SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्समा तिन नयाँ सङ्क्रमण, नदर्न बीचेसको लकडाउन अन्त्य

न्यु साउथ वेल्समा आज तिन नयाँ स्थानीय सङ्क्रमणका मामला फेला परेका छन् । नदर्न बीचेस अन्तर्गत नाराविन ब्रिज क्षेत्रमा लकडाउन समाप्त भएकै दिन राज्यमा तिन नयाँ सङ्क्रमण देखिएको हो ।

雪梨污水處理廠測試發現新冠殘餘物,當局呼籲民眾接受檢測。
雪梨污水處理廠測試發現新冠殘餘物,當局呼籲民眾接受檢測。 Source: AAP

2 min read

Published

Updated

By SBS News

Presented by Krishna Pokhrel

Source: SBS



Skip to article content

फेला परेका तिन मध्ये दुई मामला बेरेलाको पछिल्लो सङ्क्रमण सँग जोडिएको बताइएको छ ।

बाकि रहेको एक मामला भने एभलोन प्रकोप सँग जोडिएको छ ।

सिड्नीको नदर्न बीचेस अन्तर्गत नाराविन ब्रिज क्षेत्रमा लकडाउन अन्त्य भएकै दिन सामुदायिक सङ्क्रमणका मामला फेला परेका हुन् ।

क्रिसमस अघि देखि घरमै बस्नु पर्ने स्वास्थ्य आदेशको आज अन्त्य भएको हो । 

गएको २४ घण्टामा २३ हजार ७ सय ३६ जनामा परीक्षण भएकोमा तिन सङ्क्रमण फेला परेको अधिकारीहरूले बताएका छन् ।

न्यु साउथ वेल्सकी प्रिमीयर ग्लेडिज बेरीजेक्लीयनले  जनताले  जाँच गर्नमा देखाएको तत्परताको प्रशंसा गरेकी छन् ।

यद्यपि सर्तक रहन जरुरी रहेको उनको भनाई रहेको  छ । 

प्रिमीयरले नदर्न सिड्नीका जनताले सरकारको स्वास्थ्य आदेशलाई पूर्ण पालन गरी साथ दिएकोमा धन्यवाद पनि दिइन् । 

“विगत चार हप्ता नदर्न बीचेस क्षेत्र विशेष गरी उत्तरी खण्डका मानिसहरूले देखाएको सदाशयताको सराहना गदछौ ।” उनले भनिन् ।

राज्यकी मुख्य स्वास्थ्य अधिकारी केरी च्यान्टले आगामी १४ दिन कोरोनाको जाँचलाई अधिकतम राख्नु महत्त्वपूर्ण रहेको बताइन् ।

“आगामी १४ दिन र त्यसपछि पनि परीक्षणको दरलाई उच्च बिन्दुमा राख्नु जरुरी रहेको छ । ” उनले भनिन् ।

यता ग्रेटर ब्रिसबेन क्षेत्र तिन दिने लकडाउनको दोस्रो दिनमा रहँदा आज त्यहाँ कोरोनाका कुनै नयाँ सङ्क्रमण फेला परेका छैनन् । 

१ सय ४७ जना सङ्क्रमित निकट रहेका मानिसहरू फेला परेका छन् ।

ती मध्ये १ सय १२ जनाको जाँच भएकोमा उनीहरूको रिर्पोट नकारात्मक आएको छ ।

यता भिक्टोरियामा लगातार चौथो दिन पनि सामुदायिक सङ्क्रमणको मामला शून्य देखिएको छ ।

विदेशबाट आएर होटेल क्वारीनटीनमा रहेका ६ व्यक्तिमा भने कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

 

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् - न्यू साउथ वेल्स, भिक्टोरिया, क्वीनस्ल्याण्ड, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरीटरी, एसीटी, तास्मेनिया।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now