SKIP TO MAIN CONTENT

विश्वभर प्रत्येक तीन मध्ये एक महिला माथि शारीरिक वा यौन हिँसा हुने गरेको तथ्य सार्वजनिक

१५ वर्ष उमेरका भन्दा माथिका बालिका र महिलाहरु मध्ये झन्डै ३० प्रतिशतले हिँसाको सामना गर्नुपरेको एक रिपोर्ट भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा सार्वजनिक गरिएको छ।

A protesters holds a placard during the Women's March 4 Justice in Canberra on Monday.
A protesters holds a placard during the Women's March 4 Justice in Canberra on Monday. Source: AAP

2 min read

Published

Updated

By SBS Nepali

Source: AFP, SBS



Skip to article content

विश्वभरनै प्रत्येक तीन मध्ये एक महिला ले आफ्नो जीवनको कुनैनकुनै समयमा शारीरिक वा यौन हिँसाको सामना गर्नु परेको, र उक्त अपराध कोरोनाभाइरस महामारीको क्रममा झनै बढेको विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ।

मंगलबार प्रकाशित गरिएको आफ्नो एक रिपोर्टमा संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेको विश्व स्वास्थ्य निकाय द्वारा उक्त तथ्यांक सार्वजनिक गरिएको हो।

रिपोर्टका अनुसार करिब ७३६ मिलियनको संख्यामा विश्वभर रहेका १५ वर्ष भन्दा बढी उमेरका बालिका र महिलाहरुहरु मध्ये झन्डै ३० प्रतिशत ले आफ्नो जीवनकालमा शारीरिक वा यौन हिँसाको सामना गरेका छन्। ती मध्ये प्रायः हिंसा उनीहरुका श्रीमान वा प्रेमी लगायतका नजिकका व्यक्तिहरु बाट भएको पनि विश्व स्वस्थ सङ्गठनले आफ्नो अध्यनमा देखाएको छ।

उक्त रिपोर्ट सार्वजनिक गर्दै सङ्गठनका प्रमुख टेड्रोस अड्हानोम घेब्रियोसुस ले भने, "महिला विरुद्धको हिँसा प्रत्येक राष्ट्र र संस्कृतिमा व्याप्त रहेका छन्, जसका कारण करोडौं महिला र उनीहरुका परिवारहरु माथि गम्भीर असर परिरहेका छन्।"

कोरोनभाइरस महामारीले उक्त समस्यालाई झनै बढाएको पनि घेब्रियोसुसको भनाइ थियो।

विश्व स्वास्थ्य संगठनका लागि उक्त रिपोर्ट तयार पार्न संलग्न मध्ये कि एक, डा. क्लौडिया गार्सिया-मोरेनो भन्छिन कि महामारीको असर बारे पूर्ण तथ्यांक अझै उपलब्ध रहेको छैन।

तर यस स्वास्थ्य संकटले महिला माथिको हिँसालाई बढाएको पनि प्रष्ट रहेको उनले जोड दिईन।

"हामीलाई थाह छ धेरै महिलाहरुका लागि अवस्था झनै बिग्रिएका छन्", एएफपीलाई उनले बताइन। साथै, १५ वर्ष उमेरका भन्दा माथिका करिब ६४१ मिलियन बालिका र महिलाहरु माथि उनिहरुका नजिकका व्यक्ति बाट भएका हिँसा बारे पनि उनले ध्यानाकर्षण गराइन।

"दुर्व्यवहारको परिस्थितिमा पहिले देखिने फसेका महिलाहरु, (महामारीका कारण) अहिले एक्कासी झनै एक्लो र हिँसात्मक पार्टनरसंगै बस्न बाध्य भएका छन्।"

त्यसमाथि थप आर्थिक दबाब र छोराछोरीहरु घरमै रहन बाध्य हुनु लगायतका कारणले पनि हिँसालाई बढाएको गार्सिया-मोरेनो ले बताइन।

सन् २००० देखि २०१८ सम्मको समयावधिमा संकलन गरिएका तथ्यांकहरुका साथ् विश्व स्वास्थ्य सङ्गठनको यो पछिल्लो रिपोर्ट तयार पारिएको हो।

यस अघि सन् २०१३ मा महिला हिँसा सम्बन्धि रिपोर्ट प्रकाशित गरिएको थियो।

दक्षिण एसिया, अफ्रिका र ओसेनिया क्षेत्रमा महिला विरुद्धको हिँसाको दर उच्च रहेको बताइएको छ।

र कोरोनाभाइरस विरुद्धको खोप झैं महिला विरुद्धको हिँसा रोक्न कुनै खोप उपलब्ध नरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले सरकारी र सामुदायिक स्तरमा महिलाहरु बारेको सोंचमा परिवर्तन गर्नुपर्ने र महिला र बालिकाहरुका लागि पुरुष समान अवसर उपलब्ध गराउनुपर्ने लगायतका नीतिहरु अपनाउन जरुरी रहेको बताए।

अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now