शुक्रवारदेखि न्यु साउथ वेल्समा मौसमी अवस्था थप सुधार हुने अपेक्षा गरिएको छ, तर थुप्रै स्थानमा बाढीका चेतावनीहरू कायमै छन्।
सिंगलटनको दक्षिण पश्चिममा बुल्गाको वोलोम्बी ब्रूक र क्वीन्सल्यान्डको सीमा नजिकै मुनगिन्डीको बारवोन नदीमा ठुलो बाढी जारी नै छ।
मेटल्यान्डमा हन्टर नदीको मध्यम स्तरको बाढी कायमै छ। यहाँ नदीको जल स्तर उच्च छ।
हक्सबरी नदीको बाढीको स्तर उच्चभन्दा तल झरेको छ, तर नर्थ रिचमण्ड, विन्डसर र स्याकभिलमा मध्यम स्तरको बाढी जारी नै छ।
पट्टी रोड स्थित कोलो नदीमा सानो बाढी कायमै छ।
जल तथा मौसम विज्ञान विभागले लगातारको वर्षा रोकिएको लगाएको छ भने सन्तृप्त माटो र बगेका खोलाका कारण आगामी साता बाढीको जोखिम फेरि बढ्न सक्ने बताइएको छ।
म्याक्वेरी, हन्टर, सिड्नी, इलावारा, बेटम्यान्स र इडेनका तटहरूका लागि अलग-अलग खतरनाक छालहरू आउने चेतावनीहरू पनि जारी गरिएका छन्।
- सडक अवरुद्ध बारे तत्काल थाहा पाउन https://www.livetraffic.com/ जानुहोस्
सुरक्षित स्थानमा जाने आदेशबाट प्रभावित सिड्नी उपनगरहरूको अद्यावधिक गरिएको नक्सा यहाँ उपलब्ध छ:

यदि तपाईँले आफ्नो घर छोड्नु पर्ने अवस्था छ भने, राज्य आपत्कालीन सेवाद्वारा प्रदान गरिएको निम्न सल्लाहहरू प्रति ध्यान दिनुहोस्:
- घरपालुवा जनावर, अत्यावश्यक वस्तुहरू, न्यानो लुगा, औषधि, बीमा कागजात र बहुमूल्य वस्तुहरू साथमा लैजानुहोस्।
- अन्य व्यक्तिगत सम्पत्तिहरूलाई सुरक्षित/उच्च स्थानमा स्थानान्तरण गर्नुहोस्।
- भिडभाड भएका सडकहरूबाट बच्न सकेसम्म चाँडो बाहिर निस्कनुहोस्।
- लामो यात्राको समयको कारणले पिउने पानी र खाना लिनुहोस्।
- यो जानकारी परिवार, साथीहरू र छिमेकीहरूसँग बाँड्नुहोस् र सम्भव भएसम्म अरूलाई मद्दत गर्नुहोस्।
- राज्य आपत्कालीन सेवाको वेबसाइट जानुहोस् NSW SES
यदि तपाईँ ज्यानै जाने जोखिमपूर्ण अवस्थामा हुनुहुन्छ भने तत्काल ००० (Triple Zero, 000) मा फोन गर्नुहोस्। यदि आँधी, हावा, असिना वा रूख ढलेर तपाईँको सम्पत्ति वा सुरक्षा खतरामा पारेको छ भने, न्यु साउथ वेल्स राज्य आपतकालिन सेवा (NSW SES) लाई १३२ ५०० (132 500) मा फोन गर्नुहोस्।
