एडिलेडमा कोरोनाभाइरस सङ्क्रमित संख्या १७ ले बढ्दा साउथ अस्ट्रेलियालाई "हट स्पट" घोषित गरिन सुरु

साउथ अस्ट्रेलियाको एक क्वारेन्टिन स्थलमा कार्यरत एक व्यक्ति र उनका परिवारका दुई सदस्य पनि कोरोनाभाइरस बाट सङ्क्रमित भएपछि आगामी दिनहरुमा सङ्क्रमितहरुको संख्या बढ्नसक्ने चेतावनी अधिकारीहरुले दिएका छन्।

Trabajador de pizzería 'profundamente arrepentido' de provocar un confinamiento innecesario por COVID-19 en Australia del Sur.

Trabajador de pizzería 'profundamente arrepentido' de provocar un confinamiento innecesario por COVID-19 en Australia del Sur. Source: AAP

एडिलेडको उत्तरी सबर्बहरुमा कोरोनाभाइरस बाट सङ्क्रमित भएकाहरुको संख्या १७ पुग्दा तास्मानिया र नर्दर्न टेरिटोरी सरकार द्वारा साउथ अस्ट्रेलियाबाट आउनेहरुले आइसोलेसनमा बस्नुपर्ने निर्देशन जारी गरिएको छ।

हिजो, आइतबार, एसए हेल्थ द्वारा कोरोनाभाइरसको तीन सामुदायिक सङ्क्रमण पुष्टि गरिएदेखि अहिले उक्त राज्यको राजधानी शहरमा कोभिड-१९ बाट सङ्क्रमित भएकाहरुको संख्या बढ्दै गएको छ।

शनिबार परिक्षणका लागि एडिलेड स्थित लाएल मकविन अस्पताल गएकी ८० वर्ष उमेर कि एक महिलामा भाइरस पुष्टि भएपछि उनको परिवारका दुई अन्य सदस्यहरु पनि सङ्क्रमित रहेको पुष्टि भएको थियो।

५० र ६० वर्ष उमेरका रहेका ती महिला र पुरुष मध्ये एक जना चाहिं विदेश बाट फर्किएका वा आफ्नो घरमै क्वारेन्टिनमा बस्ने अवस्थामा नरहेका मानिसहरुलाई राख्न प्रयोग गरिएको मेडि-होटेलमा कार्यरत रहेको अधिकारीहरुको भनाइ छ।

The South Australian government is imposing new restrictions from midnight because of a cluster in Adelaide of 17 COVID-19 cases
The South Australian government is imposing new restrictions from midnight because of a cluster in Adelaide of 17 COVID-19 cases Source: AAP

साउथ अस्ट्रेलिया कि प्रमुख स्वास्थ्य अधिकारी निकोला स्पुरियरका अनुसार सङ्क्रमितहरु गएका पोर्ट एडिलेड स्थित हंग्री ज्याक्स रेस्टुरेन्टका साथै मोसन लेक्स प्राइमरी स्कूल, प्रि-स्कूल र पाराफिल्ड प्लाजा सुपरमार्केट पनि सफाईको लागि बन्द गरिएको बताएकी छन्।

यसका साथ् साउथ अस्ट्रेलियाका सम्पूर्ण क्वारेन्टिन होटेलहरुमा कार्यरत कर्मचारीहरुले प्रत्येक सात दिनमा कोरोनाभाइरसको लागि परिक्षण गराउनुपर्ने निर्देशन पनि जारी गरिएको छ।

नर्दर्न टेरिटोरीको कदम

साउथ अस्ट्रेलियामा गत अप्रिल महिना पछिनै पहिलो पटक यतिको संख्यामा कोरोनाभाइरस सङ्क्रमणबारे पुष्टि हुँदा, नर्दर्न टेरिटोरी सरकारले उक्त दक्षिणी राज्यलाई भाइरसको केन्द्रबिन्दु वा हटस्पटको रूपमा घोषित गरेको छ।

