SKIP TO MAIN CONTENT

सिड्नी थन्डरका लागी ४ लाख बढीको सरकारी अनुदान घोषणा

न्यु साउथ वेल्स राज्य सरकारले सिड्नी थन्डर क्रिकेट क्लबका लागी ४ लाख बढीको अनुदान दिने घोषणा गरेको छ। लोकप्रिय खेल क्रिकेटको माध्यमबाट युवा वर्गलाई समुदायमा सहभागी गराउने उद्देश्यका साथ उक्त अनुदान दिने सरकारी निर्णय आएको हो।

NSW government announced more than 400 thousand dollars grant for Sydney Thunder
Source: sbs nepali

3 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

पश्चिम सिड्नीमा शुक्रवार आयोजित एक कार्यक्रमका बिच बहुसांस्कृतिक समाजमा समावेशिताको महत्त्व दर्साउँदै न्यु साउथ वेल्स राज्य सरकारका बहुसांस्कृतिक मन्त्री रे विलिएम्सले ४ लाख ५० हजार डलर अनुदान दिने घोषणा गरेका छन्।

मन्त्री विलिएम्सले सिड्नी थन्डरले बहुसांस्कृतिक समुदायलाई लक्षित गर्दै र क्लबमा विभिन्न पृष्ठभूमिका खेलाडीहरूलाई सहभागी गराउने प्रशंसनीय काम गरेको बताएका छन्।

उनले आफै पनि क्रिकेट खेलको प्रशंसक भएका कारण यस्ता खेलहरूले बहुसांस्कृतिक समाजमा सद्भाव र भाइचारा बढाउने धारणा व्यक्त गरेका छन्।

मन्त्री विलिएम्स मैदानमा प्रतिद्वन्द्वी भए पनि अस्ट्रेलिया र भारत लगायत अन्य राष्ट्रहरू बिच यो खेल प्रतिको मोह भने समान भएको बताउँछन्। साथै उनले मैदान बाहिर यसले एक अर्का प्रति सद्भाव र सम्मान बढाउने विश्वास व्यक्त गरेका छन्।

minister Ray williams with cricketer Belinda Vakarewa
minister Ray williams (right) with cricketer Belinda Vakarewa Source: sbs nepali

२०१७ को महिला विश्व कप क्रिकेटमा अस्ट्रेलियाको प्रतिनिधित्व गर्ने १५ जना खेलाडी मध्येकी एक बलर बेलिन्डा बकरेवाका लागी क्रिकेट खेल गर्मियाममा सौखका लागी खेल्ने खेल थियो।

बेलिन्डाले आफ्नो क्रिकेट प्रति लगाव बढ्दै जाँदा महिला क्रिकेट र समग्र क्रिकेट खेलको प्रवर्धनका लागी धेरै कामहरूको थालनी हुन थालेको अनुभव सुनाएकी छन्।

उनले आफ्नो खेलबाट प्रेरित भएर युवा वर्गले यो क्षेत्रमा आउने इच्छा राखे आफ्नो लागी त्यो अत्यन्त सुखद अनुभूति हुने बताइन।

सिड्नी थन्डर अन्तर्गत सामुदायिक क्रिकेटका क्षेत्रीय व्यवस्थापक क्रेग मक्लाएनले न्यु साउथ वेल्स सरकारको सामुदायिक क्रिकेटका लागी अनुदान दिने घोषणाले अन्य धेरै महिला पुरुषलाई क्रिकेट खेलका लागी प्रेरित गर्ने बिचार व्यक्त गरेका छन्।

यो थप अनुदानले सामुदायिक स्तरमा विद्यालयमा गएर त्यहाँका विद्यार्थीहरूलाई क्रिकेट खेलका फाइदाका बारेमा बुझाउन सहज हुने बताएका छन्।

Area Manager for community cricket in Sydney Thunder Craig McLean
Craig McLean: Area Manager for community cricket in Sydney Thunder talking to SBS Nepali Source: sbs nepali

थन्डर नेशन कप तथा थन्डर लिडरशिप जस्ता कार्यक्रमहरूले हाइस्कुलका विद्यार्थीहरूको क्रिकेटमा मात्र नभएर पढाइ, सामाजिक तथा व्यक्तित्व विकासका लागी नतिजा मूलक काम गर्दै आएकोमा यो अनुदान घोषणाले विद्यार्थीहरूको त्यस्ता कार्यक्रमहरूमा थप पहुँच पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

युवा पुस्तामा रग्बी, फुटबल लगायत अन्य खेलकुदहरूको लोकप्रियताको बिचमा क्रिकेट प्रति रुचि बढाउनु कत्तिको चुनौतीपूर्ण छ त भन्ने प्रश्नमा क्रेग मक्लाएन भन्छन्, "त्यो एकदमै चुनौतीपूर्ण हुन्छ अन्य खेलहरू भन्दा पनि उनीहरूलाई आइप्याड बाट टाढा राख्नु सबैभन्दा ठुलो चुनौती हो।

तर उनीहरू हुर्किँदै गर्दा बिग ब्यास लिग र महिला बिग ब्यास लिगका बारेमा सुन्दै आएको भएर यो खेल प्रति धेरै युवा वर्गको आकर्षण बढेको छ।"

बहुसंस्कृत समुदायलाई सिड्नी थन्डरमा सहभागी गराउन थन्डर नेशन कप र थन्डर लिडरशिप कार्यक्रमका साथै अहिले नयाँ शिराका साथ सुरु हुन लागिरहेको मोजाइक क्रिकेट एसोसिएसनले सामुदायिक नेतृत्व तहको सहभागिता गराउने छ।

क्रेग भन्छन् यो कार्यक्रमलाई लिएर नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का लगायतका समुदायबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ। 

भारतीय पृष्ठभूमिकी पल्लवी सिन्हा माथिल्लो सदनका लागी लिबरल पार्टीकी उम्मेदवार हुन्।

Pallavi Sinha:Liberal candidate for the NSW upper house
Liberal candidate for the NSW upper house Pallavi Sinha Source: sbs nepali

शुक्रवार आयोजित बहुसांस्कृतिक समुदायमा क्रिकेटको महत्त्व दर्साउने कार्यक्रम सहभागी पल्लवी सिन्हाले भिन्न पृष्ठभूमिका मानिसहरूको बसोबास रहेको समुदायमा समानता र समावेशिताका लागी बहुसंस्कृति मन्त्रीद्वारा घोषणा गरिएको अनुदानले ठुलो महत्त्व राख्ने बताएकी छन्।

क्रिकेट खेलमा रुचि भएका भारतीय र अन्य पृष्ठभूमिका मानिसहरूलाई एक ठाउँमा ल्याउने यो कदम स्वागत योग्य भएको उनले बताइन।

 

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now