SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्स "हाई अलर्ट"को स्थितिमा रहेको सरकारको भनाई, कोरोना प्रतिबन्ध फेरी कडा हुँदै

न्यु साउथ वेल्स प्रिमियर ग्लाडिस बेरिजिक्लियनले कोरोनाभाइरस सम्बन्धी प्रतिबन्धहरू पुनः कडा गरिने बताएकी छिन्।

NSW announces new COVID-19 restrictions

2 min read

Published

Updated

Source: AAP, SBS



Skip to article content

राज्यमा थप आठ कोरोनाभाइरस सङ्क्रमित बिरामी भेटिएको बारे शुक्रवार सिड्नीमा आयोजित एक पत्रकार सम्मेलनमा उनले सो जानकारी दिएकी हुन्।

यसका साथै प्रिमियर बेरिजिक्लियनले न्यु साउथ वेल्स "उच्च सतर्कता" को स्थितिमा रहेको समेत बताएकी छिन्।

उनका अनुसार जुलाई २४ देखि लागू हुने गरी राज्यभर मलामी तथा अन्य धार्मिक भेलाहरू १०० जनामा सीमित गरिने छ भने विवाह एवं कर्पोरेट कार्यक्रमहरूमा अधिकतम १५० जनासम्मले मात्र भाग लिन पाउने छन्।

तर, विवाह समारोहमा भाग लिँदा नाच गान वा अन्य पाहुनासँग घुलमिल गर्न भने अनुमति नरहेको पनि ग्लाडिस बेरिजिक्लियनले स्पष्ट परेकी छिन्।

dancing at wedding
Source: Getty Images

राज्यको राजधानी सिड्नीको दक्षिण-पश्चिमी भागमा अवस्थित कसुलामा रहेको एक पब - क्रसरोड्स होटेलबाट फैलिएको कोभिड-१९ सङ्क्रमणको लहरले हालसम्म ४२ जनालाई आफ्नो चपेटमा लिइसकेको पनि बताइएको छ।

ती ४२ मध्ये थुप्रै जना उक्त होटेल नै नगएको खुल्न आएपछि न्यु साउथ वेल्सका अधिकारीहरू थप चिन्तित बनेका छन्।

"एउटा होटेलमा गएका मानिसहरू, उनीहरूको सम्पर्कमा आएका अरू व्यक्ति र तिनका संसर्गमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ्ग गर्दा कति स्रोतसाधन प्रयोग हुन्छ, विचार गरिदिनुहोस्," उनले राज्यवासीहरूलाई सचेत बन्न आग्रह गरिन्।

"मलाई लाग्छ कि समुदायका धेरैलाई स्थिति ठिक भइहाल्यो नि भन्ने लागेको छ र हामीले सोचेका थियौँ कि खराब दिनहरू अब हाम्रा पछाडि छन् तर दुर्भाग्यवश यो स्थिति त्यस्तो छैन।"

राज्यकी मुख्य स्वास्थ्य अधिकारी केरी च्यान्टले भने, गएको १४ दिनको अवधिमा वेदरिल पार्क मल र वेदरिलमै रहेको थाई रक् रेस्टुरेन्ट पुगेका जो कोहीलाई पनि श्वास-प्रश्वास सम्बन्धी लक्षणहरूलाई ध्यान दिन आग्रह गरेकी छिन्।

घरेलु वातावरणमा २० जनासम्म भेला हुन पाइने भएता पनि स्वास्थ्य अधिकारीहरूले सम्भव भएसम्म उक्त सङ्ख्या १० जनामा सीमित गर्न भनेका छन्।

उता, छिमेकी राज्य भिक्टोरियामामा शुक्रवार नयाँ रेकर्ड स्थापना हुने गरी थप ४२८ जना कोभिड-१९ सङ्क्रमित पुष्टि भएका छन्।

efe5def4-4db4-4613-b0c8-bd4493824954

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे थप जानकारी यहाँ उपलब्ध छ।

रुघा खोकी वा चिसो लागेको लक्षण देखा परे तपाईंले घरमा नै बसेर आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गरी परीक्षणका लागि समय मिलाउनुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो भने वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा भने ००० (ट्रिपल जिरो)मा फोन गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: 

covid-19.png

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now