SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्सको बाढी अस्ट्रेलिया सरकारका लागि हालसम्मकै महँगो प्राकृतिक विपत्

यो, अस्ट्रेलियामा हाल जारी बाढी सङ्कट सम्बन्धी २४ नोभेम्बर, २०२२ को अपडेट हो।

ANTHONY ALBANESE NSW FLOODS
Australian Prime Minister Anthony Albanese meets a local resident in front of a flood-damaged business in Eugowra, in the Central West region of New South Wales, Tuesday, November 22, 2022. Source: AAP / MURRAY MCCLOSKEY/AAPIMAGE

3 min read

Published

Updated

By SBS

Presented by Krishna Pokhrel

Source: SBS



Skip to article content

न्यु साउथ वेल्समा आएको बाढीले सरकारलाई ठुलो आर्थिक हानि पुर्‍याउने भएको छ।

हालसम्म राज्यका बाढी प्रभावितहरूले ५.५ अर्ब डलर भन्दा बढीको सहायता भुक्तानी माग गरिसकेका छन्।

जसका कारण सरकारका लागि न्यु साउथ वेल्सको बाढी प्रकोप, प्राकृतिक विपतहरु मध्ये हालसम्मकै महँगो परेको बताइएको छ।

फोर्ब्स क्षेत्रका मेयर फिलिस मिलरका अनुसार सो क्षेत्रका कैयन मानिसहरूले बिमा कम्पनीहरूबाट अव उपरान्त उनीहरूको बिमा नवीकरण नहुने पत्र पाएका छन्।

“युगोरा लगायतका क्षेत्रमा परम्परागत बिमा प्रक्रियामा जान निकै मुस्किल भइसकेको छ,” इन्स्योरेन्स काउन्सिल अफ अस्ट्रेलियाका प्रमुख एन्ड्रु हलले बताए।

हलले सरकारसँगको सहकार्यमा गरिने बिमा योजनाहरू प्रभावित स्थानका मानिसका लागि उपलब्ध गराइनु पर्ने पनि बताएका छन्।

यता वकूल जङ्सन, बाउन्ड्री बेन्ड, इयुस्टनमा पानीको बहाव लगातार उच्च रहँदै आएको छ।

विल्कानिया र बुर्टीन्डीमा समेत पानीको बहाव उच्च रहने मौसम विभागको भनाई छ।

यता ब्रिवारीना, बर्क, लुथ, टिल्पा, वारेन,मन्डल, मुल्गावारिना, गङ्गोल्गन, जेमालङ्ग, हिल्स्टन, हेए, बाल्रनाल्ड र मौलामीएन क्षेत्रमा ठुलो खालको बाढी आएको छ।

मौसम विभागकी वरिष्ठ मौसमविद् मिरियम ब्राडबरीले मौलामीएन क्षेत्र 'डिसेम्बर महिनासम्मै आइसोलेट' हुन सक्ने बताइन्।

“यो बाढी उच्च तहमा पुगेर कम हुन समय लाग्ने भएकाले हप्तौँसम्म पनि यसको असर रहन सक्छ,” उनले भनिन्।

यता युबालोङ्ग क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई हिजो बुधवार सुरक्षित स्थानमा सर्नका लागि आग्रह गरिएको थियो।

कोन्डोबोलिन र डेरीवाङ्गमा बसोबास गर्ने मानिसहरू भने अवस्थालाई राम्ररी नियाल्दै फर्कन सक्ने अनुमति दिइएको छ।

यता एडेन कोस्ट क्षेत्रमा पनि तीव्र बतास चल्न सक्ने भन्दै चेतावनी जारी भएको छ।

मानिसहरूलाई माछा मार्न, पौडी वा बोटिङ्ग लगायतका कार्य नगर्न आग्रह गरिएको छ।

हन्टर कोस्ट, सिड्नी कोस्ट, एलावरा, बेटमेन्स कोस्ट र एडेन कोस्टका मानिसहरूलाई सो चेतावनी जारी भएको छ।

यता साउथ अस्ट्रेलियामा पनि मर्रे नदिमा उच्च बहाव आउन सक्ने भन्दै चेतावनी जारी भएको छ।

मानिसहरूको वासस्थानलाई सुरक्षित राख्नका लागि नदी किनारामा छेको बनाइएता पनि यसले सबै क्षेत्रमा भने काम गरेको छैन।

बाढी प्रभावितहरूका लागि पाँच करोड दश लाख डलर भन्दा बढीको सहयता प्याकेज घोषणा भएको छ।

यता भिक्टोरियाका सेन्ट्रल जिप्सल्यान्ड कोस्ट र इस्ट जिप्सल्यान्ड कोस्टमा ठुलो बतास चल्न सक्ने चेतावनी दिइएको छ।

मौसम विभागबाट पछिल्लो जानकारी पाउन यहाँ थिच्नुहोस्

राज्य आपत्कालिन सेवाहरूबाट पछिल्लो जानकारी लिन आफ्नो राज्यको नाममा थिच्नुहोस्ः

ज्यानै जाने खतरापूर्ण अवस्थामा हुनुहुन्छ भने ट्रिपल जिरोलाई ००० मा फोन गर्नुहोस्। आँधी, हुरी बतास, असिना वा ढलेको रूखबाट प्रभावित हुनुभएको छ भने न्यु साउथ वेल्स वा भिक्टोरियाली एसईएसलाई क्रमशः १३२ ५०० वा १८०० २२६ २२६ मा फोन गर्नुहोस्।

दोभासेको आवश्यकता पर्छ भने ट्रान्सलेटिङ एन्ड इन्टरप्रेटिङ सर्भिसलाई १३१ ४५० मा बिना कुनै शुल्क फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।

कान सुन्न गाह्रो छ वा सुन्ने शक्ति अति नै कम भएको छ अथवा बोलाई अस्पष्ट छ भने नेश्नल रिले सर्भिसलाई १८०० ५५५ ६७७ मा फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now