Breaking

рд╕рдЩреНрдШреАрдп рддрдерд╛ рдиреНрдпреБ рд╕рд╛рдЙрде рд╡реЗрд▓реНрд╕ рд╕рд░рдХрд╛рд░рджреНрд╡рд╛рд░рд╛ рд╕рдВрдпреБрдХреНрдд рд░реБрдкрдорд╛ рдХреЛрднрд┐рдб-резреп рд░рд╛рд╣рдд рдкреНрдпрд╛рдХреЗрдЬрдХреЛ рдШреЛрд╖рдгрд╛

рдЕрдкрдбреЗрдЯ: рдмреГрд╣рддреН рд╕рд┐рдбреНрдиреАрдорд╛ рд▓рд╛рдЧреВ рд▓рдХрдбрд╛рдЙрдирдХреЛ рдкреНрд░рднрд╛рд╡ рдкрд░реЗрдХрд╛ рд╡реНрдпрдХреНрддрд┐ рддрдерд╛ рд╡реНрдпрд╡рд╕рд╛рдпрд╣рд░реВрдХрд╛ рд▓рд╛рдЧрд┐ рд╕рдЩреНрдШреАрдп рд╕рд░рдХрд╛рд░ рд░ рдиреНрдпреБ рд╕рд╛рдЙрде рд╡реЗрд▓реНрд╕ рд╕рд░рдХрд╛рд░рд▓реЗ рдПрдХ рд╕рдВрдпреБрдХреНрдд рдЖрд░реНрдерд┐рдХ рд╕рд╣рдпреЛрдЧ рдпреЛрдЬрдирд╛рдХреЛ рдШреЛрд╖рдгрд╛ рдЧрд░реЗрдХреЛ рдЫред

рд╕рд┐рдбреНрдиреАрдХреЛ рдмрд┐рдЧреНрд░рдБрджреИ рдЧрдЗрд░рд╣реЗрдХреЛ рдХреЛрд░реЛрдирд╛рднрд╛рдЗрд░рд╕ рдкреНрд░рдХреЛрдкрдХреЛ рдмреЗрд▓рд╛ рдПрдирдПрд╕рдбрдмреНрд▓реНрдпреВ рдмреНрдпрд╛рдкрд╛рд░рдХреЛ рд╕рдВрдШрд░реНрд╖рдорд╛ рд░рд╣рди рд╕рд╣рдпреЛрдЧ рдкреБрд░реНтАНрдпрд╛рдЙрдиреЗ рд╕рд╣рдпреЛрдЧ рдкреНрдпрд╛рдХреЗрдЬрдХреЛ рдЕрдирд╛рд╡рд░рдг рдЧрд░рд┐рдПрдХреЛ рдЫред

рдкреНрд░рдзрд╛рдирдордиреНрддреНрд░реА рд╕реНрдХрдЯ рдореЛрд░рд┐рд╕рди рд░ рдиреНрдпреБ рд╕рд╛рдЙрде рд╡реЗрд▓реНрд╕ рдкреНрд░рд┐рдорд┐рдпрд░ рдЧреНрд▓рд╛рдбрд┐рд╕ рдмреЗрд░рд┐рдЬрд┐рдХреНрд▓рд┐рдпрди рд╕рд┐рдбреНрдиреА рд╕реНрдерд┐рдд рдХрд┐рд░рд┐рдмрд┐рд▓реА рд╣рд╛рдЙрд╕рдорд╛ рдХреЛрднрд┐рдб-резреп рд╕рдореНрдмрдиреНрдзрд┐ рдПрдХ рд░рд╛рд╣рдд рдкреНрдпрд╛рдХреЗрдЬ рдмрд╛рд░реЗ рдордЩреНрдЧрд▓рд╡рд╛рд░ рдмреЛрд▓реНрджреИред Source: AAP

उक्त घोषणा अनुसार साबिकको कोभिड-१९ सङ्कट भुक्तानी रकम लकडाउनको चौथो हप्तादेखि बढ्ने छ।

एक हप्तामा २० घण्टा बढी समयको रोजगारी गुमाएका मानिसहरूले ६०० डलर र आठदेखि २० घण्टा भन्दा कम काम गुमाएकाहरूले ३७५ डलर प्राप्त गर्नेछन्।

त्यस्तै वार्षिक रूपमा ७५,००० देखि ५ करोड आम्दानी हुने व्यवसायहरूले आफ्नो आयमा ३० प्रतिशत कमी आएको देखाएमा, प्रत्येक हप्ता १०,००० डलरसम्म सरकारी सहयोग वापतको भुक्तानी पाउन सक्ने छन्।

व्यवसायहरूले उक्त भुक्तानी पाउनको लागि आफ्ना फुल टाइम, पार्ट टाइम र लामो समयसम्म क्याजुअल कामदारका रूपमा कार्यरत कर्मचारीहरूलाई काम दिन जारी नै राख्नुपर्ने, प्रधान मन्त्री स्कट मोरिसनको भनाई छ।

