दुई हप्ता थपियो

न्यु साउथ वेल्समा ९७ नयाँ कोरोना सङ्क्रमित थपिए सँगै ग्रेटर सिड्नी र आसपासमा जारी लकडाउन कम्तीमा पनि दुई हप्ताका लागि थपिने भएको छ ।

NSW Premier Gladys Berejiklian is expected to announce a four-week extension to the Greater Sydney COVID-19 lockdown on Wednesday.

NSW Premier Gladys Berejiklian is expected to announce a four-week extension to the Greater Sydney COVID-19 lockdown on Wednesday. Source: AAP

मङलबार राति आठ बजे सम्मको गणना अवधिमा  न्यु साउथ वेल्समा ९७ जना नयाँ सङ्क्रमित थपिएका छन् । 
 
न्यु साउथ वेल्समा ९७ नयाँ कोरोना सङ्क्रमित थपिए सँगै ग्रेटर सिड्नी र आसपासमा जारी लकडाउन कम्तीमा पनि दुई हप्ताका लागि थपिने भएको छ ।
 
आज पत्रकारहरू सँग कुरा गदै न्यु साउथ वेल्सकी प्रिमीयर ग्लेडीज बेरीजीक्लीयनले कम्तीमा पनि ३० जुलाई सम्मका लागि लकडाउन लम्ब्याइएको घोषणा गरेकी छन् ।
 
नयाँ भेटिएका सङ्क्रमित मध्ये २४ जना सङ्क्रमण अवधिभर पुरा वा आंशिक रूपमा  समुदायमा घुलमिल गरेको उनले जानकारी दिइन्  ।
नयाँ भेटिएका मध्ये ६० जना भने सङ्क्रमण अवधिभर आइसोलेसनमा रहेको बताइएको छ ।
 
७ जना सङ्क्रमण अवधिको केही समय आइसोलेसनमा रहेका र अन्य ६ जनाको आइसोलेसनमा बसेको/नबसेको बारेमा अनुसन्धान जारी रहेको पनि स्वास्थ्य अधिकारीहरूको भनाई छ ।
 
“लकडाउनलाई अन्त्य गर्नु अघि अहिले देखिएका २४ जनाको नम्बरलाई घटाएर शून्यमा झार्नु आवश्यक छ ” उनले भनिन् ।
 
“दुई हप्ताको अन्त्यमा हामीले अवस्थाको मुल्याङन गर्नेछौ र त्यसपछिको अवस्थाका बारेमा थप जानकारी उपलब्ध गराउनेछौ ।”
हाल न्यु साउथ वेल्समा ७१ जनाको कोरोनाका कारण अस्पतालमा उपचार भइरहेको छ ।
 
ती मध्ये २० जना मानिस सघन उपचार कक्षमा उपचार गराइरहेका छन् ।
 
चार जनाको भने भेन्टिलेटरमा उपचार भइरहेको छ ।
 
राज्यकी मुख्य स्वास्थ्य अधिकारी केरी च्यान्टले सघन उपचारमा रहेका मध्ये एक जना २० वर्ष उमेर समूहका,दुई जना तिस वर्ष हाराहारीका ,दुई जना ४० वर्षका रहेको जानकारी दिइन् ।
 
अन्य भने ५० वर्ष देखि ८० वर्ष सम्मका मानिसहरू रहेका छन् ।
 
हाल सङ्क्रमण जोखिम क्षेत्रका रूपमा फेयर फिल्ड,रोजल्याड,रोजबेरी,क्यान्टरबेरी,बेलमोर,सदरल्याण्ड ,सेन्ट जर्ज क्षेत्र ,विन्सर,सेन्ट इभीस,पेनरीथ र बे साईड परेका छन् ।


 

Share

2 min read

Published

Updated




Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand