हिजो सम्पन्न स्थानिय तहको पहिलो चरणको निर्वाचनमा कम्तीमा ७३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
उक्त आयोगका अनुसार प्रदेश ३, ४ र ६ का ३४ जिल्लाका २८१ गाउँपालिका र नगरपालिकाको केही स्थानमा छिटपुट घटनाबाहेक शान्तिपूर्वक भएको छ ।
पहिलो चरणमा ४ महानगर, १ उपमहानगर, ९२ नगरपालिका र १८६ गाउँपालिकामा निर्वाचन भएको छ । प्रदेश नम्बर १, २, ५ र ७ का बाँकी ४६१ गाउँपालिका र नगरपालिकाको निर्वाचन जेठ ३१ गतेका लागि तोकिएको छ । मतपत्र ठूलो हुनु र मतदाता शिक्षा पर्याप्त दिन नसकेको विषयमा आयोगले कमजोरी स्वीकार गरेको कान्तिपुरले उल्लेख गरेको छ ।
पछिल्लो एक दशकमा भएका दुईवटा संविधानसभा निर्वाचनमा पनि करिब–करिब यही अनुपातमा मत खसेको देखिएको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा ६१.७० र २०७० सालको संविधानसभा निर्वाचनमा ७८.३४ प्रतिशत मत खसेको थियो ।
