“अराजक” न्यु साउथ वेल्स साउथ कोस्टमा डढेलो सङ्कट बढ्दै जाँदा पर्यटकलाई सास्ती

न्यु साउथ वेल्स राज्यको दक्षिणी तटीय क्षेत्रमा डढेलो सङ्कट बढ्दै जाँदा त्यहाँ छुट्टी मनाउन पुगेका पर्यटकहरूलाई अन्यत्रै जान आदेश जारी गरिएपछि उनीहरूले रासन, पानी र इन्धनको अभाव भोग्नुपरेको छ।

आउँदो शनिवार डढेलोको चरम खतरा उत्पन्न हुने मौसम पूर्वानुमान रहेको न्यु साउथ वेल्स राज्यको दक्षिणी तटीय क्षेत्रबाट पर्यटकहरू बाहिरिँदै गर्दा उक्त क्षेत्र अराजक हुँदै गएको बताइएको छ।

राज्यको ग्रामीण अग्नि सेवाले बुधवार एक चेतावनी जारी गर्दै ती क्षेत्रमा रहेका पर्यटकहरूलाई शनिवार अगावै त्यहाँबाट हिँड्न आदेश दिएको हो।

यसका साथै, ती क्षेत्र तिर घुम्न निस्केकाहरूलाई पनि आफ्नो योजना रद्द गर्न उसले भनेको छ भने दक्षिणी न्यु साउथ वेल्सको बेट्सम्यान बेदेखि भिक्टोरियाली सीमासम्मलाई “पर्यटकले छोड्नु पर्ने क्षेत्र” घोषित गरिएको छ।

यो हप्ताको सुरुवाती दिनहरूमा डढेलो उक्त क्षेत्रबाट गुज्रिसकेका कारण थप आगलागीको खतरा सूचकाङ्क तल झारिएता पनि हाल त्यहाँका केही स्थानहरूमा खाने पानी, खाद्यान्न र इन्धनको अभाव देखिएको हो।

ती अत्यावश्यक वस्तुहरू खरिद गर्न सुपर मार्केट तथा पेट्रोल स्टेसनहरूमा मानिसहरूले लाइनमा पाँच घण्टा भन्दा पनि बढी समय बिताउनु परेको बताइएको छ।

ती मध्ये धेरैले आफ्नो दुखेसो सामाजिक सञ्जालमा व्यक्त गर्दै लामा-लामा लाइनका तस्बिरहरू बाँडेका छन्।

Twitter
Source: Twitter

पर्यटकहरूले अधिकारीहरूको आदेश पालना गर्दै उक्त क्षेत्रबाट निस्कने क्रममा भने ठुलै ट्राफिक जामको सामना गर्नुपरेको छ।

त्यसै गरी, सबैको हात हातमा हुने मोबाइल फोनलाई चाहिने सिग्नल दिने टावरहरू डढेलोको कारण बन्द भएपछि एक सार्वजनिक टेलिफोन बुथहरूमा समेत निकै समय पछि मानिसहरूको घुइँचो बढ्न थालेको छ।

न्यु साउथ वेल्स राज्य ग्रामीण अग्नि सेवाका आयुक्त शेन फित्जसिमन्सका अनुसार शनिवारको अवस्था मङ्गलवार को भन्दा नराम्रो हुन सक्नेछ।

मङ्गलवार ३८२ घरहरू ध्वस्त भएको पनि उनले पुष्टि गरे र भने, “हामीले जमिनबाट थप सर्वेक्षण गर्न अझ बाँकी नै छ। अन्य भवनहरू लगायत थुप्रै भौतिक पूर्वाधार, दूरसञ्चार सबैजसो कुरा प्रभावित भएका छन्।”

हाल न्यु साउथ वेल्स राज्यभर ११० भन्दा बढी डढेलो लागी रहेका छन् भने ती मध्ये ५० लाई नियन्त्रण गर्न सकिएको छैन।

新州Cobargo一家商店店主站在被烧毁的店面前。
新州Cobargo一家商店店主站在被烧毁的店面前。 Source: AAP
A fire generated thunderstorm has formed over the Currowan fire.
A fire generated thunderstorm has formed over the Currowan fire. Source: NSW Rural Fire Service


Share

2 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now