सिड्नी सहरलाई कोरोनाभाइरस हटस्पट घोषित - राज्यमा थप तीन सङ्क्रमण मात्र पुष्टि

न्यु साउथ वेल्समा एक महिना भन्दा बढी समय पछि पहिलो पटक गत २४ घण्टा भित्र खालि तीन नयाँ सङ्क्रमण मात्र पुष्टि भएका हुन्।

A woman wearing a face mask as a preventative measure against coronavirus COVID-19 walks in front of the Sydney Harbour Bridge in Sydney.

A woman wearing a face mask as a preventative measure against coronavirus COVID-19 walks in front of the Sydney Harbour Bridge in Sydney. Source: AAP

न्यु साउथ वेल्स स्वास्थ्य बिभाग द्वारा सिटी अफ सिड्नी काउन्सिल अन्तर्गत पर्ने स्थानहरुलाई कोरोनाभाइरस सङ्क्रमण को हटस्पट घोषित गरिएको छ।

सहरको पूर्वी भागमा कोभिड उन्डाइसको सङ्क्रमण अझै बाहिर नआएको हुनसक्ने चिन्ताका माँझ अधिकारीहरु द्वारा उक्त कदम चालिएको हो।

सोमवारको उक्त घोषणाका साथ् सिड्नी सहरको मध्य व्यापारिक क्षेत्र (सीबीडी) र सर्कुलर की लगायतका स्थानमा बस्ने २ लाख ४० हजार स्थानीय निवासीहरुले रुघा-खोकी लगायतका लक्षणको अनुभव गरे कोरोनाभाइरसका लागि परिक्षण गराउन जरुरी रहेको अधिकारीहरुको भनाइ छ।

साथै गत दुई हप्तामा सिड्नी सहर गएकाहरुले पनि अस्वस्थ महसूस गरे, तुरुन्तै जांच गराउनुपर्ने सल्लाह पनि न्यु साउथ वेल्स हेल्थ द्वारा दिइएको छ।

न्यु साउथ वेल्स सरकार द्वारा यस अघिनै क्याम्पबेलटाउन, क्यान्टरबरी ब्याङ्क्सटाउन, कम्बरल्याण्ड, फेयरफिल्ड, लिभरपूल र प्यारामाटालाई कोरोनाभाइरस हटस्पट घोषित गरिएको छ।

गत चौबीस घण्टाको सङ्क्रमण दर

यसैक्रममा, सोमवार राति आठ बजे सम्मको चौबीस घण्टा भित्र राज्य भर खालि थप तीन जनामा मात्र कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

एक महिना भन्दा बढी समय पछि पहिलो पटक नयाँ सङ्क्रमण संख्या यति कम रहेको अधिकारीहरुको भनाइ छ।

न्यु साउथ वेल्सका उप-प्रमुख स्वास्थ्य अधिकारी डाक्टर जेरिमी मकनल्टी भन्छन कि पुष्टि भएका पछिल्ला सङ्क्रमणमा दुई जना दक्षिण पश्चिमी सिड्नीका स्थानीय निवासी रहेको एक जना चाहिं हाल होटेल क्वारेन्टिनमा रहेका व्यक्ति हुन्।

तर कम्तिमा एक सङ्क्रमणमा चाहिं श्रोत पुष्टि हुननसकेको बारे चाहिं आफुहरु चिन्तित रहेको पनि स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

यसले समुदायमा भाइरसको सङ्क्रमण जारी रहेता पनि त्यस्तो पुष्टि हुननसकेको अवस्था रहेको हुनसक्ने संकेत दिएको उनीहरु बताउछन्।

राज्य कि प्रिमियर ग्लाडिस बेरेजिक्लियनले पनि श्रोत नखुलेका कोभिड उन्डाइसका सामुदायिक सङ्क्रमण एउटा ठुलो चिन्ताको विषय भएको बताएकीछन्।

"मेलबर्नमा सुरु भएको पछिल्लो संकट, भाइरस पुष्टि भएका मानिसहरुको संख्याका कारण नभई, अधिकारीहरुको जानकारीमा नआएका सामुदायिक सङ्क्रमणका कारण भएको हो," उनले भनिन्।

साथै बुधवार देखि राज्यका सरकारी स्कूलहरुमा कोरोनाभाइरस फैलन नदिन भन्दै, सामुहिक रूपमा विद्यार्थीहरु भेला हुने सम्पूर्ण सामाजिक कार्यक्रमहरु पनि बन्द गरिने छ।

जस अन्तर्गत स्कूल फर्मलहरु देखि, दिक्षान्त समारोह, सामुहिक नाच-गान र अन्य कार्यक्रमहरु पनि बन्द गरिनेछन्।

NSW Premier Gladys Berejiklian.
NSW Premier Gladys Berejiklian says she's "anxious" about the spread of coronavirus in the community. Source: AAP

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्: 

88df8a89-2c04-41a7-baa8-58337fe4219c


Share

3 min read

Published

By SBS Nepali

Source: SBS News




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now