SKIP TO MAIN CONTENT

पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिमा सरकारी सहयोगको प्रतिवद्धता

पेट्रोलियम पदार्थमा लगातार भइरहेको मूल्य वृद्धिका बिचमा सरकारले उपभोक्ताहरु लुट्ने पेट्रोल कम्पनीहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ।

Petrol prices
Source: AAP

1 min read

Published

Updated

By Omar Dabbagh

Presented by SBS Nepali

Source: SBS


Skip to article content

अस्ट्रेलियाको उपभोक्ताहरुको रेखदेख गर्ने संस्थाले जनाए अनुसार सवारी धनीहरुले तिन वर्ष अगाडीको तुलनामा एक अर्ब डलर भन्दा बढी तिरिरहेका छन्।

पेट्रोलियम पदार्थहरुको मूल्यमा भएको वृद्धिका कारण यो वर्ष महँगो वर्षको रुपमा रह्यो। र सवारी चालकहरु यो महँगीको मारमा परेका छन्।

उपभोक्ताहरु मध्ये कतिपयले यसलाई हास्यास्पद र झिंझोलाग्दो भने त्यस्तै कतिपयले यो प्रकृया कहाँ गएर रोकिन्छ भनि प्रश्न गर्दै उर्जा र पेट्रोलियम पदार्थ भइरहेको मूल्यवृद्धितर्फ संकेत गरेका छन्।

एक महिना भरिमा देशका प्रमुख शहरहरुमा नै पेट्रोलियम पदार्थको मूल्य बढेको छ।

इ-१० पेट्रोलको मूल्य औसतमा प्रति लिटर १ डलर ३४ सेन्ट भन्दा तल झरेन भने सबैभन्दा बढी १ डलर ६७ सेन्ट रहेको थियो।

पछिल्लो हप्ता देशभरमा नै अनलीडेडको औसत मूल्य १ डलर ५२ सेन्ट भन्दा बढी र प्रिमियमको १ डलर ९० सेन्ट सम्म पुगेको थियो।

उपभोक्ता हकहितमा काम गर्ने एसीसीसीका अध्यक्ष रड सिम्सका अनुसार उपभोक्ताहरुले तिन वर्ष अगाडीको तुलनामा १.२ अर्ब डलर बढी पेट्रोलियम पदार्थ खर्च गर्नु पर्ने देखिनु भनेको अत्यन्त उच्च वृद्धि हो।

ट्रेजरर जोश फ्राइडेनवर्गले उपभोक्ताहरुलाई मारमा पार्ने कम्पनीहरुका विरुद्धमा कदम चाल्न सरकार तयार रहेको भनि चेतावनी दिएका छन्।

उनले एसीसीसीलाई यस्ता क्रियाकलापहरुमा नजर राखेर यदि उनीहरुबाट सरकारलाई केही सुझाव आयो भने सरकारले त्यस अनुरुप कदम चाल्ने बताएका छन्।

वैदेशिक पेट्रोलियम बजारमा देखीएको उतारचढाव र अस्ट्रेलियन डलर कमजोर हुनुलाई मूल्य वृद्धिको प्रमुख कारक मानिएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now