SKIP TO MAIN CONTENT

पे पास भुक्तानीमा अस्ट्रेलिया अगाडि

Contact-less payments
Source: AAP

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS News


Skip to article content

 ट्याप एंड गो भुक्तानी, जसमा तपाईले आफ्नो क्रेडिट वा डेबिट कार्ड, बिक्रेता को एफ्पोस मेसिनमा घुमाउनु मात्र पर्छ (घोट्नु पर्दैन), यसमा अस्ट्रेलियाका उपभोक्ताहरु सबै भन्दा अग्रपंक्तिमा छन्।

नया सर्वेक्षणका अनुसार, अस्ट्रेलियाका ५९ प्रतिशत उपभोक्ताहरुले उक्त सुबिधा प्रयोग गरेका छन्। न्यु जिल्यान्ड र सिङ्गापुर यस पछि रहेका छन्।

तर यहाँका उपभोक्ताहरुल अझै आफ्नो मोबाईल फोन मार्फत भुक्तानी गर्न पछि रहेको उक्त अध्ययनले देखाएको छ ।

अस्ट्रेलियाका १० प्रतिशत उपभोक्ताहरुले मात्र आफ्नो फोन मार्फत भुक्तानी गर्ने बताईएको छ। भारत र चीन भने यस मामिलामा निक्कै अगाडि रहेका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now