SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्स: नियम उल्लङ्घन गर्ने १६७ जनालाई प्रहरीद्वारा जरिवाना

लकडाउनको तेस्रो हप्ता सुरु हुँदा राज्यमा ५० नयाँ कोभिड-१९ सङ्क्रमित पुष्टि भएका छन्।

NSW Deputy Commissioner Gary Worboys
NSW Deputy Commissioner Gary Worboys (R) Source: AAP/Joel Carrett / NSW Police Force (Facebook)

2 min read

Published

Updated

By SBS News

Presented by SBS Nepali

Source: SBS



Skip to article content

न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा पत्ता लागेका ५० नयाँ सामुदायिक सङ्क्रमण मध्य २६ जना समुदायमा सक्रिय रहेको बताइएको छ।

गत केही महिनामा यो अधिक सङ्ख्या रहेको र केसहरू अझै बढ्ने उनको अनुमान छ।

पत्ता लागेका सङ्क्रमित मध्य २३ जना पुराना सङ्क्रमितका नजिकी सम्पर्क रहेको, र १४ जना घरका सदस्य रहेका छन्। ग्रेटर सिड्नीका बासिन्दाहरूलाई आफ्ना साथी भाइ परिवार भेट्न नजान प्रिमियर ग्लाडिस बेरिजिक्लियनले जोर दिएकी छिन्।

पछिल्लो २४ घण्टामा नियम उल्लङ्घन गरेका १६७ जनालाई प्रहरीले चेतावनी दिएको छ।

त्यस्तै, केही मानिसहरूले कनट्याक्ट ट्रेसरहरूलाई सत्य जानकारी नदिएको पनि उनले बताइन्।

"कृपया हामीलाई सत्य कुरा भन्नुहोस्। मानिसहरूले कुरा लुकाउँदा समुदायमा अरू धेरै जना जोखिममा पर्छन्," उनले भनिन्।

हाल ४७ जना सङ्क्रमितहरू अस्पतालमा रहेको, र ती मध्य धेरै जना कम उमेरका मानिसहरू रहेका छन्।

शुक्रबार साँझ ५ बजेदेखि ग्रेटर सिड्नी भरका प्रतिबन्धहरू झनै कडा गरिएका छन्।

बाहिर व्यायाम गर्न केवल दुई जना सँगै जान पाउँछन्, र आफ्नो स्थानीय सरकारी क्षेत्रको १० किलोमिटर दुरी भित्र रहनु पर्छ। पसलहरूमा अनावश्यक रूपमा जान पनि मनाही छ।

अन्त्येष्टि समारोहहरूमा आइतबार देखि १० जना मात्रा भेला हुन पाउने छन्।

न्यु साउथ हेल्थले शुक्रबार घोषणा गरेको जोखिममा परेका स्थानहरूमा र्यान्डविक र हक्स्टन पार्क दुई वटा बनिङ्ग्सका स्टोर, र क्याम्पबेलटाउनका ६ वटा फर्निचर स्टोरहरू थपिएका छन्।

जोखिममा परेका स्थानहरूको पूर्ण सूची न्यु साउथ वेल्स हेल्थको वेबसाइटमा उपलब्ध छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now