SKIP TO MAIN CONTENT

अध्ययन भन्छ “अस्ट्रेलियाका बहुसांस्कृतिक समुदायका मानिसले माहामारिका दौरान बढी ऋण लिए”

हालै गरिएको एउटा नयाँ अध्ययनले अस्ट्रेलियाको बहुसांस्कृतिक पुष्ठभुमी भएका मानिसले माहामारिका दौरान भोगेको आर्थिक कठिनाइलाई प्रकाश पारेको छ ।

Paw Eh and her family.
Paw Eh and her family. Source: SBS News

3 min read

Published

Updated

By SBS News

Presented by Krishna Pokhrel

Source: SBS



Skip to article content

म्यानमारकी पा ही १४ वर्ष अघि शरणार्थीका रुपमा अस्ट्रेलिया आएकी हुन् ।

कोरोना माहामारिका दौरान लकडाउन हुँदा उनका पतिले जागिर गुमाउन पुगे ।

अबका दिनमा कसरी गुजारा चलाउने भन्ने कुराले उनलाई तनाव दियो ।

“मेरो सानो बच्चा भएका कारण काम गर्न जान सक्ने परिस्थिति थिएन ।” उनले एस बि एस सँग भनिन् ।

“म सँग घर भाडा तिर्नका लागि पनि आवश्यक रकम थिएन ।”

परिवारले जवकिपर पाउने त भए तर त्यतिले नपुग्ने भएपछि जेनतेन जम्मा गरेको रकम प्रयोग गर्नु पर्ने भयो ।

“मेरो श्रीमानले सुपरबाट दश हजार डलर झिक्नु भयो ।”

तर यो आर्थिक समस्याबाट गुज्रिएको उनको परिवार मात्र एक्लो होइन ।

Paw Eh and her family had to draw money from their superannuation after her husband lost his job during the COVID-19 lockdown.
Paw Eh and her family had to draw money from their superannuation after her husband lost his job during the COVID-19 lockdown. Source: SBS News

कन्जुमर पोलिसि रिसर्च सेन्टरले गत नोभेम्बर/डिसेम्बरमा लकडाउनको अन्त्य हुँदै गर्दा करिब दुई हजार परिवारका बिचमा सर्वेक्षण गरेको छ ।

उक्त संस्थाले यस हप्ता आफ्नो अनुसन्धान रिपोट सार्वजनिक गरेको हो ।

जसमा बहुसांस्कृतिक विविधता भएका समुदाय माहामारिका बेला सबैभन्दा बढी समस्यामा परेको देखिएको छ ।

यो समयमा बहुसांस्कृतिक समुदायका मानिसहरूले अन्य मानिसले भन्दा दुई गुण बढी व्यक्तिगत ऋण लिएको र चार गुणा बढी अन्य किसिमका ऋणहरू लिएको देखिएको छ ।

सुपर निकाल्नेका हकमा पनि उनीहरू अन्य अस्ट्रेलियन भन्दा दुई गुणाले अगाडी देखिएका छन् ।

आपतकालिन सहायता खोजीमा पनि उनीहरू चार गुणाले अघि छन् ।

“हाम्रा लागि वास्तवमै यो कुराले चासो देखाएको छ कि बाकी जनसङ्ख्याको तुलनामा बढी जोखिम,उच्च लागतका ऋणमा उनीहरूको पहुँच निकै बढी छ ।” उपभोक्ता नीति अनुसन्धान केन्द्रकी प्रमुख लरेन सोलोमनले भनिन् ।

गत नोभेम्बरमा मात्र पनि बहुसांस्कृतिक समुदायका करिब २२ प्रतिशत मानिसले घर भाडा तिर्न छुटाएका छन् ।

अन्य जनसंख्यामा हेर्ने हो भने यो केवल ६ प्रतिशत मात्रै छ ।

जसको परिणाम आर्थिक तनाव सिर्जना भएको छ ।

बहुसांस्कृतिक समुदायका ७३ प्रतिशत मानिसहरू आफ्नो आर्थिक कल्याणका बारेमा चिन्तित छन् ।

माइग्रेसन काउन्सिल अफ अस्ट्रेलियाकी प्रमुख कार्यकारी कार्ला विलसायर भन्छिन् अङ्ग्रेजी भाषा राम्रो सँग नबुझनेहरुले भुक्तान योजना र अन्य वित्तीय सहयोग सम्बन्धी सूचना गुमाएका कारण अझ समस्या बढेको छ ।

“दोस्रो भाषाका रूपमा अङ्ग्रेजी हुनुले पर्याप्त वित्तीय सल्लाहमा पहुँच गर्नका लागि अतिरिक्त अवरोधको सिर्जना गर्दछ ।” उनले भनिन् ।

“कोभिड–१९ को नतिजा मध्ये एक यो हो कि आप्रवासी वा शरणार्थीहरू पहीलोपटक आउँदा, उनीहरूलाई सहयोग गर्ने सयंन्त्रहरुलाई अझ बढी ध्यान दिनु आवश्यक छ । ”

विद्यार्थी एवम् वकिङ होलिडे भिसामा आएका मानिसहरूलाई यो समयमा आर्थिक कठिनाईबाट गुज्रनु परेको तथ्याङले देखाउछ् ।

People are seen dancing during International Dance Day celebrations in Sydney, Sunday, April 29, 2018. (AAP Image/Daniel Munoz) NO ARCHIVING
Despite many challenges, youth from refugee and migrant backgrounds have a high level of social, cultural and community engagement. Source: AAP

उनीहरूसँग पक्का जागिर नभएका कारण आयमा अस्थिरता देखिएको बताइन्छ ।

अनुसन्धानकर्ताहरुले वित्तीय जानकारी विभिन्न भाषामा उपलब्ध हुनु पर्नेमा पनि जोड दिएका छन् ।

सोलोमन भन्छिन् “यो सङ्कटबाट हामी एकैसाथ बाहिर निस्कन चाहन्छौ,हाम्रा ग्राहक सेवा समावेशी हुनु जरुरी छ,यसको मतलब यो व्यापक जनसङ्ख्यामा पहुँचयोग्य हुनु जरुरी छ–जसले हाम्रो समुदाय र समाजलाई अझ बढी सुदृढ बनाउछ ।”

अस्ट्रेलियाको पछिल्लो समाचार तथा अन्य सामाग्री नेपाली भाषामा सुन्न यहाँ थिच्नुहोस्

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now