SKIP TO MAIN CONTENT

पाँच डलरको नोटले ल्याएको संकट

Five dollar note not machine friendly
Source: AAP

1 min read

Published

Presented by SBS Nepali

Source: SBS


Skip to article content

अस्ट्रेलियाको केन्द्रिय बैंकले हालै मात्र नयाँ किसिमको पाँच डलरको नोट सार्बजनिक गरेको थियो।  दुई महिना अघि मात्र बजार मा उपलब्ध गराईएको उक्त मुद्रालाई सजिलै रुपमा नक्कल गर्न नसकिने बताउदै, यसले नक्कली नोटको कारोबार गर्नेलाई निरुत्साहित गर्ने, उक्त बैंकले  उल्लेख गरेको थियो। 

 

तर यहि नोटले भने  उपभोक्ताहरुलाई विभिन्न ठाउँहरुमा दुखः दिने गरेको छ।  सिड्नी बाट प्रकाशित हुने डेली टेलीग्राफका अनुसार यस नोटको बीचमा रहेको पारदर्सि भागलाई विभिन्न मेशिनहरुले नोटको अन्तिम भाग ठान्छ।  जसले गर्दा, त्यो नोटलाई नै चिन्न स्वीकार गर्दैन र फिर्ता दिन्छ।  हालै मात्र वूलवोर्थ लगायतका सुपरमार्केटहरुले आफ्नो स्व-सेवा टर्मिनलमा सफ्ट-वेइर अपग्रेड गरेपछि बल्ल त्यहाँ नोट स्वीकार हुन थालेको छ।  यस्तै के-मार्ट लगायतका ठाउँहरुमा अझै यो समस्या जारी रहेको छ। 

 

डेली टेलीग्राफका  अनुसार उपभोक्ताहरुले मुद्रा स्वीकार गर्ने सबै मेशिनहरुमा पाँच डलरको नोट स्वीकार गर्ने प्रबिधि हाल्नु पर्ने अपील गरेका छन्। 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now