न्यु साउथ वेल्समा ९७ सङ्क्रमित थपिए, भिक्टोरियामा पनि सङ्क्रमण बढ्यो

बोन्डाइबाट जुन १६ सुरु भएको प्रकोपमा हाल सम्म एक हजार भन्दा बढी मानिसमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।

NSW Premier Gladys Berejiklian watches on during a press conference in Sydney, Friday, July 16, 2021.(AAP Image/Dan Himbrechts) NO ARCHIVING

NSW Başbakanı Gladys Berejiklian. Source: AAP

न्यु साउथ वेल्स राज्यमा बिहीबार राति ८ बजे सम्मको गणना अवधिमा ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

फेला परेका नयाँ सङ्क्रमित मध्ये २९ जना सङ्क्रमण अवधिमा समुदायमा घुलमिल गरेको बताइएको छ ।

राज्यकी प्रिमीयर ग्लाडिस बेरिजिक्लियनले सङ्क्रमणको अवधिमा आइसोलेसन नबसेका घटना ज्यादा हुँदा सङ्क्रमित सङ्ख्या थपिएको बताइन् ।

“समुदायमा रहँदा सङ्क्रमित भएका मानिसहरूको सङ्ख्या बढिरहेको छ,” उनले शुक्रवारको कोरोना ब्रिफिङका क्रममा भनिन् ।

फेला परेका मध्ये ६७ मामिला दक्षिण-पश्चिम सिड्नीमा रहेका छन् ।
अधिकांस सङ्क्रमितहरू एकै घरका परिवार वा पहिले फेला परेका सङ्क्रमित निकट रहेका मानिस भएको भएता पनि सम्बन्ध पुष्टि नभएका ३४ केशका बारेमा भने अधिकारीहरू चिन्तित बनेका छन् ।

न्यु साउथ वेल्स राज्यकी प्रमुख स्वास्थ्य अधिकारी केरी चान्टले राज्यका अन्य क्षेत्रमा मानिसहरू पनि उच्च सतर्कतामा रहनु पर्ने बताइन् ।

“आज हटस्पट तोकिएका स्थान मात्र भनेर हुँदैन यो अर्को हप्ता फरक पनि हुनसक्छ,त्यसैले प्रत्येक चोटि तपाई घर बाट बाहिर निस्कँदा विशेष गरी यो सप्ताहान्नमा याद गर्नुहोस् कि तपाई जसको सम्पर्कमा आउनु हुन्छ उक्त व्यक्तिमा कोभिड–१९ हुनसक्छ,” उनले भनिन् ।
हाल राज्यमा ७५ जनाले विभिन्न अस्पतालमा कोरोनाका उपचार गराइरहेका छन् ।

ती मध्ये १८ जनाको सघन उपचार कक्ष र पाँच जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

गत २४ घण्टामा घर बस्ने आदेश पालना नगर्ने १ सय ६४ जनालाई जरिवाना लगाइएको छ भने २ सय जनालाई नसिहतमा छाडिएको छ ।

भिक्टोरिया सहयोग प्याकेज

प्रधानमन्त्री र भिक्टोरियाका प्रिमीयर ड्यानिएल एन्ड्रुज बीचको छलफल पछि लकडाउनका क्रममा समस्याग्रस्त व्यवसाय एवम् काम गुमाएका मानिसहरूलाई सङ्घीय प्रकोप भुक्तानी कोष मार्फत सहयोग उपलब्ध हुने बताइएको छ ।

प्रधानमन्त्री मोरीसनले सार्वजनिक गरेको  वक्तव्यमा सङ्घीय सरकारका मुख्य स्वास्थ्य अधिकारीले हटस्पट भनी घोषणा गरिएका र राज्यले लकडाउन गरेका स्थानका मानिस एवम् व्यवसायहरूलाई आर्थिक सहयोग उपलब्ध गराउने बताइएको छ ।

८ देखि २० घण्टा भन्दा काम गुमाएका मानिसलाई ३ सय ७५ र २० घण्टा भन्दा माथि काम गुमाएकालाई ६ सय डलर उपलब्ध गराइने बताइएको छ ।

लकडाउन लम्बिएको खण्डमा अन्य सहयोगका बारेमा छलफल गरिने पनि बताइएको छ ।
यसैबिच भिक्टोरियामा आज थप ६ जनामा सामुदायिक सङ्क्रमण पुष्टि भएको छ । 

फेला परेका सबै मामिला यस अघि पुष्टि भएका सङ्क्रमितसँग जोडिएको बताइएको हो।

६० लाख भिक्टोरियावासी शुक्रवार देखि पाचौं पटक लकडाउनमा बस्न बाध्य भएका छन् ।

यस पटकको लकडाउन छोटो हुने आशा गरिएको भएतापनि  ५ दिनका लागि मात्रै हुने भनेर ग्यारेन्टी भने गर्न नसकिने प्रिमीयर एन्ड्रुजले बताएका छन् ।

Share

Published

Updated

By SBS News
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand