SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्समा ११२ जनामा सङ्क्रमण पुष्टि,फेयर फिल्ड क्षेत्रमा भाइरस तीव्र रूपमा फैलँदै

राज्यमा एक सय १२ जनामा सङ्क्रमण पुष्टि हुँदा सङ्क्रमण अवधिमा समुदायमा रहने मानिसहरूको सङ्ख्यालाई शुन्यमा झार्नु आवश्यक हुने प्रिमीयरले बताएकी छन् ।

NSW Premier Gladys Berejiklian
NSW Premier Gladys Berejiklian Source: AAP

2 min read

Published

Updated

By SBS News

Presented by SBS Nepali

Source: SBS



Skip to article content

न्यु साउथ वेल्समा आज १ सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सोमबारको भाइरस ब्रिफिङका क्रममा न्यु साउथ वेल्सकी प्रिमीयर ग्लेडिज बेरीजिक्लीयनले दक्षिण पश्चिमी सिड्नीको फेयर फिल्ड,क्यान्टरबेरी-ब्यान्क्सटाउन र लिभरपुल स्थानीय क्षेत्रहरू भाइरस सङ्क्रमणको केन्द्र बनेको बताइन् ।

पुष्टि भएका मध्ये कम्तिमा पनि ३४ जना सङ्क्रमण अवधिमा समुदाय सँग घुलमिल गरेको प्रिमीयरले बताएकी छन् ।

राज्यमा आज विदेशबाट आएका अन्य चार व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ ।

हाल अस्पतालमा ६३ जना मानिस कोभिड–१९ बाट सङ्क्रमित उपचार गराइरहेका छन् ।

उपचार गराइरहेका मध्ये १८ जना सघन उपचार कक्षमा र चार जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

“म आज पनि पुन: त्यही कुरामा जोड दिन चाहन्छु,यदि तपाईँले आफूलाई जोखिममा राख्नु भयो भने तपाईँले आफ्नो पुरै परिवारलाई जोखिममा राख्नु हुनेछ, यसको मतलब विस्तारित परिवार र तपाईँका नजिकका साथीहरू पनि जोखिममा छन् ,” उनले भनिन् ।

उक्त क्षेत्रका अत्यावश्यक क्षेत्रमा काम गर्ने पेसाकर्मीलाई घरमै बस्न सल्लाह दिएकी छन् ।

उनले कोभिड–१९ को लक्षण देखिए औषधि पसल वा मेडिकल सेन्टरमा नगई,जाँच गर्न जान र आइसोलेसनमा बस्न पनि आदेश दिएकी छन् ।

“अत्यावश्यक क्षेत्रमा काम गर्ने कतिपय मानिसहरू लक्षणहरूका साथ काममा गएर भाइरस फैलाउदैछन्,यो बन्द हुनु जरुरी छ, यदि तपाई बिशेषगरि यी क्षेत्रबाट हुनुहुन्छ र लक्षण छन् भने घर नछाड्नुहोस् ” उनले भनिन् ।

प्रिमीयरले खोप कार्यक्रमको बिस्तारका बारेमा पनि  बताएकी छन् ।

४० वर्ष माथिका मानिसले चाडै नै राज्यभरका औषधि पसल र खोप केन्द्र्रबाट खोप लगाउन पाउने उनले  बताइन् ।

आइतबार राज्यमा कोभिड–१९ बाट सङ्क्रमित एक महिलाको मृत्यु सँगै ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

आइतबारको ब्रिफिङका क्रममा सोमबार एक सय भन्दा बढी सङ्क्रमित देखिने र त्यसो नभए आफू 'अचम्मित' पर्ने प्रिमीयर बेरीजिक्लीयनले बताएकी थिइन् ।

यता न्यु साउथ वेल्सका स्वास्थ्य मन्त्री ब्राड हाजार्डले भाइरसले सिड्नीको पश्चिमी क्षेत्र फेयर फिल्ड मुख्य केन्द्र बनाएको बताएका छन् ।

“फेयर फिल्डका समुदायलाई मेरो कडा सन्देश छ कि भाइरसले तपाई र तपाईँका साथीभाइलाई लक्षित गरिरहेको छ,पारिवारिक सदस्य मार्फत परिवारका अन्य सदस्यलाई भाइरस सरीरहेको छ ”उनले भने ।

“कृपया अहिल्यै सचेत हुनुहोस्,विशेष गरी फेयर फिल्ड भाइरसको लक्षित स्थान बनिरहेको छ । ”

यता भिक्टोरीयमा भने आज कोभिड–१९ को सामुदायिक सङ्क्रमणका कुनै पनि मामला फेला परेका छैनन् ।

विगत १२ दिन देखि भिक्टोरिया सामुदायिक संक्रमणमुत्त रहन सफल भएको छ ।

क्विन्सल्याण्डमा पनि आज कुनै पनि केस फेला नपरेको प्रिमीयर एनेसथेसिया पालासेले जानकारी दिइन् ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now