सिड्नी पबमा देखिएको कोरोना मेलबर्नबाट आएको पुष्टि

दक्षिण-पश्चिमी सिड्नी स्थित कसुलाको एक पबमा देखिएको कोरोनाभाइरसको सङ्क्रमण लहर मेलबर्नबाट आएको पुष्टि भएको छ।

A cleaner dressed in Personal Protective Equipment (PPE) is seen leaving the Crossroads Hotel in Sydney, Saturday, July 11, 2020

A cleaner dressed in Personal Protective Equipment (PPE) is seen leaving the Crossroads Hotel in Sydney, Saturday, July 11, 2020 Source: AAP

सिड्नीको कसुला स्थित क्रसरोड्स पबमा देखिएको कोभिड-१९ क्लस्टर बढ्दै जाँदा, जीनोमिक परिक्षण मार्फत सो सङ्क्रमण लहर भिक्टोरियाबाट आयातित भाइरसबाट फैलिएको पुष्टि भएको हो।

सिड्नीको कसुला स्थित क्रसरोड्स पबमा देखिएको कोभिड-१९ क्लस्टर बढ्दै जाँदा, जीनोमिक परीक्षण मार्फत सो सङ्क्रमण लहर भिक्टोरियाबाट आयातित भाइरसबाट फैलिएको पुष्टि भएको हो।

न्यु साउथ वेल्सका डेपुटी प्रिमियर जन बरिलारोले उक्त जिनोमिक परीक्षणबाट प्राप्त नतिजालाई आधार बनाउँदै कसुला क्लस्टरको उद्गम स्थल भिक्टोरिया रहेको पुष्टि बुधवार बिहान गरेका हुन्।

"यो भाइरस यहाँको समुदायमा यसरी फैलिनुको कारण यहीँ केही भएर होइन," बरिलारोले सेभेन नेटवर्कसँगको संवादका क्रममा भने।
"यो भाइरस भिक्टोरियाबाट आएको हो भन्नेमा कुनै शङ्कै छैन। यसको बीजारोपण कहाँ भएको छ, हामीलाई थाहा छैन, हामी कन्ट्याक्ट ट्रेसिङ्ग गर्दैछौं।"
बरिलारो तथा प्रिमियर ग्लाडिस बेरिजिक्लियन दुबैजनाले न्यु साउथ वेल्समा स्थानीय वा राज्यभर लागू हुने गरी लकडाउन गर्न अनिच्छा जनाउँदै आइरहेका छन् र त्यसलाई अन्तिम उपायका रूपमा मात्र  कार्यान्वयन बताएका छन्।




"हामीले के गर्नु परेको छ भन्दा यो भाइरससँग मिलेर बस्ने उपाय पत्ता लगाउनु छ," एबीसी टेलिभिजनको सेभेन थर्टी कार्यक्रममा सोधिएको एक प्रश्नको उत्तर दिने क्रममा बेरिजिक्लियनले भनिन्।

यसै क्रममा दक्षिण-पश्चिमी सिड्नीकै एक पिज्जा रेस्टुरेन्ट पुगेका एक ग्राहकमा कोरोनाभाइरस सङ्क्रमण भेटिएपछि उक्त पसल राम्रोसँग सफा गर्न आगामी तीन दिन बन्द गरिएको छ।

बेल्फिल्ड स्थित मंचिनिज ओरिजिनल वूडफायर पिज्जा रेस्टुरेन्टमा खाना खान आफ्नो समूहसँग गत शुक्रवार त्यहाँ पुगेका उक्त व्यक्तिले सो स्थानमा एक घण्टा जति समय बिताए पनि अधिकारीहरुका अनुसार उनले त्यस व्यवसायका कर्मचारी तथा अन्य ग्राहकहरूलाई सङ्क्रमित गर्ने जोखिम अत्यन्त न्यून रहेको बताएका छन्।
NSW Health workers dressed in Personal Protective Equipment administer COVID-19 tests to people in their cars at the Crossroads Hotel testing centre in Sydney.
NSW Health workers dressed in Personal Protective Equipment administer COVID-19 tests to people in their cars at the Crossroads Hotel testing centre in Sydney. Source: AAP
न्यु साउथ वेल्स स्वास्थ्य विभाग - एनएसडब्लु हेल्थले ४ जुलाई देखि १० जुलाईसम्मको अवधिमा क्रसरोड्स पब वा प्लानेट फिटनेस जिम गएका जोकोहीलाई पनि कोभिड-१९ परीक्षणका लागि अगाडी आउन र सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेको छ।

सिड्नीमा थप सङ्क्रमणहरू देखिन थाले पछि प्रिमियर ग्लाडीस बेरिजिक्लियनले पब तथा होटेलहरूका हकमा लागू हुने प्रतिबन्ध कडा पार्दै एकसाथ अधिकतम ३०० ग्राहक र ती व्यापार-व्यवसायमा प्रवेश गर्दा मानिसहरूले अनिवार्य रूपमा हाजिरी पुस्तिकामा नाम टिपाउनु पर्ने व्यवस्था आगामी शुक्रवारदेखि कायम हुने बताएकी छिन्।

यो समाचार तयार पारुन्जेल कसुला होटेल क्लस्टर अन्तर्गत ३० भन्दा बढी मानिसहरू सङ्क्रमित भइसकेका छन् जस मध्ये १४ जना क्रसरोड्स पबमा उपस्थित थिए।

महामारी सुरु भए यता कोभिड-१९ का कारण ५१ जनाले ज्यान गुमाई सकेका न्यु साउथ वेल्समा सघन उपचार क्षमता लगभग चार गुणाले अभिवृद्धि भइसकेको छ। 

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे थप जानकारी यहाँ उपलब्ध छ।

रुघा खोकी वा चिसो लागेको लक्षण देखा परे तपाईंले घरमा नै बसेर आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गरी परीक्षणका लागि समय मिलाउनुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो भने वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा भने ००० (ट्रिपल जिरो)मा फोन गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: 
covid-19.png

Share

Published

Updated

Source: AAP, SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
सिड्नी पबमा देखिएको कोरोना मेलबर्नबाट आएको पुष्टि | SBS Nepali