नर्दन टेरोटेरी: लेबरको बहुमतको सरकार कायमै, कन्ट्री लिबरलद्वारा हार स्वीकार

नर्दन टेरोटेरीको प्रादेशिक निर्वाचनमा माइकल गनर नेतृत्वको लेबर सरकारले पुनः जित हासिल गरेको छ।

Northern Territory Chief Minister Michael Gunner at Labor's election headquarters in Darwin on Saturday.

Northern Territory Chief Minister Michael Gunner at Labor's election headquarters in Darwin on Saturday. Source: AAP

२५ सदशीय प्रादेशिक प्रतिनिधि सभामा नर्दन टेरोटेरी लेबर पार्टीले कम्तीमा पनि १३ सिट ओगट्ने निश्चित प्राय भएपछि विपक्षी कन्ट्री लिबरल पार्टी (सीएलपी) फेरी पनि छाया सरकार मै समेटिने भएको हो।

नर्दन टेरोटेरी निर्वाचन आयोगद्वारा जारी गरिएको पछिल्लो विवरणलाई आधार बनाएर हेर्दा लेबर १६ सिटमा अगाडी छ भने विपक्षी दल कन्ट्री लिबरल पार्टीले ६ स्थानमा जित हात पार्ने सम्भावना छ।

त्यसै गरी बाँकीका सिटहरूमा दुई स्वतन्त्र र एकमा टेरोटेरी अलायन्सका उम्मेदवार अगाडी छन्।

सीएलपीका लागि अति महत्त्वपूर्ण मानिएका फोङ लिम् र नमतजीरा जस्ता सिटमा उसले आफ्नो पकड गुमाएको छ।

फोङ लिम्मा लेबरका मार्क मोनाघान सीएलपीकी काइली बोन्नानी भन्दा १३७ भोटले अगाडी छन् भने नमतजीरामा सीएलपीका बिल यानलाई लेबरकी शेराली टेलरले निकै झिनो अन्तर - २० भोटले पछाडि पार्न सफल भएकी छिन्।

हुलाकबाट प्राप्त हुने मतपत्रहरू अझै आउँदै गरेकाले सेप्टेम्बर ७ मा मात्रै यस प्रादेशिक निर्वाचकै औपचारिक घोषणा हुनेछ तर विपक्षी दलले भने सोमवार दिउँसो नै आफ्नो हार स्वीकार गरिसकेको छ।

Country Liberal Party Lia Finocchiaro has conceded defeat in the Northern Territory election.
لیا فینوکیارو، رهبر حزب لیبرال اطرافی شکست حزبش در انتخابات روز شنبه را پذیرفت. Source: AAP

सीएलपीकी नेतृ लिया फिनोचारियोले एक विज्ञप्ति जारी गर्दै लेबरसँग अब सरकार निर्माण गर्न मिल्ने सङ्ख्यामा सिटहरू रहेको भन्दै आफ्नो पार्टीको हार स्वीकार गरेकी हुन्।

"मैले माइकल गनरलाई केही बेर अघि फोन गरेर उनलाई तथा लेबर पार्टीलाई चुनाव जितेकोमा बधाई दिएँ, र तत्काल अर्थतन्त्र बारे ठोस कदम चाल्न आग्रह गरेँ," फिनोचारियोले भनिन्।

"गनर सरकारले भन्दै आइरहेको 'काम बचाउ र ज्यान बचाउ' अब रोकिनुपर्छ र ढिलो नगरीकन ठोस् कदम चालिनुपर्छ।"

पछिल्लो सूचना अनुरूप लेबर पार्टी आराफुरा, आर्नहेम, बार्क्ली, ब्लेन, कसौरिना, ड्राइस्डेल, फ्यान्नी बे, फोङ लिम्, जनस्टन, करामा, गवोजा, नमतजीरा, नाइटक्लिफ, पोर्ट डार्विन, स्यानडर्सन र वाङ्गुरीमा अगाडी छ।

सीएलपीले भने ब्रेटलिङ्ग, ब्रेनन्, डेली, क्याथ‍ेरिन, नेल्सन र स्पिलेटमा जित हासिल गर्ने अनुमान छ भने स्वतन्त्र उम्मेद्वारहरुले मुल्का र गोइडर अनि आरालुएनमा टेरोटेरी अलायन्स अगाडि देखिएको छ।

यसपालिको चुनावमा हार्ने मध्ये सबैभन्दा ठुला नेतामा टेरोटेरी अलायन्सका नेता टेरी मिल्स परेका छन्। उनले आफ्नो निर्वाचन क्षेत्र ब्लेनमा पराजय भोगेका हुन्।


2 min read

Published

Source: AAP, SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now