त्यस्तै, मानसिक स्वास्थ्य सेवाहरू माथि बढ्दो दबाबका कारण एक करोड डलर भदा बढी रकम प्रदान गरिने छ।
यस अघि, न्यु साउथ वेल्समा सोमबार बेलुकी आठ बजेसम्मको गणना अवधिसम्ममा स्थानीय समुदायका ८९ जनामा कोभिड-१९ सङ्क्रमणका साथै एक ७० वर्षभन्दा माथिका पुरुषको कोरोनाभाइरसका कारण मृत्यु भएको पुष्टि गरिएको थियो।

मङ्गलवार बिहान सिड्नीमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै न्यु साउथ वेल्स प्रिमियर ग्लाडिस बेरिजिक्लियन तथा राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी चान्टले ती आँकडाहरू सार्वजनिक गरेका हुन्।

ती ८९ मध्ये २१ जना कुनै किसिमको आइसोलेसन वा क्वारेन्टिनमा नरहेको पनि प्रिमियर बेरिजिक्लियनको भनाई छ।

उनी भन्छिन् कि सङ्क्रमित मानिसहरू समुदायमा घुलमिल हुने क्रम बन्द हुनु एकदमै जरुरी भइसकेको छ।

"उक्त नम्बर जति सक्दो शून्य नजिक पुग्नु अत्यन्त आवश्यक छ," ग्लाडिस बेरिजिक्लियनले भनिन।

कामका लागि घर बाहिर जाने मानिसहरू पनि ठुलो चिन्ताको विषयको रहेको उनले उल्लेख गरेकी छिन्।

प्रिमियरले राज्यवासीहरूलाई आग्रह गर्दै भनिन् कि कामका लागि घरबाट निस्कनै पर्ने मानिसहरूले प्रत्येक तीन-तीन दिनमा आफ्नो कोभिड-१९ परीक्षण गराउने प्रयत्न गर्नै पर्छ।
उनले फेयरफिल्डका मानिसहरूलाई यसबारेमा विशेष रूपमा चनाखो रहन पनि भनेकी छिन्।

डा चान्टले राज्यमा कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसहरूको सङ्ख्या कुल ५८ पुगेको बताएकी छिन्।

उनका अनुसार सोमवार बेलुकीसम्मको २४ घन्टे गणना अवधिभित्र एक ७० वर्ष कटेका पुरुषको कोभिड-१९ का कारण मृत्यु भएको पुष्टि गर्दै राज्यमा झन्डै ६० जनाले उक्त रोगबाट ग्रस्त भएर मृत्युवरण गरिसकेको बताएकी हुन्।

केरी चान्टले ती पुरुषको परिवारमाथि सहानुभूति पनि प्रकट गरेकी छिन्।
NSW recorded 112 new locally acquired cases of COVID-19 in the 24 hours to 8pm last night. (AAP Image/Mick Tsikas) NO ARCHIVING
NSW Chief Health Officer Dr Kerry Chant at a press conference to provide a COVID-19 update in Sydney, Tuesday, July 13, 2021. Source: AAP
बुधवार घोषणा गरिएको सङ्क्रमितहरू अधिकांश रूपमा पहिले नै सङ्क्रमण पुष्टि भएका मानिसहरूको घरमा बस्ने अन्य सदस्यहरू रहेको पनि प्रिमियरले बताएकी छिन्।

उनी भन्छिन् कि मानिसहरू घरबाट बाहिर निस्केर जाँदा भाइरस बोकेर फर्किने जोखिम हुन्छ।

र डा चान्ट भन्छिन् कि त्यसरी घर भित्र पसेको भाइरस उक्त आवासमा रहेका अन्य मानिससम्म पुग्न धेरै समय लाग्दैन।

उता, राज्य प्रहरीले कोरोनाभाइरस प्रतिबन्ध सम्बन्धी नियमहरूको पालना नगरेको भन्दै १२१ जरिवाना पुर्जी काटेको बताएको छ।
न्यु साउथ वेल्स प्रहरीका डेपुटी कमिस्नर ग्यारी वर्बोइज भन्छन् कि ती मध्ये ३४ पत्र दक्षिण-पश्चिम सिड्नीमा जारी गरिएको थियो।

उनका अनुसार बाँकी पुर्जी बृहत् सिड्नी क्षेत्रका अन्य भूभाग तथा रिजनल न्यु साउथ वेल्समा नियम भङ्ग गर्ने मानिसहरूलाई थमाइएको थियो।

"हामी जोड दिएर भन्न चाहन्छौं कि न्यु साउथ वेल्स प्रहरीले सार्वजनिक स्वास्थ्य सम्बन्धी आदेशहरू पालना गराउन कटिबद्ध भएर लाग्ने छ।"



Share

Published

Updated


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
рд╕рдЩреНрдШреАрдп рддрдерд╛ рдиреНрдпреБ рд╕рд╛рдЙрде рд╡реЗрд▓реНрд╕ рд╕рд░рдХрд╛рд░рджреНрд╡рд╛рд░рд╛ рд╕рдВрдпреБрдХреНрдд рд░реБрдкрдорд╛ рдХреЛрднрд┐рдб-резреп рд░рд╛рд╣рдд рдкреНрдпрд╛рдХреЗрдЬрдХреЛ рдШреЛрд╖рдгрд╛ | SBS Nepali