ओली ५ वर्ष नै प्रधानमन्त्री; प्रचण्डलाई कार्यकारी अधिकार

प्रधानमन्त्री केपी ओली पाच वर्ष पुरै अवधिका लागि प्रधानमन्त्री रहने भएका छन्

Nepal's Prime Minister KP Sharma Oli.

Nepal's Prime Minister KP Sharma Oli. Source: Twitter

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ओली आगामी निर्वाचनसम्म प्रधानमन्त्री रहने तय गरेको हो ।

‘यो प्रतिनिधिसभा भरि सरकारको नेतृत्व प्रधानमन्त्री केपी ओलीले नै गर्ने सहमति भएको छ,’ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । यसको अर्थ अबको करिब ३९ महिना ओली नै प्रधानमन्त्री रहनेछन् ।

यसअघि सार्वजनिक एक सहमति अनुसार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र ओलीले आधा आधा कार्यकाल अर्थात् साढे २ वर्षका दरले प्रधानमन्त्री चलाउने तय भएको थियो ।

तर बुधवार बसेको सचिवालय बैठकले पाँचै वर्ष ओली मुलुकको कार्यकारी प्रमुख रहने बाटो खुला गरिदिएको हो ।

Pushpa Kamal Dahal - Prachanda
Source: RSS

पार्टीको काम भने अब प्रचण्डले गर्नेछन् ।

प्रवक्ता श्रेष्ठका अनुसार पार्टीका निर्णय सहमतिमा गरिने भए पनि कार्यकारी अध्यक्षका रूपमा प्रचण्ड रहनेछन् ।

मङ्गलवार साँझ देखि चर्चामा रहेको मन्त्री मण्डल फेरबदलबारे भने सचिवालय बैठकमा कुनै निर्णय नभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

‘मन्त्री मण्डल फेरबदल गर्ने कुरा सही हो तर यो कहिले हुन्छ र को हटछन को आउँछन् भन्ने कुरा प्रधानमन्त्रीको निर्णय हो,’ प्रवक्ता श्रेष्ठले भने ।

Nepal Cabinet Reshuffle
Source: Facebook

प्रधानमन्त्री निकट स्रोतहरूका अनुसार बिहीबार नयाँ मन्त्रीहरूको शपथ हुने सम्भावना छ । प्रवक्ता श्रेष्ठले पनि मिति नतोके पनि तत्काल हुने जानकारी दिए ।

‘तुरुन्तै हुन्छ तर मिति र व्यक्ति भने प्रधानमन्त्रीले नै तय गर्नुहुन्छ,’ उनले भने ।

लामो समयदेखि मन्त्री मण्डल फेरबदल हुने हल्ला चलेपछि मन्त्रालयमा काम कारबाही भने प्रभावित हुँदै आएको थियो ।

 


2 min read

Published




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now