SKIP TO MAIN CONTENT

न्युजिल्याण्ड: प्रधानमन्त्रीलाई ५ डलर “घुस” दिने ११ वर्षीय बालिकाको प्रयास

ड्रागन र मनोचिकित्सा बारे जाँच गर्न आग्रह गर्दै ५ डलर “घुस” दिने एक ११ वर्षीय बालिकाको प्रस्तावलाई न्युजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा आर्डर्नले नम्र रूपमा अस्वीकार गरेकी छन्।

Jacinda Ardern has rejected an 11-year-old's bribe to fund dragon research.
Jacinda Ardern has rejected an 11-year-old's bribe to fund dragon research. Source: AAP/Reddit

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

गए हप्ता रेड्डीटमा सार्वजनिक गरिएको एक पोस्टमा प्रधानमन्त्री आर्डर्नद्वारा लेखिएको बताउने एक चिठ्ठीको तस्बिर सहित “मेरो बहिनी (११ वर्ष) ले जसिण्डालाई घुस दिने प्रयास गरेकी रहेछन्” भनी लेखिएको थियो।

उक्त फोटोमा आर्डर्नले पत्राचार गरेकोमा भिक्टोरियालाई धन्यवाद दिँदै हाल सरकारले ड्रागन र मनोचिकित्सा बिचको सम्बन्ध बारे कुनै जाँच नगरेको बताएकी छन्।

The letter and "bribe".
The letter and "bribe". Source: Reddit

“त्यसैले म तिम्रो घुसको पैसा फिर्ता गर्दैछु,” पत्रमा लेखिएको छ, जसमा न्युजिल्याण्डको ५ डलरको नोट पनि रहेको छ।

तर आफूले ड्रागनहरुका लागि आफ्नो आँखा खुल्ला राख्ने भन्दै के ड्रागनहरुले पोसाक लगाउँछन् भनी जसिण्डा आर्डर्नले प्रश्न पनि गरेकी छन्।

“दिमागमा सोचेरै अरूहरूको शारीरिक नियन्त्रण गर्न सक्ने क्षमता दिने भनिने ‘टेलिकनेसिस” को लागि तिम्रो प्रयासको लागि पनि धेरै शुभकामना,” भनी उनले पत्रमा लेखेकी छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now