पेन्सन पाउन ७० वर्ष पुग्नु पर्दैन: प्रम स्कट मोरिशन

७० वर्ष पुगे पछि मात्र पेन्सन पाउने सरकारी योजना अन्त्य गरिने प्रधानमन्त्री स्कट मोरिशनले बताएका छन्। आज च्यानल नाइनसँग कुरा गर्दै श्री मोरिशनले रिटायर हुन पाउने उमेरलाई तीन वर्षले बढाउनुको अहिले कुनै औचित्य नरहेको बताएका थिए।

Prime Minister Scott Morrison.

Prime Minister Scott Morrison. Source: AAP

सन् २०२३ देखि अस्ट्रेलियालीहरु रिटायर हुन ६७ वर्ष उमेरको हुनुपर्ने हाल प्रावधान रहेको छ। तर सन् २०१४ मा तत्कालिन लिबरल सरकारका ट्रेजरर जो हक्कीले रिटायर हुन पाउने उमेरलाई बढाई ७० पुर्याउने सरकारी योजना रहेको बताएका थिए।

संसदमा उक्त सरकारी नीति पारित हुन हालसम्म सफल नभएता पनि यसबारे संघिय लेबर पार्टीले सरकारको आलोचना गर्दै आएको छ। विशेष गरी शारीरिक रूपमा धेरै गारो मानिने पेशाहरुमा पनि मानिसहरुलाई ७० वर्ष सम्म काम गर्न बाध्य बनाउनुले सरकारले वास्तविकतालाई बुझ्न नसकेको आरोप विपक्षिले लगाउंदै आएको थियो।

तर केही हप्ता अगाडी मात्र प्रधानमन्त्रीको पदमा नियुक्त भएका स्कट मोरिशनले बताए कि पेन्सन पाउने उमेरलाई ६७ वर्ष बाट बढाउने योजनालाई आफ्नो सरकारले आगामी हप्ता औपचारिक रूपमै त्याग्ने छ।
“यस वर्षको बजेटमा मैले बिभिन्न प्याकेजहरुको घोषणा गरेको थिए जसले अस्ट्रेलियालीहरुलाई लामो र स्वस्थ्य जीवन बिताउन सहयोग गर्ने छ। यस कारण पनि पेन्सन पाउन सकिने उमेरलाई बढाउनु पर्ने अवस्था रहेको छैन।”
The Leader of the Opposition Bill Shorten
The Leader of the Opposition Bill Shorten has questioned PM Scott Morrison's decision to dump his government policy of increasing the pension age. (AAP) Source: AAP
यसै क्रममा विपक्षी नेता बिल शर्टनले चाहिं प्रधानमन्त्रीको पछिल्लो प्रतिबद्धतालाई गम्भीरतापूर्वक लिन नसकिने बताएका छन्।

वर्षौ देखि पेन्सन पाउने उमेरलाई बढाइनु पर्ने मांग गर्दै आएका मोरिशनले अहिले कसरी आफ्नो बिचार बदलिए भन्दै शर्टनले प्रश्न गरेका छन्।
“लगातार तीन पटक मोरिशनले सरकारी बजेट सार्वजनिक गरेका थिए र तीनै पटक उनले रिटायर हुन पाउने उमेरलाई ७० पुर्याउने प्रयास गरेका थिए।”
एक अर्को समाचारमा, ट्रेजरर जोश फ्राईडेनबर्गले ठुला व्यावसायहरुलाई कर छूट दिने सरकारी योजनालाई पनि हटाइएको घोषणा गरेका छन्।

कर छूटको उक्त योजना संसदमा असफल भए पछि पुर्व प्रधानमन्त्री म्याल्कल्म टर्नबुलले त्यसलाई आफ्नो सरकारले अगाडी नबढाउने बताएका थिए।

ट्रेजरर फ्राईडेनबर्गले अब सरकारको ध्यान साना व्यावसायहरुलाई सहयोग गर्न तर्फ आफ्नो ध्यान केन्द्रित गर्ने बताएका छन्।

सम्बन्धित लेखहरू:

Share

Published

Updated

By SBS Nepali
Source: SBS News

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand