सिड्नीमा कोरोनाभाईरसले थप १० संक्रमित, विक्टोरियामा आजदेखि नयाँ प्रतिबन्धहरु

सिड्नीमा कोरोनाभाईरसको संक्रमण फैलिएसँगै, न्यु साउथ वेल्स राज्यले नयाँ बर्षको पूर्व सन्ध्यामा आज बेलुकी गरिने पारिवारिक जमघट र रमाईलो नियमपूवक गर्न आग्रह गरेको छ।

Just a week before Christmas, state and territory leaders have rushed to impose new travel restrictions on travellers from Sydney's Northern Beaches.

NSW records 10 new local coronavirus cases as authorities flag new infection sites. Source: Getty Images AsiaPac

यहाँको राज्य सरकारले आज बिहान जारी गरेको पछिल्लो जानकारी अनुसार, थप १० जना कोरोनाभाईरसले सक्रमित भएका छन्। यसमध्ये, ५ जना एभालोनमा शुरु भएको संक्रमणसँग सम्बन्धित रहेका छन् भने अर्का तिन चाहि क्रोयडनमा फैलिएको संक्रमणसँग जोडिएका छन्।

बाँकी दुई मध्ये- १ जना राज्यको यातायातकर्मी सँग जोडिएको छ भने, अर्का एकको सम्बन्धमा भने थप अनुसन्धान भईरहेको छ।

यहाँको स्वस्थ्य मंत्रालयको अनुसार -गत २४ घण्टामा २८ हजारले कोभिड-१९ को परिक्षण गराएको थिए।

उक्त जानकारी दिने क्रममा, राज्यकी प्रिमियर ग्याडिस बेरेजेक्लिनले आम नागरिकहरुले सार्वजनिक यातायातमा जाँदा, वा कुनै भित्री वातावरणमा हुने कार्यक्रममा भाग लिदा – मास्क लगाउनु पर्ने पनि बताईन्।

हिजो बेलुकादेखि जारी गरिएको आदेश अनुसार, अब सिड्नी र वरपरको क्षेत्रका बासिन्दाहरुले मात्र ५ जनालाई घरभित्र भेटघाट गर्न पाउने छन्।

त्यसैगरी, नर्दन बीचेसको उत्तरी र दक्षिणी क्षेत्रका बासिन्दाहरूलाई जनवरी ९ तारिख सम्म घर भित्रै बस्न कडा आदेश दिइएको छ, तर आज बेलुकीको लागि भने आफ्नो घरमा बालबच्चा सहित पाँच जना सम्म भेला गर्न पाउने छन्। भेला हुने सबै जना आफ्नै क्षेत्रका बासिन्दा हुनु पर्छ। 

न्यु साउथ वेल्समा पछिल्ला समयमा सङ्क्रमितहरू भेटिएका स्थानहरू र वर्तमान प्रतिबन्धहरूका लागि न्यु साउथ वेल्स हेल्थको वेबसाइटमा जानुहोस्।

उता विक्टोरियामा, अहिले पाँच बजे पछि, कुनै भवनभित्र जम्मा हुँदा- १५ जना मात्र हुन पाउने स्वस्थ्य आदेश जारी गरेको छ। यसअघि, तीस जनासम्म सँगै जम्मा हुन पाउथे।

साथै, आफ्नो घर बाहेक अन्य ठाउँमा जमघट गर्दा मास्क अनिवार्य रुपमा लगाउने पर्ने त्यहाँ की कार्यवाहक प्रिमियर जसिन्टा एलेनले बताएकी छिन्।

विक्टोरियामा हाल फैलिएको संक्रमण न्यु साउथ वेल्ससँग जोडिएको छ। राज्यमा हाल ६ जना संक्रमित रहेका छन् भने, उनीहरुको सम्पर्कमा आएका ५२ जनाको बारेमा थप अनुसन्धान हुँदै गरेको त्यहाँका अधिकारीहरुले बताएका छन्।

उता दक्षीण अस्ट्रेलियाले आज मध्यरात देखि भोलिदेखि न्यु साउँ वेल्स राज्यसँगको सीमालाई बन्द गर्ने भएको छ। सिड्नी र वरपरको क्षेत्रमा बढ्दै गएको कोरोनाभाईरसको संक्रमणको कारण त्यहाँको सरकारले उक्त निर्णय लिएको बताएको छ।

तर राज्यसँग जोडिएको वेन्टवर्थ र ब्रोकन हिल लगायातका १०० किलोमिटर वरपरका बासिन्दाहरुलाई भने सहुलियत दिने पनि घोषना गरिएको छ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।


Share

2 min read

Published

Updated

By SBS News

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now