यसका साथ् आज आफ्नो प्रदेश प्रवेश गर्ने साउथ अस्ट्रेलिया निवासीहरुले आइसोलेशनमा बस्ने र उनीहरुले त्यसो गरेको सुनिश्चित गर्न अनुगमन कार्यलाई पनि संचालन गरिने मुख्य मन्त्री माइकल गनर ले बताए।

तर, आइसोलेशन सम्बन्धि नियम पुर्व सूचना बिना लागु गर्नुपारिएकोले आज एनटी प्रवेश गर्ने मानिसहरुले २५०० डलरको क्वारेन्टिन खर्च तिर्न नपर्ने पनि उनको भनाइ थियो।

साथै आगामी नभेम्बर ३० देखि मेलबर्नवासीहरु आफ्नो राज्य भ्रमण गर्न पाउने घोषणा पनि गनरले गरेका छन्।

Northern Territory Chief Minister Michael Gunner.
Northern Territory Chief Minister Michael Gunner. Source: AAP

तास्मानियाली कदम

नर्दर्न टेरिटोरी लगायात तास्मनियाली सरकार द्वारा पनि गत सोमबार ९ देखि साउथ अस्ट्रेलिया बाट आफ्नो राज्य प्रवेश गरेकाहरुले तुरुन्तै आफुलाई आइसोलेशनमा राख्नुपर्ने नियम लागु गरिएको छ।

साथै राज्यका होटेल वा अन्य निवास स्थानमा रहेका साउथ अस्ट्रेलियाली आगन्तुकहरुले पनि आफुलाई आइसोलेशनमा राख्नुपर्ने प्रिमियर पिटर गुटवेन ले आज एक पत्रकार सम्मेलनमा बताए।

भिक्टोरिया सरकारले पनि एडिलेडलाई कोभिड हटस्पट घोषणा गर्दै, साउथ अस्ट्रेलिया बाट मेलबर्न विमानस्थलमा अवतरण गर्ने यात्रुहरुको कोरोनाभाइरसका लागि र्यापिड परिक्षण गरिने पनि प्रिमियर डानिएल एन्ड्रुजले बताएका छन्।

अर्को तर्फ न्यु साउथ वेल्स कि प्रिमियर ग्लाडिस बेरेजिक्लियन ले चाहिं साउथ अस्ट्रेलियालीहरुका लागि आफ्नो राज्यको सीमा खुला रहने बताएकी छन्।

हरेक पटक सङ्क्रमितहरुको संख्या बढेको समाचार आउने बित्तिकै सीमा र व्यवसायहरु बन्दगर्न नमिल्ने भन्दै उनले कोभिडका साथ् जीवनयापन गर्न सिक्न जरुरी रहेको जोड दिईन।

न्यु साउथ वेल्समा लगातार नवौं दिन कोरोनाभाइरसको एउटा पनि सामुदायिक सङ्क्रमण पुष्टि नहुँदा प्रिमियरको उक्त भनाइ आएको हो।

तर हाल होटेल क्वारेन्टिनमा रहेका मध्ये दुई जनामा चाहिं कोभिड-१९ पुष्टि भएको अधिकारीहरुले बताएका छन्।

भिक्टोरिया र क्वीन्सल्याण्डमा पनि गत २४ घण्टा भित्र एउटा पनि कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छैन।

शैन्य सहयोगको प्रस्ताव

सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले साउथ अस्ट्रेलियामा देखिएको कोरोनाभाइरसको पछिल्लो सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन स्थानिय अधिकारीहरु सफल हुने प्रति आफु विश्वश्त रहेको बताएका छन्।

साथै राज्य सरकार द्वारा आग्रह गरिए अस्ट्रेलियाली सेनाका सदस्यहरुलाई पनि उपलब्ध गरिने उनले बताए।

तर उनले कुनै राज्य र प्रदेशहरुको सीमा अझै बन्द रहनुपर्ने कुनै स्वास्थ्य कारण नरहेको पनि जोड दिएका छन्।

Australian Health Minister Greg Hunt
Australian Health Minister Greg Hunt Source: AAP

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।


4 min read

Published

Updated

By SBS Nepali

Source: AAP, SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now