अर्थतन्त्रलाई उकास्न न्यु साउथ वेल्सका प्रत्येक वयस्कलाई १०० डलरको भाउचर प्रदान गरिने

२५ डलरको कुल चार ओटा भाउचर आगामी वर्ष देखि वितरण गर्ने योजना राज्य सरकारको रहेको छ।

A file photo of people dining at Sydney's Circular Quay.

A file photo of people dining at Sydney's Circular Quay. Source: AAP

न्यु साउथ वेल्सका रेस्टुरेन्ट, क्याफे र मनोरंजन स्थलहरुमा प्रयोग गर्न राज्यका प्रत्येक वयस्कले १०० डलर सम्मको नि:शुल्क भाउचर पाउने भएका छन्।

कोरोनाभाइरसका कारण प्रभावित रहेको राज्यको अर्थतन्त्रलाई उकास्न भन्दै ५०० मिलियन डलरको लागतमा उक्त भाउचर प्रदान गर्ने योजना बेरेजिक्लियन सरकारले बनाएको हो।

ट्रेजरर डोमिनिक पेरोटेटले आज सार्वजनिक गर्न लागेका सन् २०२०/२१ को आर्थिक बजेटमा भाउचर वितरणको लागि चाहिने रकम छुट्टाइने छ।

NSW Premier Gladys Berejiklian and Treasurer Dominic Perrottet.
Source: AAP

"आउट एण्ड अबाउट" नाम दिइएको उक्त योजनाका साथ् मानिसहरुलाई न्यु साउथ वेल्स भित्र घुमफिर गर्न प्रोत्साहित गर्ने लक्ष्यका साथ् रेस्टुरेन्ट र क्याफेहरुमा खाना खान देखि मनोरन्जन वा सांस्कृतिक कार्यक्रमहरुका लागि २५ डलरको चार ओटा भाउचर प्रदान गरिने छ।

"मानिसहरुले सुरक्षित रूपमा आफ्ना स्थानिय समुदायलाई सहयोग गरेको हामीले हेर्न चाहेका छौं, र पटक पटक ती व्यवसायहरुमा आफ्नो पैसा खर्च गर्न पनि हामी मानिसहरुलाई प्रोत्साहित गर्न चाहन्छौं," ट्रेजरर पेरोटेट ले दि अस्ट्रेलियनलाई बताए।

सरकारका अनुसार आगामी डिसेम्बर महिना देखि उक्त भाउचरको परिक्षण सिड्नी सीबीडीका व्यवसायहरु बाट सुरु गरिने छ र सफल भए आगामी वर्षको पहिलो केहि महिना भित्र सर्भिस न्यु साउथ वेल्स मार्फत भाउचरको वितरण सुरु गरिने छ।

यस पटकको बजेट पहिलो पटक घाटामा रहने बताइएको छ, जुन सन् २०१३/१४ पछिकै पहिलो पटक हुनेछ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।


Share

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now