SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्समा सप्ताह अन्त्यभर पानी पर्ने भन्दै विभिन्न मौसमी चेतावनीहरू जारी

न्यु साउथ वेल्समा फेरी एक पटक भारी वर्षासँगै विभिन्न मौसमी चेतावनीहरू जारी गरिएको छ।

BOM forecasts heavy rain for parts of NSW while SES urges residents to prepare.
BOM forecasts heavy rain for parts of NSW Source: AAP

1 min read

Published

By SBS Nepali

Source: SBS News.



Skip to article content

शुक्रवार देखिको अविरल वर्षा पश्चात् न्यु साउथ वेल्समा बाढी र भूस्खलनको सम्भावना रहेको भन्दै मौसमी चेतावनीहरू जारी गरिएको छ। 

 

अस्ट्रेलियाली मौसम विभागले शनिवार र आइतबार सम्ममा छ घन्टे वर्षाको मापन गर्दा ८० देखि १५० मिलिमिटरसम्म पुग्ने भन्दै चेतावनी जारी गरेको हो।

यससँगै केही स्थानमा एक महिनाभरिको जत्ति यही सप्ताह अन्त्यमा मात्र पानी पर्ने पूर्वानुमान गरिएको छ। 

 

मौसम विभागले शुक्रवार दिउँसो बताए अनुसार आगामी हप्ता सम्म पनि निरन्तर पानी पर्ने देखिएको छ। 

 

सप्ताह अन्त्यभर जारी रहने वर्षाका कारण नदीको सतह बढ्ने बताइएको छ। 

 

यसैबिच अस्ट्रेलियाली रक्षा बल ( एडीएफ)का दुई वटा हेलिकप्टरहरू उद्धार कार्यमा सघाउन तयारी अवस्थामा रहेको बताइएको छ। 

 

न्यु साउथ वेल्सले शुक्रवार राति सहयोगको लागि आग्रह गरेपछि सङ्घीय सरकारले एडीएफको सहयोग स्वीकृत गरेको थियो।

 

आपत्काल व्यवस्था मन्त्री मर्रे वाटले आइतबार देखि १०० जनाको सैन्य टुकडी उपलब्ध रहेको बताएका छन्। 

 

इलावारा, सिड्नी साथै हक्सबरी र नेपिएन क्षेत्रमा शुक्रवार देखि आगामी हप्ताभरि गम्भीर बाढीको जोखिम रहेको बताइएको छ। 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now