SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्स र भिक्टोरियामा बाढीका कारण चेतावनी जारी

यो अस्ट्रेलियामा हाल जारी बाढी बारे विशेष सामाग्री हो।

VIC FLOODS
Locals pack sandbags at Wunghnu Park Reserve in Victoria on Tuesday. Source: AAP / JOEL CARRETT/AAPIMAGE

3 min read

Published

Updated

Source: SBS



Skip to article content

मुख्य विषयहरू:

  • मर्री नदीको बाढी सन् १९९३ मा पुगेको स्तरभन्दा माथि पुग्न सक्ने अधिकारीहरू अनुमान
  • मौसम विज्ञान ब्युरोको अनुसार क्वीन्सल्यान्ड, न्यु साउथ वेल्स र साउथ अस्ट्रेलियामा वर्षा र ठूलो आँधीबेहरीको सम्भावना
  • भिक्टोरियामा पछिल्ला सात दिनमा बाढीका कारण दोस्रो व्यक्तिको मृत्यु

न्यु साउथ वेल्स र भिक्टोरियाका राज्य आपतकालीन सेवा (एसईएस)ले मर्री नदीको सतह बढेकाले वरिपरिका सहरका बासिन्दाहरूलाई तुरुन्तै सुरक्षित स्थान तर्फ जान आदेश दिएको छ।

न्यु साउथ वेल्सको एसईएसले ओल्ड डेनिलिकिन रोड, बार्न्स रोड, होल्म्स स्ट्रीट, वार्डेन स्ट्रीट, काउन्सिल स्ट्रीट, भिक्टोरिया स्ट्रीट, मोआमा स्ट्रीट र पूर्वी मोआमाको क्याडेल स्ट्रीटका बासिन्दाहरूलाई १९ अक्टोबरको साँझ ५ बजेसम्म उक्त क्षत्रहरू खाली गर्न आग्रह गरेको हो।

"यदि तपाईँ अहिले यो ठाउँ खाली गरेर अर्को ठाउँ नगए, तपाईँको घर केही दिनका लागि पानीमा डुब्न र समुदायसँग अलग हुने भएकालेआपतकालीन सेवाले पनि तपाईँलाई मद्दत गर्न असफल हुन सक्छ," उक्त आदेशमा बताइएको थियो।

किर्शोफर स्ट्रीटको मोआमा प्याभिलियनमा उद्धार केन्द्रहरू तयार गरिएको छ।

भिक्टोरियाको एसईएसले बार्मा र लोवर मोइर वरिपरिका बासिन्दाहरूलाई पनि तुरुन्तै सुरक्षित स्थानतर्फ जानआदेश दिएको छ।

अधिकारीहरूले ४२ रोबर्ट्सन स्ट्रीटको नथालिया कम्युनिटी स्पोर्ट्स सेन्टरमा एक आपतकालीन राहत केन्द्र स्थापना गरेका छन्।

इचुका र इचुका भिलेजमा पनि मङ्गलबार त्यस्तै निकासको आदेश जारी गरिएको थियो।

न्यु साउथ वेल्स र भिक्टोरियाको सीमामा रहेको मरे नदीको सतह बढेर सन् १९९३ को बाढी पुगेको स्तरभन्दा माथि पुग्न सक्ने अधिकारीको चिन्ता रहेको छ।

भिक्टोरिया सरकारले बाढी प्रभावित उत्पादक र साना व्यवसायहरूलाई ७ करोड ३५ लाख डलर बराबरको राहत प्याकेजको घोषणा गरेको छ।

उत्तर-पश्चिमी शेपर्टनको नथालियामा बाढीका कारण ज्यान गुमाएका ६५ वर्षीय पुरुषको परिवारलाई भिक्टोरियाली प्रिमियर डानियल एन्ड्रुजले "गम्भीर संवेदना" व्यक्त गरेका छन्।

पछिल्ला साथ दिनमा बाढीको कारण भएको यो दोस्रो मृत्यु हो।

राज्यभर ४२३ सडक र ७४ विद्यालयहरू बन्द रहेको प्रिमियर एन्ड्रुजले बताए। त्यस्तै, ८०० वटा घर र अन्य भवनहरू बिजुली बिना रहेका छन्।

हाल राज्यमा १४ वटा राहत केन्द्र र ४० वटा बालुवा सङ्कलन केन्द्रहरू (स्यान्डब्याग कलेक्सन पोइन्ट) सञ्चालन रहेको उनले जानकारी दिए।

बासिन्दाहरूलाई पछिल्ला जानकारीका लागि भिकइमर्जेन्सी एप (VicEmergency app) डाउनलोड गर्न आग्रह गरिएको छ।

तीन सयभन्दा बढी अस्ट्रेलियाली रक्षा बलका कर्मचारीहरूले इचुका, शेपर्टन, रोचेस्टर, सेमोर र ग्रेटर बेन्डिगो क्षत्रमा आपतकालीन सेवाको मद्दत गरिरहेका छन्।

मौसम विज्ञान ब्युरोले क्वीन्सल्यान्ड, न्यु साउथ वेल्स र पूर्वी साउथ अस्ट्रेलियामा वर्षा र ठूलो आँधीबेहरीको सम्भावना रहेको बुधबार चेतावनी दिएको छ।

मौसम विज्ञान ब्युरोको पछिल्लो पूर्वानुमानसँग अद्यावधिक रहनुहोस्।

पछिल्ला परिवर्तनको बारेमा जानकार रहनु यहाँ हेर्नुहोस्:

न्यु साउथ वेल्स राज्य आपतकालीन सेवा

भिक्टोरिया राज्य आपतकालीन सेवा

यदि तपाईँ कुनै ज्यान जोखिममा पर्ने अवस्थामा हुनु हुन्छ भने त्रिपल जिरोलाई ००० मा सम्पर्क गर्नुहोस्। यदि आँधीबेहरी, हुरी, असिना वा ढलेको रुख या रुखको हाँगाका कारण तपाईँको घर सम्पत्ति या कुनै व्यक्ति जोखिममा परेका छन् भने - न्यु साउथ वेल्सको आपतकालीन सेवालाई १३२ ५०० मा र भिक्टोरियाका आपतकालीन सेवाहरूलाई १८०० २२६ २२६ मा फोन गर्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now