क्वारीनटीन होटेलमा काम गर्ने एक कर्मचारीमा कोरोना पुष्टि

करिब २० दिन सम्म कुनै पनि सामुदायिक सङ्क्रमणको केश फेला नपरेको न्यू साउथ वेल्स राज्यमा बिहीबार क्विरीटिन होटेलमा काम गर्ने एक महिला कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

NSW Health Minister Brad Hazzard at a NSW Health briefing.

NSW Health Minister Brad Hazzard at a NSW Health briefing. Source: AAP

न्यू साउथ वेल्सका स्वास्थ्य मन्त्री ब्राड हार्जाडले प्रहरीको क्वारेनटिन होटेल सहित अर्को एक होटेलमा काम गर्ने महिला कर्मचारीको कोरोना सङ्क्रमण भएको पुष्टि गरेका छन् । 

 

च्यानल सेभेनको सनराईज कार्यक्रममा बोल्दै उनले भने “केही समय अझै कोरोना उतारचढावका बिच रहनेछ ।” 

 

“तर सङ्क्रमितका परिवारका अन्य पाँच सदस्यमा भने कोरोनाको नतिजा नकारात्मक आएको छ,जुन सुखद छ” उनले बताए ।

 

सङ्क्रमित महीलाले डार्लिङ हार्बर मा रहेको नोभाटोल होटेलमा २८ देखि ३० नोभेम्बर सम्म काम गरेकी थिइन् भने डार्लिङ हार्बरकै एक अर्को होटेल आई बि आई एसमा पनि २७ नोभेम्बरका दिन काम गरेकी थिइन् ।

उक्त समयमा काम गरेका कर्मचारीहरूलाई आफूमा कोरोनाको सङ्केतका बारेमा सचेत रहन र जाँच गराउन अनुरोध गरिएको छ ।

 

“ट्रयाकिङ र ट्रेसिङका काम राम्रो सँग भएको छ।” उनले भने ।

 

“न्यू साउथ वेल्सले खुला नीति लिएको छ, जनस्वास्थ्यको उत्कृष्ट टिम छ जसले यस विषयलाई निकै राम्रो ढङ्गले व्यवस्थापन गर्नेछ ।” स्वास्थ्य मन्त्रीले बताए ।

 

कोरोनाको नयाँ संक्मण भेटिए सँगै यस अघि सोमबार प्रतिबन्ध केही खुकुलो हुने भनिएकोमा यस प्रति हार्जाडले शङ्का व्यक्त गरे ।

 

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् । न्यू साउथ वेल्स,भिक्टोरिया,क्विन्ल्यिाण्ड,वेस्र्टन अस्ट्रेलिया,नदर्न टेरीटरी,एसीटी,तास्मेनिया ।

 


2 min read

Published

Updated

By SBS News

Presented by SBS Nepali

Source: SBS News




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now