न्यु साउथ वेल्समा नयाँ कोभिड लहरको सङ्केत

यो अस्ट्रेलियाको साप्ताहिक कोभिड-१९ अपडेट हो।

Shutdown Causes Chaos On Sydney Rail Network

Commuters wait for light rail service at Town Hall Station in Sydney. Credit: Roni Bintang/Getty Images

मुख्य विषयहरू:

  • अस्ट्रेलियामा सन् २०२२मा २० हजार मृत्यु दर्ता
  • अनुसन्धानका अनुसार नयाँ बाइभ्यालेन्ट खोपहरू पहिलेको एक भेरिएन्ट लक्षित खोपहरूभन्दा १.६ गुणा बढी प्रभावकारी
  • स्वास्थ्य तथा वृद्ध स्याहार विभागले वार्षिक इन्फ्लुएन्जा खोप अप्रिलबाट सुरु गर्ने

न्यु साउथ वेल्स स्वास्थ्य विभागले इमर्जेन्सीमा भर्ना हुन आउने कोभिड-१९ सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धि भएको बताएको छ।

विभागका अनुसार यो वृद्धि "सम्भवतः नयाँ लहर फैलिन सुरु भएको हुन सक्ने देखाएको छ।"

"धेरै भेरिएन्टहरूको मिश्रित प्रकार अहिले फैलिँदो छ। हामीले CH.1.1 र XBB का वंशाणुगत गुण बोकेका विशेष गरी XBB.1.5 बढिरहेको देखेका छौँ।"

न्यु साउथ वेल्सले स्वास्थ्य विभागको बिहीबारको पछिल्लो रिपोर्टमा उल्लेख गरिएको छ।

"यी सबभेरीएन्टहरूको उत्परिवर्तन वा म्युटेसनमा प्रतिरोधात्मक क्षमतालाई छल्ने वा फैलावट बढ्ने विशेषता रहेको छ।"

शुक्रवार, न्यु साउथ वेल्समा ७ हजार ८ सय ७१ नयाँ साप्ताहिक कोभिड मामिला देखियो जुन गत हप्ता ७ हजार १ सय ६३ रहेको थियो।

गत हप्ता ३ हजार १६ रहेकोमा यस हप्ता ३ हजार ३ सय १९ पुग्दै भिक्टोरियामा पनि साप्ताहिक मामिलाहरू केही वृद्धि देखिएको छ।

कोभिड महामारीको समयमा अस्ट्रेलियामा सन् २०२२ मा २० हजार भन्दा बढीको मृत्यु भएको दर्ता गरिएको छ। खोजकर्ताहरूले ती मृत्युहरूको प्रमुख कारणका रूपमा कोभिड-१९ महामारीलाई लिएका छन्।

कर्टिन युनिभर्सिटीको नयाँ अध्ययनले सिलिकन, सुन र तामाले कोरोनाभाइरसको स्पाइक प्रोटिनलाई नष्ट गर्ने देखाएको छ।

स्पाइक प्रोटिन कोरोनाभाइरसको बाहिरी तहमा रहेको हुन्छ जसले मानिसहरूको शरीरमा प्रवेश गर्न सहायता गर्दछ।

प्रमुख खोजकर्ता डा नदिम डार्विशका अनुसार यी धातुहरूलाई वायु शुद्धिकरणका लागि प्रयोग हुने एयर प्युरिफायरमा राखेर, बेञ्च, टेबल र भित्ताहरूमा वा पुछ्ने कपडाहरू तथा मास्कमा लेपन गरेर कोरोनाभाइरसलाई रोक्न सकिन्छ।

"यसरी कोरोनाभाइरसलाई रोक्दा हामीले अरू धेरै मानिसहरूमा सर्नबाट रोक्न सकिन्छ।"

युएनएसडब्लुको कर्बी इन्स्टिच्युटको अध्ययनले नयाँ बाइभ्यालेन्ट खोपहरू पहिलेको एक भेरिएन्ट लक्षित खोपहरूभन्दा १.६ गुणा बढी प्रभावकारी रहेको देखाएको छ।

स्वास्थ्य तथा वृद्ध स्याहार विभागले वार्षिक इन्फ्लुएन्जा खोप एप्रिलबाट लिनु पर्ने बताएको छ।

जुन देखि सेप्टेम्बरसम्म इन्फ्लुएन्जाको सङ्क्रमण उच्च बिन्दुमा पुग्ने भएकाले त्यसबाट सुरक्षित रहन एप्रिलबाट खोप लिन सुरु गर्नु पर्ने विभागको भनाइ आएको हो।

"इन्फ्लुएन्जा खोप कोभिड-१९ का कुनै पनि खोप लिएकै दिनमा पनि प्रदान गर्न सकिन्छ।"

विश्वव्यापी कोभिड-१९ मामिलाहरूमा ५८ प्रतिशतको गिरावट आएको छ।

साथै पछिल्ला २८ दिनमा मृत्यु हुनेहरूको सङ्ख्या ६५ प्रतिशतले घटेको विश्व स्वास्थ्य सङ्गठनको ८ मार्चमा प्रकाशित पछिल्लो रिपोर्टमा देखाइएको छ।

अमेरिका, जापान, चीन, जर्मनी र रुसमा सबैभन्दा धेरै कोभिड मामिलाहरू दर्ता भएका छन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार BA.5 का मामिलाहरू ५५.७ प्रतिशतबाट घटेर २७.२ प्रतिशत पुगेको छ।

तर सबभेरिएन्टका वंशजहरूबाट सङ्क्रमित हुनेहरूको दर २५.१ प्रतिशतबाट बढेर ४४.१ प्रतिशत पुगेका छन्।

WHO.JPG
Weekly global cases. Source: WHO Credit: Sahil Makkar

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागु क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

एसबीएस अस्ट्रेलियाका बहुसांस्कृतिक र बहु भाषिक समुदायहरूलाई सबै कोभिड-१९ अद्यावधिक जानकारी उपलब्ध गराउन प्रतिबद्ध छ। सुरक्षित रहनुहोस्, र आफ्नो भाषामा पछिल्लो समाचारका लागि एसबीएसको कोरोनाभाइरस पोर्टल

मा हर्नुहोस्।


Share

3 min read

Published

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now