SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्स बाढी सङ्कट: तपाईँले थाहा पाउनै पर्ने कुराहरू

न्यु साउथ वेल्समा ६०,००० भन्दा बढी मानिसहरू घर खाली गर्ने आदेश र चेतावनीहरूबाट प्रभावित भएका छन् भने मौसम विज्ञान ब्युरोले आगामी २४ देखि ४८ घण्टाका लागि कठिन अवस्थाको भविष्यवाणी गरेको छ।

A member of the public walks through floodwater after the Georges River burst its banks in Picnic Point south-west of Sydney, Tuesday, March 8, 2022.
A member of the public walks through floodwater after the Georges River burst its banks in Picnic Point south-west of Sydney, Tuesday, March 8, 2022. Source: AAP Image / Bianca De Marchi

2 min read

Published

Updated



Skip to article content

न्यु साउथ वेल्सले गम्भीर मौसमी अवस्थाको अनुभव गरिरहेको छ र विगत २४ घण्टामा निम्न क्षेत्रहरूमा बस्ने मानिसहरूलाई सुरक्षित स्थानमा जान आदेश जारी गरिएको छ:

  • ससेक्स इनलेट
  • केम्पसी
  • सेन्ट जोर्जेस बेसिन
  • क्याम्डेन
  • क्रोकी
  • पिकनिक पोइन्ट  
  • प्लेजर पोइन्ट
  • स्यान्डी पोइन्ट
  • वारविक फार्म
  • मूरब्याङ्क
  • मिलपेरा
  • लान्सभेल
  • हल्सवर्दी
  • जोर्जेस हल
  • चिपिङ
  • इस्ट हिल्स

म्यानली बाँध भरिएर पानी बाहिर निस्कन थालेको छ र त्यस वरपरका क्षेत्रहरूमा बस्ने मानिसहरूलाई सुरक्षित स्थान तर्फ जान आदेशहरू जारी हुन सक्नेछन्; अपडेटहरूको लागि कृपया राज्य आपत्कालीन सेवाको वेबसाइट हेर्नुहोस्।

घर डुबानमा परेका मानिसहरूका लागि हाल फ्रेसवाटर सर्फ लाइफ सेभिङ क्लब खुला गरिएको छ।


 

वर्षा जारी रहेको खण्डमा ती क्षेत्रहरू राज्यका अरू स्थानबाट अलग हुनेछन् भन्दै राज्य आपत्कालीन सेवा (एसइएस) ले मानिसहरूलाई सुरक्षित स्थान तर्फ जान निर्देशन दिएको छ।

घर नछोड्नेहरू बिजुली, पानी र अन्य आवश्यक सेवाहरू बिना नै फस्न सक्छन् र उद्धार गर्न उक्त स्थिति निकै खतरनाक हुन सक्छ।

मानिसहरूलाई बाढी प्रभावित क्षेत्रभन्दा बाहिर परिवार, साथीभाइ वा आवास सेवा प्रदायककहाँ गएर बस्न सिफारिस गरिएको छ। यदि त्यो सम्भव छैन भने, आपत्कालीन आवास केन्द्रहरू उपलब्ध गराइएका छन्।


यदि तपाईँले आफ्नो घर छोड्नु पर्ने अवस्था छ भने, राज्य आपत्कालीन सेवाद्वारा प्रदान गरिएको निम्न सल्लाहहरू प्रति ध्यान दिनुहोस्:

  • घरपालुवा जनावर, अत्यावश्यक वस्तुहरू, न्यानो लुगा, औषधि, बीमा कागजात र बहुमूल्य वस्तुहरू साथमा लैजानुहोस्।
  • अन्य व्यक्तिगत सम्पत्तिहरूलाई सुरक्षित/उच्च स्थानमा स्थानान्तरण गर्नुहोस्।
  • भिडभाड भएका सडकहरूबाट बच्न सकेसम्म चाँडो बाहिर निस्कनुहोस्।
  • लामो यात्राको समयको कारणले पिउने पानी र खाना लिनुहोस्।
  • यो जानकारी परिवार, साथीहरू र छिमेकीहरूसँग बाँड्नुहोस् र सम्भव भएसम्म अरूलाई मद्दत गर्नुहोस्।

सुरक्षित स्थानमा जाने आदेशबाट प्रभावित सिड्नी उपनगरहरूको अद्यावधिक गरिएको नक्सा यहाँ उपलब्ध छ:

  • सडक अवरुद्ध बारे तत्काल थाहा पाउन https://www.livetraffic.com/ जानुहोस् 
  • राज्य आपत्कालीन सेवाको वेबसाइट जानुहोस् NSW SES
यदि तपाईँ ज्यानै जाने जोखिमपूर्ण अवस्थामा हुनुहुन्छ भने तत्काल ००० (Triple Zero, 000) मा फोन गर्नुहोस्। यदि आँधी, हावा, असिना वा रूख ढलेर तपाईँको सम्पत्ति वा सुरक्षा खतरामा पारेको छ भने, न्यु साउथ वेल्स राज्य आपतकालिन सेवा (NSW SES) लाई १३२ ५०० (132 500) मा फोन गर्नुहोस्।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now