गए हप्ता रेड्डीटमा सार्वजनिक गरिएको एक पोस्टमा प्रधानमन्त्री आर्डर्नद्वारा लेखिएको बताउने एक चिठ्ठीको तस्बिर सहित “मेरो बहिनी (११ वर्ष) ले जसिण्डालाई घुस दिने प्रयास गरेकी रहेछन्” भनी लेखिएको थियो।
उक्त फोटोमा आर्डर्नले पत्राचार गरेकोमा भिक्टोरियालाई धन्यवाद दिँदै हाल सरकारले ड्रागन र मनोचिकित्सा बिचको सम्बन्ध बारे कुनै जाँच नगरेको बताएकी छन्।
“त्यसैले म तिम्रो घुसको पैसा फिर्ता गर्दैछु,” पत्रमा लेखिएको छ, जसमा न्युजिल्याण्डको ५ डलरको नोट पनि रहेको छ।

The letter and "bribe". Source: Reddit
तर आफूले ड्रागनहरुका लागि आफ्नो आँखा खुल्ला राख्ने भन्दै के ड्रागनहरुले पोसाक लगाउँछन् भनी जसिण्डा आर्डर्नले प्रश्न पनि गरेकी छन्।
“दिमागमा सोचेरै अरूहरूको शारीरिक नियन्त्रण गर्न सक्ने क्षमता दिने भनिने ‘टेलिकनेसिस” को लागि तिम्रो प्रयासको लागि पनि धेरै शुभकामना,” भनी उनले पत्रमा लेखेकी छन्।