जाडो यामको सुरुवातमा नै यस्तो चिसो ?

जाडो सुरु हुने सङ्केत सहित दक्षिण पूर्वी अस्ट्रेलियाका केही क्षेत्रहरूले मे महिनाको सुरुवातमा निकै चिसो दिनहरूको सामना गर्नु पर्ने देखिएको छ।

Pedestrians are seen in the rain on Southbank in Melbourne, Friday, May 10, 2019. The forecast rainfall is part of a vigorous cold front that will deliver rain to much of Victoria. (AAP Image/David Crosling) NO ARCHIVING

Source: AAP

बुधबार मौसम विज्ञान विभागले अत्यधिक चिसोले देशका विभिन्न राज्यहरूमा प्रभाव पार्ने, कडा हावा हुरी, चट्याङ, असिनाका साथ तापक्रम पनि सामान्यतया यो समयमा हुनु पर्ने भन्दा निकै तल झर्ने अनुमान गरेको छ।

चिसो मौसमले कोरोना भाइरस सङ्क्रमण विरुद्ध चालिएका कदमहरूलाई निरर्थक साबित गरिदिने हो कि भन्ने चिन्ता पनि सिर्जना गरेको विज्ञहरू बताउँछन्।

बुधवारको भारी वर्षाले गर्दा राज्यको तापक्रममा गिरावट आउँदा दक्षिण अस्ट्रेलियाले जाडो यामको सुरुवात राम्रो सँग अनुभव गर्न पाएको छ।

Cold weather
Source: AAP

आगामी दिनमा यति छिट्टै जाडोको सुरुवात अनुभव गर्नेमा भिक्टोरिया र न्यु साउथ वेल्स रहेका छन्।

मौसम विज्ञान विभागको चरम वा असामान्य मौसम डेस्कमा कार्यरत डिन नारामोर भन्छन् यस्तो मौसमी अवस्था जाडो यामको सुरुवातमा नै देखिनु अचम्मलाग्दो भएको बताएका छन्।

न्यु साउथ वेल्स, भिक्टोरिया, तास्मनिया, दक्षिण अस्ट्रेलिया र एसिटी का धेरै जस्तो स्थानहरूमा मौसमी अवस्था आउँदा केही दिनहरू खासै राम्रो नहुने देखिए पनि उक्त मौसमी अवस्थामा सुधार आउने भने अनुमान गरिएको छ।

यसरी जाडो यामको सुरुवाती दिनमै यस्तो मौसमी अवस्था देखिदा कोरोना भाइरस सङ्क्रमण कम गर्ने कार्यलाई अप्ठ्यारोमा पार्न सक्ने देखिएको छ।

ग्याब्रियल म्याकमुलन अस्ट्रेलियन मेडिकल सङ्घको न्यु साउथ वेल्स शाखाका उपाध्यक्ष हुन्।

उनी भन्छन् जाडो मौसममा रुघा खोकी र फ्लु सङ्क्रमण फैलने सम्भावना बढी रहने गर्दछ।

Cold weather in Sydney
COVID-19 cases continue to decline nationally as cold weather recedes. Source: Getty Images

तर सामाजिक दुरीको निर्देशिका देशभर जारी रहँदा डा. म्याक्मुलनले यो वर्षको फ्लु सिजन गएका वर्षहरूको भन्दा सुखद हुन सक्ने आशा व्यक्त गरेका छन्।

नारामोरका अनुसार शनिवार देखि तास्मनिया, भिक्टोरिया र न्यु साउथ वेल्समा भने सुधार देखिँदै जाने छ।

तर त्यसपछि पनि वर्षा र स्थानीय स्तरमा असिना पर्ने हुनाले आइतबार सम्म मौसमी अवस्थामा पूर्णतया सुधार हुने सम्भावना कम रहेको छ।

तापक्रममा गिरावट, वर्षा, हिमपात र असिनाले दक्षिण-पूर्वी राज्यहरूलाई प्रभाव पार्ने र यो मौसम सप्ताह अन्त्य भर जारी रहने बताइएको छ।

 


2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now